बहुआयामिक डा. इन्दुल के.सी.
पुष २५, २०८२, शुक्रबार | विहान १०:२३ बजे | 450
अर्जुनमणि आ.दीक्षित
पूर्व प्रशासक तथा लेखक
भाट भटेनी, काठमाडौं ५
प्रारम्भ
डा. इन्दुल के.सी. सँग जागिरे जीवनदेखि टुसाएको मेरो मित्रता यहाँसम्म आइपुग्दा राम्ररी भ्mयाम्मिएको छ । जीवनको यो चरणमा आएर मलाइ उहाँसँगको सम्पर्क सत्सँगजस्तै अनुभ‘ति भइरहेको छ । समाज सेवाको उच्च आदर्शबाट प्रेरित भएर विविध विधामा उहाँले समय खर्चिरहनुभएको छ । उहाँलाई फुर्सद कहिल्यै हँुदैन होला भनी उहाँका निकटतम साथीभाईहरूले भन्ने गरेको मैले सुनेको छु । यद्यपि म जस्ता पुराना साथीभाइहरू भेटेको बखतमा उहाँ अत्यधिक खुशी हुने गरेको पनि म आफैले देखेको छु ।
यस्तो व्यक्तित्वका धनी डा. इन्दुल एकदिन उहाँ आफैले रचना गर्नुभएको ‘गगन मण्डलका ताराहरू’ शीर्षक पुस्तक साथै लिई मेरो सामु आएर एउटा समीक्षा लेखिदिन आग्रह गर्नुभयो । मैले हार्न सकिन, यद्यपि प्रस्तुत पुस्तकले जुन विधा समेटेको छ, त्यसमा मेरो त्यति अध्ययन छैन भनी इमान्दारीका साथ स्वीकार्छु । यस स्थितिमा मैले कनिकुथी गरेर यो सानो खेस्रो पाठक समक्ष पस्केको छु ।
वास्तवमा यो किताब उहाँका मित्र, हितैषी तथा चर्चित व्यक्तित्वहरूबाट लेखिएको र उहाँलाइ सादर, सप्रेम, वा स्नेहयुक्त ढंगमा उपहारबाट प्राप्त भएका रहेछन् । यिनै कृतिहरूमा उहाँ आफैले समीक्षा गर्नुभएको अंशको सँगालो यो पुस्तक रहेछ । शव्दयात्रा प्रकाशन, बनेपा काभ्रेले प्रकाशमा ल्याएको पृष्ठ ९० को यो पुस्तक उहाँले आप्mना स्वर्गीय पितामातालाई समर्पण गर्नुभएको देखिन्छ । यस भित्र सोह्रवटा कृतिका समीक्षाहरू, एउटा संस्था परिचय र एउटा संस्मरण एवं उहाँकै बारेमा लेखिएका तीनवटा लेखहरू पनि समावेश गरिएको रहेछ । पुस्तकमा उल्लिखित विवरणलाइ छोटकरीमा समेट्दा देहायका अंश यहाँ समावेश गर्नुपर्ने मैले देखें ।
भजन
‘रास भजन’ मा प्रकाश पार्दै श्री गोविन्दमान सिंह राजभण्डारीले लेख्नुभएको नेपाल भाषाको श्री श्यामसुन्दर रासभजन पुस्तक तथा पुस्तककै सन्दर्भमा प्रकाशित श्यामसुन्दर भजनमाला र भजन श्रृष्टि ः विविध दृृष्टि शीर्षकमा पुस्तक नै प्रकाशन भएको देखिन्छ । पुस्तकमा रासभजन भन्नाले ब्रज क्षेत्र (मथुरा, बृन्दावन, गोकुल र यमुना क्षत्र) मा श्री कृष्णलीलाको भजनलाई रासभजन भनिने र यो भजन नेपालका विभिन्न स्थानहरूमा पनि रास भजनको नाममा गाउने प्रचलन रहेको कुरा स्पष्ट गर्नुभएको छ ।
वेदान्त दर्शनको एउटा पुष्पको रूपमा आएको ‘ब्रह्मानन्द भजनमाला’का बारेमा पनि पुस्तकमा प्रकाश पारिएको छ । ५०० वटा भजन समावेश भएको पकेट साइजको यो पुस्तक श्री ब्रह्मानन्द आश्रम, पुष्करको प्रकाशन तथा गर्ग एण्ड कम्पनी दिल्लीको मुद्र्रणमा प्रकाशमा आएको कुरा उल्लेख गरिएको छ । भक्तपुरमा मल्लकालदेखि नै शास्त्रीय भजनहरूप्रतिको अनुरागको फलस्वरूप अहिले पनि यी भजनहरू भजनमण्डलीमा गाइनेगरेको वर्णन पुस्तकमा उल्लेख छ ।
भजनकै सँग्रहको क्रममा ढुण्डीराज पोख्रेलले रचन गर्नुभएको ‘भजन भक्तिमाला’ पुस्तकका बारेमा पनि उल्लेख गरिएको छ । आध्यात्मिक परोपकार संस्था चावहिलले प्रकाशन गरेको यो पुस्तकल् जिज्ञासु भक्तजनहरूलाइ धार्मिक आस्थाको दियो वाल्ने काम गर्दछ भनी डा. इन्दुलले विश्वास गर्नुभएको कुरा पुस्तकमा उल्लेख छ ।
