मध्यपुरमा कब/ब्राउनी स्काउट तालिम शुभारम्भ


पुष २४, २०८२, बिहीबार | विहान ०७:३३ बजे | 145


मध्यपुरमा कब/ब्राउनी स्काउट तालिम शुभारम्भ

मध्यपुर थिमि नगरपालिकाकाे लागत साझेदारी तथा नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिकाे अायाेजनामा १९१अाैँ कब स्काउट बिटिसी र १८०अाैँ ब्राउनी स्काउट पिटिसी तालिमकाे श्री बालप्रेमी मा. बि.मा उद्घाटन समाराेह सु-सम्पन्न भयाे । प्रमुख अतिथि, नगरप्रमुख तथा स्काउट संरक्षक सुरेन्द्र श्रेष्ठकाे र विशेष अतिथि, नगर उप-प्रमुख तथा प्रमुख स्काउट बिजयकृष्ण श्रेष्ठले संयुक्त रूपमा झण्डाेत्ताेलन गरी उद्घाटन गरिएकाे उक्त तालिममा उपत्यकाका विभिन्न बिद्यालयका शिक्षकहरूकाे सहभागिता रहेकाे थियाे । मध्यपुर थिमि नगरपालिकाकाे हरेक कार्यक्रममा मध्यपुर स्काउटले महत्वपूर्ण याेगदान दिँदै अाएकाे बताउनु हुँदै प्रमुख अथिति श्रेष्ठले असल नागरिक उत्पादनमा स्काउटकाे ठूलाे भूमिका हुने बिचार राख्नुभयाे । बिपदकाे बेला स्काउटकाे बहादुरी सेवाकाे प्रशंसा गर्नु हुँदै विशेष अथिति श्रेष्ठले उक्त तालिमले मध्यपुर स्काउट अात्मनिर्भर बन्दै जाने बिश्वास प्रकट गर्नुभयाे । कब बिटिसीका काेर्ष लिडर तथा सदस्यता वृद्धि अायुक्त श्री भुवनचरण श्रेष्ठले तालिमकाे उद्धेश्यबारे प्रकाश पार्नुभयाे भने सहायक काेर्ष लिडर तथा सल्लाहकार हरि बहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयाे । स्काउटर सुशिला श्रेष्ठले सञ्चालन गर्नुभएकाे साे समाराेहमा नेपाल स्काउटका पूर्व सचिव श्री रामगाेपाल कर्माचार्यले अतिथिकाे मन्तव्य राख्नुहुँदै उक्त तालिमले सानै उमेरदेखि स्काउट शिक्षा मार्फत बिद्यार्थी अनुशासित एवम् नैतिकवान बन्ने र मध्यपुरमा स्काउटकाे जग बलियाे हुँदै जाने बिचार राख्नुभयाे । स्थानीय प्रमुख अायुक्त श्री तुल्सीहरि प्रजापतिकाे सभापतित्वमा सम्पन्न साे कार्यक्रममा मध्यपुर थिमि नपाका सामाजिक बिकास महाशाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्ट, शिक्षा शाखा प्रमुख सुनेश अधिकारी, बागमती स्काउटका सदस्य सानु चक्रधर, स्थानीय स्काउट कार्यालय, भक्तपुरका स्थानीय अायुक्त बालकृष्ण बनमाला, बालप्रेमी मा.बि.का प्रअ सुन्दर श्रेष्ठकाे उपस्थिति रहेकाे थियाे । ब्राउनी पिटिसीका काेर्ष लिडर रूक्मिणी श्रेष्ठ हुनुहुन्छ भने सहायक काेर्ष लिडर मेरिना सैँजू हुनुहुन्छ ।

Comments