राष्टिय सभा निर्वाचनका लागि नेमकिपाका कोको दुई जनाले दिए उम्मेदबारी?


पुष २३, २०८२, बुधबार | दिउँसो ०२:५७ बजे | 395


राष्टिय सभा निर्वाचनका लागि नेमकिपाका कोको दुई जनाले दिए उम्मेदबारी?

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पाटी) (नेमकिपा)का तर्फबाट २ जनाले मनोनयन दर्ता गरेका छन् । माग ११ मा हुने बागमती प्रदेश तर्फको २ सिटमा हुने निर्वाचनका लागि २ जनाले मनोनयन दर्ता गरेका हुन् ।
बागमती प्रदेश तर्फको अन्य क्लस्टरमा विक्रम ढुकुछु र महिला क्लस्टरमा कविता महर्जनले मनोनयन दर्ता गरेका हुन् ।
प्रस्तावक सुनिल प्रजापति र रजनी जोशीको समर्थनमा ढुकुछुले मनोनयन दर्ता गरेका छन् भने सुरेन्द्रराज गोर्साई प्रस्तावक र सृजना सायजु समर्थन रहने गरी महर्जनले मनोनयन दर्ता गरेकी हुन् ।

Comments