अमेरिकाको घाम' नेपालमा लोकार्पित


पुष २३, २०८२, बुधबार | साँझ ०५:४४ बजे | 210


अमेरिकाको घाम' नेपालमा लोकार्पित

काठमाडौं। नियात्राकार छविरमण सिलवालको नविनतम नियात्राकृति अमेरिकाको घाम लोकार्पित भएको छ । मंगलबार राजधानीमा उक्त कृति श्रीओम श्रेष्ठ रोदन,नियात्राकार सिलवाल, सुमन सौरभ,केशव पराजुली,नन्दु उप्रेती, मधु पाठक,प्रदीप सापकोटा लगायतले लोकार्पण गरे । नियात्राकार सिलवाल पाठकलाई आफुसँगै अमेरिका,यूरोप र चीनको यात्रा गराउन सक्षम भएको बरिष्ठ साहित्यकार रोदनले बताए । कृति मीठासपूर्ण भएकोले पाठकको माया पाउँने भुँडीपुराणका प्रवन्ध निर्देशक पराजुलीले बताए । यस अघि दश कृतिहरु प्रकाशित गरिसकेका सिलवालको यो दोस्रो नियात्रा कृति हो । कृतिभित्र विभिन्न शिर्षकका १३ थान नियात्राहरु समावेश भएका छन् । राजकुमार बानियाँका अनुसार सरल,सहज र सवेद्य भाषा अनि गाहे ब गाहे काव्यलहरीले यात्रा वृतान्तलाई सुन्दर बनाएको छ । कुमारी लामा भन्छिन जीवनका हर क्षण उत्सवमय बनाउन खप्पिस सिलवाल स्लोभेनियन नजरावें मा एकाध पटक मात्र सामेल भए तापनि अमेरिकाको घाम मार्फत समस्त पाठकहरुलाई रमरमिलो महसुस गराउन भने सफल छन् । अमेरिकाको घामलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.२७५। रहेको छ ।

Comments