नेपाल एकता पार्टी र कुलमानबिच राजनिती भेट गर्ने


पुष २६, २०८२, शनिबार | राति ०९:०८ बजे | 325


नेपाल एकता पार्टी र कुलमानबिच राजनिती भेट गर्ने

रास्वपा सग एकता भङ्ग गर्नु भएको हुदा कुलमान जि लाई हार्दिक स्वागत गर्दछु ।कुलमान घिसिङ रामेछापको सपूत मात्र होइनन्, उनी इमानदारी, कार्यक्षमता र राष्ट्रप्रतिको उत्तरदायित्वको प्रतिक व्यक्तित्व हुन्। यस्ता व्यक्तित्वलाई ठगी, भ्रम र अवसरवादमा डुबेको ठग पार्टीसँग एकता गर्नु सुरुदेखि नै गम्भीर राजनीतिक भूल थियो। जनताले पनि समयमै यो तथ्य बुझिसकेका छन् कि मूल्य र सिद्धान्तविहीन एकता अन्ततः विघटनमै पुग्छ।

आज त्यो एकता भंग भएको छ, जुन स्वाभाविक र अपरिहार्य थियो। यो विघटनलाई कमजोरी होइन, बरु आत्मसमीक्षा र नयाँ दिशातर्फको साहसी कदमका रूपमा लिनुपर्छ। कुलमानजस्ता स्वच्छ छवि भएका व्यक्तित्वले अब स्पष्ट विचार, श्रमको सम्मान र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राख्ने राजनीतिक यात्राको नेतृत्व गर्नुपर्छ।

यस सन्दर्भमा उज्यालो पार्टी वा श्रम–संस्कृति पार्टी जस्ता विचार, श्रम र उत्पादनमुखी शक्तिहरूसँग नेपाल एकता पार्टीबीच सैद्धान्तिक तथा कार्यक्रमगत छलफल अघि बढ्नु समयको माग हो। यस्ता शक्तिहरूबीच एकता सम्भव भएमा त्यो केवल सत्ता प्राप्तिको गणितीय मिलन होइन, बरु देश निर्माणको साझा एजेन्डामा आधारित ऐतिहासिक मोड हुन सक्छ।

यदि कुलमानजी र माथि उल्लिखित पार्टीहरूबीच मूल्य, निष्ठा र राष्ट्रिय एजेन्डामा आधारित एकता हुन्छ भने हामी पनि त्यस प्रक्रियामा सक्रिय रूपमा सहभागी हुनेछौँ। हामी आफ्ना स्पष्ट एजेन्डा प्रस्तुत गर्नेछौँ, नीति–कार्यक्रममा सुझाव दिनेछौँ र आवश्यक परे परामर्श तथा सहकार्यमा जानेछौँ। किनकि आज देशलाई न नाराबाजी चाहिएको छ, न त झुटा सपनाहरू; देशलाई चाहिएको छ—काम गर्ने नेतृत्व, श्रमको सम्मान र इमानदार राजनीतिको पुनःस्थापना।

अबको राजनीति व्यक्तिकेन्द्रित होइन, मूल्यकेन्द्रित हुनुपर्छ। यही बाटो नै कुलमान घिसिङ र हर्क राई जस्ता व्यक्तित्व र राष्ट्रका लागि उज्यालो भविष्यको एकमात्र विकल्प हो। अब नेपाल एकता पार्टीले एकपटक कुलमान र हर्क जिको पार्टी बिच केन्द्रिय सदस्य बसेर छलफल गर्ने छ आबस्यक परे कदम अगाडि बढाउने र भबिस्यमा सुन्दर नेपाल निर्माणका लागि ठोस कदम अगाडि सार्ने कुराको जानकारी दिन चाहान्छौ 

नेपाल एकता पार्टी 

प्रबक्ता 

नवीन कुमार महत

Comments