नेपाल भाषामा रचना गर्ने क्रममा भक्तपुर यालाछें त्वा (खिंछे) का श्री गणेश बहादुर कर्माचार्यले २०३० सालमा ‘रामामृत गणेशकृत रास रामायण’को प्रसँग पनि लेखकले उल्लेख गर्नुभएको छ ।
संस्कृत भाषामा लेखिएको श्री जयदेवको ‘गीतगोविन्द’ गीतिकाव्यलाई श्री जीवनाथ उपाध्यायले नेपाली भाषामा अनुवाद गर्नुभएको र यो पुस्तकको प्रा. कुमारधर शर्माले नेपाल भाषामा (नेवा भावार्थ) गर्नुभएको देखिन्छ । यसैगरी पुस्तकमा विनयमुख बारेको पुस्तक र पुस्तकका लेखकको चिनारी पनि समेटिएको देखिन्छ ।
केही टिप्पणी तथा समीक्षात्मक पुस्तकहरू
स्वस्थानी व्रतकथाको सन्दर्भमा शताव्दी पुरुष स्व. सत्यमोहन जोशीको भनाइ पुस्तकमा उद्दृत गरिएको छ । उहाँका अनुसार हामीहरूको धार्मिक तथा सास्कृतिक सम्वर्धनको लागि धर्म, दर्शन र ज्ञानविज्ञानका अनेक ज्ञातव्य सत्यतथ्यका सम्पदाहरू हामीहरूकै हित र कल्याणार्थ छाडेर गएका छन् । तिमध्येको एउटा अत्यन्त उल्लेखनीय प्राचीन धर्मग्रन्थ हो, ‘स्वस्थानी व्रतकथा’ यस्तो पवित्र ग्रन्थलाइ श्री पशुपतिनाथ पमाः (प्रधान) ले नेपाल भाषामा तयार पार्नुभएको स्तुत्य कामको प्रसँग पनि पुस्तकमा समेटिएको छ ।
यसैगरी पुस्तकमा श्री रत्नकुमार श्रेष्ठले लेख्नुभएको यात्रा प्रेतात्मासँग पुस्तकका विविध प्रसँगलाई पुराणसँग जोडी उल्लेख गरिएको छ ‘हरिबहादुर थापाको रंगमञ्चमा म’ शीर्षकको पुस्तकले नाट्य क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएका उहाँको व्यक्तित्वका विविध आयाम झल्काउने गरि सिद्धहस्त लेखकहरूको लेखनी बारे प्रकाश पारिएको छ । लाल बहादुर भुजेलले लेख्नुभएको ‘ठाडो भाकाको लोकसास्कृतिक इतिहास’ रोचक ढंगबाट प्रस्तुत गरिएको छ । यस पुस्तकबारे सर्वाधिक महत्वप‘र्ण कुरा के छ भने यसलाइ राष्ट्र्कवि माधव घिमिरे, संस्कृतिविद् शताव्दी पुरुष सत्यमोहन जोशी तथा डा जगमान गुरुङ जस्ता मुर्धन्य व्यक्तिहरूको लहरमा डा. इन्दुल केसीको समीक्षा पनि पढ्न लायक छ ।
पदम दाहालले सम्पादन गर्नुभएको तोटक छन्दमा रचिएको ‘गुरुचेला गौरव ग्रन्थ’ पुस्तकबारेको प्रसँग रोचक ढंगबाट प्रस्तुत गरिएको छ । त्यसै गरी ‘हरि मञ्जुश्रीका उद्वोधन गान’ शीर्षकमा प्रा.डा. कुलप्रसाद कोइरालाको लेखनी पढ्न लायक छ । उहाँका अनुसार हाम्रो हिमाल, पहाड र तराईका मानिसहरूमा आफन्तको र एकताको भाव जागोस् भन्ने कुरा हरि मञ्जुश्रीको गानमा प्रस्तुत भएको स्पष्ट पार्नुभएको छ । वैदिक उपमानका लागि लोकलयमा उद्वोधन गान लेखेर हरि मञ्जुश्रीले एउटा मानक स्तम्भ खडा गर्नुभएको डा. कोइरालाको यो लेखनी सम्बद्ध विधाका बढीभन्दा जिज्ञासुले पढिदिउन् भन्ने कामना म पनि गर्दछु ।
पुस्तकको अन्त्यतिर नेपालकै वरिष्ठतम संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगले डा. इन्दुलका बारेमा एउटा मिठो लेख लेख्नुभएको छ । श्री ग्वंग मेरा सहृदयी मित्र पनि हुनुहुन्छ । उहाँले मलाइ पनि मित्र संझिदिनुभएको छ, यहाँनिर मैले गर्व गरेको छु । त्यसो त श्री ग्वंगको बोली र लेखनी दुवैमा मिठास घोलिएको हुन्छ नै । यो पटक डा इन्दुलको वारेमा लेख्नुभएको व्यहोरा अत्यन्तै मन प¥यो ।
