भोलि काठमाडौंमा जुलुश तथा विरोध सभा
पुष २४, २०८२, बिहीबार | साँझ ०४:४५ बजे | 620
भक्तपुर । संयुक्त राज्य अमेरिकी साम्राज्यवादले स्वतन्त्र सार्वभौम देश भेनेजुयलामाथि बर्बतापूर्वक गरेको आक्रमणको विरोधमा नेपाल मजदुर किसान पार्टी निकटको नेक्राविसंघ र नेक्रायुसंघको संयुक्त आयोजनमा मिति २०८२ पुस २५ गते शुक्रबार भोलि काठमाडौंमा हुने जुलुस तथा सभा हुने भएको छ । जुलुश दिउँंसो १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ । जुलुशमा उपस्थितिको लागि सम्पूर्ण न्यायप्रेमी जनतासँंग आयोजकले हार्दिक अनुरोध गरेको छ । जुलुशमा सहभागी हुन भक्तपुरबाट बिहान साढे ११ बजे च्याम्हासिंह, व्यासी, भार्वाचो र आदर्शबाट गाडीको व्यवस्था रहेको जनाइएको छ ।
