भक्तपुर उवासंघमा नवीन प्रजापतिको लज्जास्पद हार


पुष २६, २०८२, शनिबार | राति ०९:५४ बजे | 2735


भक्तपुर उवासंघमा नवीन प्रजापतिको लज्जास्पद हार

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको महासचिवमा नवीन प्रजापतिको लज्जास्पद हार भएको छ । संघको शनिबार ब्यासी कार्यालयमै भएको मतदानमा प्रजापति १६० मतमा खुम्चिए । विजयी रुकेश रञ्जितले २४३ मत पाए । 
महासचिवमा एक कार्यकाल खाइसकेका प्रजापति पुनः महासचिवमै दोहरिन चाहेका थिए । तर रुकेश रञ्जितले आफू पनि महासचिवको दावी गर्दै उम्मेदबारी दिए । अन्तिम समयसम्मको प्रयासबाट पनि सहमति हुन सकेन । त्यसपछि दिउँंसो १० बजेदेखि चार बजेसम्म मतदान भयो । 
यसअघि विहान आठ बजेदेखि दिउँंसो २ बजेसम्म मतदान समय तोकिएको थियो । तर अनेक विवादका कारण समयमै निर्वाचन सुरु हुन सकेन । पछि मतदान सकेलगतै मतगणणा सकेर मत परिणाम आएपछि राति नै समापन भोज समेत भएको थियो । यसअघि संघको ३८ औ वार्षिक साधारणसभा तथा अधिवेशनको शुक्रबार उदघाटन भएको थियो । 
विजयी घोषणापछि विजयी रुकेश रञ्जित समर्थहरुको हुल मतगणणास्थल पुगेको थियो । राष्टिय स्वतन्त्र पार्टीका भक्तपुर जिल्ला अध्यक्ष रामेश्वर वस्नेतलगायतका नेताहरु विजय महोत्सवमा पुगेका थिए । रञ्जित सो पार्टीका जिल्ला सचिव हुन् । त्यहाँं उनीहरुले घण्टी लगेर घण्टी बजाएर बिजय महोत्सव मनाएका थिए । घण्टीले थाल्यो विजय भन्दै नारासमेत लगाएका थिए । 
निर्वाचनबाट वस्तुगत उपाध्यक्षमा विश्वराम दुवाल सर्वसम्मत भएका थिए । महेन्द्र खायमलीले उम्मेदबारी फिर्ता लिएपछि दुवाल सर्वसम्मत भएका थिए । उता कोषाध्यक्षमा रुकेश रञ्जितकै प्यानलका रञ्जित मारिखू विजयी भए । साथै एसोसिएट सदस्यमा रुकेश प्यानलकै शिशिर किसी निर्वाचित भए । 
यसअघि शुक्रबार नै अध्यक्षमा कृष्णमुरारी न्यौपानै सर्वसम्मत चयन भएका थिए । न्यौपाने यसअघिका वरिष्ठ उपाध्यक्ष थिए । वस्तुगत उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतमा पहिला नै सर्वसम्मत भएको थियो । 
तस्वीर विजयी रुकेश रञ्जित रास्वपा चाँंगु समितिका अध्यक्ष रोशन थापाका साथ ।
 

Comments