रास्वपा भक्तपुर, क्षेत्र नं १ बाट रुकेश र क्षेत्र नं २ बाट साजनको नाम केन्द्रमा


पुष २३, २०८२, बुधबार | राति ०७:४० बजे | 910


रास्वपा भक्तपुर, क्षेत्र नं १ बाट रुकेश र क्षेत्र नं २ बाट साजनको नाम केन्द्रमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्ला समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ बाट रुकेश रञ्जित र क्षेत्र नं २ बाट साजन विश्वकर्माको नाम केन्द्रमा पठाएको छ । 

बुधबार रास्वपा भक्तपुर जिल्ला कार्यालय सल्ललाघारीमा बसेको समितिको बैठकले क्षेत्र नं १ बाट रञ्जित र क्षेत्र नं २ बाट विश्वकर्माको नाम सर्वसम्मत रुपमा केन्द्रमा पठाउने निर्णय गरेको हो । 

व्यवसायी एवं समाजसेवीको छवि बनाएका रुकेश भक्तपुरको व्यावसायिक र सामाजिक क्षेत्रमा सक्रिय छन् । भने राजनीतिकमा लामो अनुभव बटुलेका युवा नेता विश्वकर्मा पनि सामाजिक क्षेत्रमा सक्रिय छन् । 

विश्वकर्मा गत निर्वाचनमा पनि भक्तपुर क्षेत्र नं २ मा रास्वपाकोतर्फ बाट प्रतिनिधिसभाको निर्वाचनमा लडेका व्यक्ति पनि हुन् । यस पटक उनी रास्वपाकाे समानुपातिक बन्दसूचीमा परेपनि समानुपातिकबाट फिर्ता दिने घाेषणा गरिसकेका छन् । 

रास्वपा जिल्ला सभापती रामेश्व र बस्नेतले जिल्लाको आन्तरिक छलफल, संकगठनात्मक आवश्यकता र स्थानीय जनमतलाई आधार मानेर योग्य र अनुभवी व्यक्तिहरूको नाम सिफारिस गरिएको जनकारी गराए ।

Comments