राजनीतिक दल जनताको पीडाबाट जन्मिन्छन्, कुलीन वर्गको हितका लागि होइन


पुष २५, २०८२, शुक्रबार | साँझ ०५:५० बजे | 545


राजनीतिक दल जनताको पीडाबाट जन्मिन्छन्, कुलीन वर्गको हितका लागि होइन

राजनीति जनताको पीडा बुझ्ने, उनीहरूको सम्मान गर्ने र राज्यलाई उत्तरदायी बनाउने माध्यम हो । तर पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री बिनिता कटायताबाट सार्वजनिक रूपमा आएको अभिव्यक्तिले यही आधारभूत मूल्यलाई गम्भीर रूपमा चोट पुर्‍याएको छ । गरिबीको रेखामुनि रहेका इमानदार नागरिकप्रति देखिएको उपेक्षा र गैरजिम्मेवार दृष्टिकोण केवल एक व्यक्तिको चिप्लिएको बोली मात्र होइन, पार्टीको वैचारिक दिशा र संवेदनशीलतामाथि उठेको गम्भीर प्रश्न हो ।

राजनीतिक दल जनताको पीडाबाट जन्मिन्छन्, कुलीन वर्गको हितका लागि होइन । तर रास्वपाका केही अभिव्यक्तिहरू हेर्दा यस्तो शंका जन्मिएको छ कि यो पार्टी गरिब, श्रमिक र सीमान्तकृत वर्गको पक्षमा होइन, बरु भ्रष्टाचारलाई ‘प्रसय दिन’ खुलेको, सुविधा सम्पन्न वर्गका लागि सहज राजनीतिक प्लेटफर्म बनेको हो कि ? यदि यस्तै सोच र व्यवहार निरन्तर रह्यो भने भोलि जनताको घरदैलोमा गएर मत माग्ने नैतिक र राजनीतिक अधिकार समेत गुम्न सक्छ ।

पार्टी सभापति रवि लामिछानेले अब आत्मसमीक्षा गर्नैपर्छ । लोकप्रियताको आडमा गैरजिम्मेवार अभिव्यक्तिलाई सामान्यीकरण गर्ने छुट कुनै पनि लोकतान्त्रिक दललाई हुँदैन । जनताप्रति नकारात्मक, अपमानजनक र विभेदकारी धारणा बोकेर खोलिएको पार्टी हो भने, त्यसको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक मात्र होइन, आवश्यक पनि हुन्छ । आज विचारको तहमा जवाफ नदिने हो भने भोलि जनताले पार्टी खारेजीको माग उठाउनु अस्वाभाविक हुनेछैन ।

यसै सन्दर्भमा, बिनिता कटायताको अघिल्लो अभिव्यक्ति—“बिहे नगरी बच्चा जन्माउँछु” भन्ने सार्वजनिक भनाइ—नेपाली समाज, नारी सम्मान र सामाजिक मर्यादामाथि थप गम्भीर चोट हो । यो कुनै व्यक्तिगत स्वतन्त्रताको बहस मात्र होइन । नेपाली समाजमा विवाह, परिवार र मातृत्व केवल निजी विषय होइनन्; ती सामाजिक, सांस्कृतिक र नैतिक संरचनासँग गाँसिएका विषय हुन् । विवाहबिनाको सम्बन्धपछि सन्तान जन्माउने कुरा सार्वजनिक रूपमा सामान्यीकरण गर्नु नेपाली नारीप्रति गरिएको बेइज्जती र अपमान हो ।

नेपाली धर्म, संस्कार र संस्कृतिअनुसार अवैध सम्बन्धपछि सन्तान जन्माउने कुरालाई सामाजिक रूपमा स्वीकार्य मानिँदैन । यसलाई “व्यक्तिगत छनोट” भन्दै उछाल्नु वेश्यावृत्ति र अवैध धन्दालाई वैचारिक रूपमा मान्यता


दिन खोज्नुजस्तै खतरनाक सोच हो । यसले सम्पूर्ण नारी समुदायलाई नै अपमानित गर्छ र समाजमा गलत सन्देश प्रवाह गर्छ । यस्तो भाषा र सोच नेपाली समाजले पचाउन सक्दैन ।

राजनीति परिवर्तनको नाममा समाज भत्काउने प्रयोगशाला बन्नु हुँदैन । अभिव्यक्ति स्वतन्त्रता अराजकताको लाइसेन्स होइन । जिम्मेवारीबोधविहीन नेतृत्त्व, मूल्यविहीन अभिव्यक्ति र जनताप्रतिको अवहेलनाले कुनै पनि दल दीर्घकालसम्म टिक्न सक्दैन । रास्वपाले अझै पनि समयमै आत्मसमीक्षा गरी सुधारको बाटो नअपनाए, जनताको कठोर फैसला टाढा छैन ।  बिनिता कठायतले सर्बजनिक रुपमा माफी नमागेसम्म निज लाचाल नारिलाइ स्वामिमान र इमान्दार नारिबर्गको प्रतिनिधित्व गर्नको लागि  कुनै पनि नैतिक अधिकार छैन । तिम्रा लजास्पद र समाज धमिल्याउने अभिव्यक्ति तिम्रो  परिवारले रुचाउछ भने घर भित्रै गर्नु  तर  सामाजिक र राजनिती रुपमा नेपाली जनताको मान मर्दन र बिशेश गरि नारी बर्गको इज्ज्तमा दाग लाग्ने किसिमका कुनै पनि अभिब्यक्ती नदिन नेपाल एकता पार्टी कडा चेतावनी दिन चाहान्छ 

नवीन कुमार महत

प्रबक्ता 

नेपाल एकता पार्टी 

Comments