अन्तमा
माथि उल्लिखित कुरा ‘गगन मण्डलका ताराहरू’मा उल्लिखित लेखनीमा सीमित छन् । यति मात्र लेखेर मैले वीट मारें भने मेरा मित्र इन्दुलप्रति न्याय गरेको ठहरिदैन भन्ने मैले ठम्याएको छु किन कि डा इन्दुलको वर्णन गर्दा कलाको क्षेत्रमा उहाँको विशिष्टता, साहित्यप्रतिको लगाव, अध्यात्ममा लिन हुने उहाँको स्वभाव, योग साधनामा उहाँको अटल विश्वास, पत्रकारितामा रुचि, प्राकृतिक चिकित्सामा उहाँको पेशागत दक्षता, प्रशिक्षण तथा अनुसन्धानसँग सम्बन्धित काममा उहाँको झुकाव तथा समाजसेवामा उहाँको योगदानको चर्चा जति गरे पनि पुग्दैन । यी सबै गुणहरूको सम्मिश्रणले गर्दा उहाँलाइ विरलाकोटीको आदर्श नागरिकको उंचो स्थानमा राख्न सकिने देखिन्छ । उहाँमा विद्यमान गुणहरूको वर्णन गर्दै जाँदा एउटा पुस्तकले पनि समेट्न हम्मे हम्मे पर्ला ।
हामीलाई जुन रूपमा यो वर्तमान मिलेको छ, यसलाई पुर्खाको नासोको रूपमा लिनुपर्दछ, किनकि हामी हाम्रा पुर्खाको एउटा सानो अंश हौं । हामीले जेजति कुरा सिकेजानेका छौं, सवै हाम्रो पुर्खाकै देन हो । मानिसले जन्म लिए पछि मर्नैपर्दछ, हामीवीच कोही पनि अजम्वरी छैनौ । यो वर्तमानलाई हामीले पनि आउँदो पुस्तालार्इ छोडेर जानु छ । पुर्खाले जे जति जानेका थिए, हामीलाई हस्तान्तरण गरी यहाँबाट विदा भएकै हुन् । हामी पनि जीवनकालमा जानेजति कुरा हाम्रो सन्तानलाइ हस्तान्तरण गरी विदा हुन्छौं । मानव जीवनको यो रितलाइ “रिले रेस“ सँग गासीँ हेर्दा अझ स्पष्ट हुन्छ । यो खेलमा अघिल्लो पंक्तिमा रहेको व्यक्ति अर्थात हाम्रो पुर्खाले एउटा ब्याट (हाते लठृी) समातेको हुन्छ । खेल मैदानको घेरालाई एउटा चक्रेटोको रूपमा जीवनको गति मानेर उसले दौड लगाइरहेको हुन्छ । एक फन्कोमा परिवार, समाज अनि राष्ट्रको भलाइको काममा जे जति योगदान गरेको छ, जे जति उपलव्धि हासिल गरेको छ, अनि जे जति मूल्य मान्यताको जगेर्ना गर्न सकेको छ, ति सबै आप्mनै ठीक पछाडि दौड लगाइरहेको सन्तती वा अनुयायीलाई ब्याटन हस्तान्तरण गरी आपूm विदा हुने यो क्रम–परिक्रम पिंढी–दरपिढीं चलिरहेकै छ, यही रूपमा भोलि पनि चलि नै रहनेछ । हामी अहिले बाँचेकाले पनि त्यही ब्याटन समातेर दौड लगाइरहेका छौं । पुर्खाबाट प्राप्त धरोहर कति आफ‘मा समाहित गर्न सक्यौं र अब त्यसमा कति अभिवृद्धि गर्न सक्छौं, हाम्रो प्रयासमा भर पर्ने कुरा हो । डा. इन्दुलको हकमा बुवा स्व. केदारनाथ झा तथा आमा शेरकुमारी झाले समेटेर अहिले इन्दुलसम्म आइपुगेको छ । इन्दुलले जीवनकालमा सार्थक दौड लगाएर परिवार, समाज, राष्ट‘् र संस्कृतिमा लगाएको गुन अनगिन्ती छ । अझै उँहाको दौड जारी छ, जोश–जाँगर युवावस्थाको जस्तै छ, उनको योग्यता, क्षमता र दक्षताले भ्याएसम्म अझै बढी योगदान समाजले अपेक्षा गरेको छ । उहाँले सहस्र चन्द्रको दर्शन गर्ने दिन पनि आउंदैछ । त्यसको लागि अग्रीम बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
सबैको जय होस ..........
०००
