भेनेजुयलामाथि अन्याय
पुष २३, २०८२, बुधबार | दिउँसो ०२:३० बजे | 95
कुमार लघु,ख्वप
स्वतन्त्र सार्वभौम मुलुक भेनेजुयलामाथि अमेरिकाले आतंक मचाई वर्तमान राष्ट्पति र उहाँकी श्रीमतीलाई अपहरण गरि अमेरिका लगि वन्धक वनाई मुद्दा चलाउने कुरा पत्रपत्रिकामा समाचारमा यत्रतत्र प्रकासित छन् ।
अमेरिकाले किन यसरी डाँका शैलीमा अपहरण र भेनेजुयलामा मध्यराती अन्धधुन्ड बमबादी र धनजनको माथी आक्रमण गरि अन्याय अत्याचार गरि तहल्का मचायो, मान्छे मारियो, आगजनी गरे स्पष्टसित भन सकिन्छ धनजनको अमेरिकाले क्षति पु–र्यो । भेनेजुयालि जनताको र राष्ट्को अपमान गरे त्यो अमेरिकाले भाइबहिनीहरू थाहा लिनुपर्छ ।
भेनेजुयलामा अपार तेलको खानीछन् । त्यो तेलखानी अमेरिकाको कव्जामा लिन गरेको पुष्टि हुन्छ । भेनेजुयलाले तेल वेचेर भेनेजुयलाको विकास गरेको अमेरिकाले सहन सकेन । संसारको देशले अहिले विरोध र चर्को आलोचना गरेकाछन् । भेनेजुयला माथी त्यस्तो शैली अप्नाउनु अमेरिकाको गलत कदम माथी चिन ,रूस ,दक्षिण अफ्रिका उत्तर कोरियाले भेनेजुयलाको चर्को विरोध गरेकाछन् । यी सबै मुलुकले विश्र्वको तानाशाह डोनाल ट्म्पको नीतिको कडा प्रहार गरेकाछन् । बलियो भन्दैमा यसरी स्वतन्त्र मुलुकलाई र राष्ट्पतिलाई अपहरणमा सम्लग्न हुनु नै अमेरिकाको एउँटा ठुलो अपराध हो । विश्र्वमा एउँटा मात्र देश देख्नु र जङ्गल देखेर सिकार गरेर जङ्गली स्वभावमा उत्रनु मानव स्वभावाट ओर्लनु निन्दनिय छ।
भिविन्न मुलुकहरूले डाँका शैलीले सम्पूर्ण शक्ति जल,स्थल र हवाई आक्रमण गर्नु अन्य मुलुकलाई किस दिनु दादागिरी स्थिति ल्याएर तेश्रो विश्र्व युध्दको बिउ विजन सुरूवाट गर्न खोज्नु भान हुन आएकोले अन्तराष्ट्यि परिस्थिती सुचित हो कि ? जनताले चुनेको राष्ट्का राष्ट्पतिलाई र श्रीमतीलाई अेमेरिकामा लग्नु त भेनेजुयाली जनता र विश्र्वका जनतालाई सह्य छैन् ।
के भाइ बहिनीहरू तपाईं हामीले पनि अरू विदेशी मुलुकले आक्रमण गर्छ भनेर शसस्त्र हातहतियार वनाउन सक्षम हुन र नयाँ आविष्कार गर्न पछि पर्नु हुन्न् । विश्र्वका जनताले यस्तो अन्यायको विरोध गर्नु पर्छ । स साना राष्ट्को अधिकार विश्र्वमा बचाउनु पर्छ । के हतियार भयो भन्दैमा अपहरण र अरूलाई मार्न मुद्दा लगाउन पाईदैन् । यो अपराधको चर्को मूल्य अमेरिकाले एकदिन नचुकाई नहुने बेलाको समय आउनेछन् । ठुला राष्ट्ले त स साना राष्ट्लाई फूलवारी जस्तै पो हुर्कान र बढाउने समयको आवश्यकता छ। हामी नेपालीले पनि माहाशक्ति राष्ट्को विरोध गर्नुपर्छ । यो ठुल्लो अन्याय हो । विध्यार्थीहरू अहिले उठेर अमेरिकण दूतावासमा विरोध पत्र दिन आवाज उठाउनुपर्छ । अरू राष्ट्लाई तेलकध खानी दिने नदिने त्यो राष्ट् भेनेजुयलाको खुसीको कुरा हुन्छ । अर्काको अधिकारको स्वतन्त्रता माथी हस्तक्षेप गर्नु गलतै हो । संसारका जनताहरू एक भएर अमेरिकी नीतीको भण्डार फोर गर्नु पर्छ ।
लाज पचाई भनेजुयला माथी आक्रमण गरेकोमा चुप लागेर वस्नु हुन्दैन् । तत्काल वर्तमान राष्ट्पति मान्दुरो र उहाँकी श्रीमतीलाई विना सर्त रिहाईको माग संसारका नागरिकहरूले गर्नुपर्छ र गरिरहेकापनि रहेकाछन्।
हामी स साना मुलुकले स साना भाइ बहिनीहरू दैनिक रूपमा विश्र्व राजनीतिलाई नियाल्ने गर्नुपर्छ । हामी मानव भएकोले राजनीतिवाट अलग हुनु हुन्दैन् । राजनीतिमा चाख लिएर पढ्ने लेख्ने र राजनीतिमा पनि चनाखो हुनुपर्छ । निम्न माहामानवहरू माक्र्श, ऐगेल्स ,लेनिन ,स्टायलिन र माओ त्से तुङले विध्यार्थी जीवन कालमै देस देशावरको र क्रान्ति र लडाईको विषयमा खुब अध्ययन गरेको इतिहासले देखाई सकेको छ । उहाँहरू कम्युनिष्ट विचारधाराको हुनु हुन्छ । कम्युनिष्ट देशले पहिला देश र जनताको निम्ति कार्य गर्छन् । जनतालाई रोजगार दिएर देशलाई मजवुट बनाउन लाग्छन् । लगेको देशहरू रूस, चिन,कोरिया,भेटनाम र भेनेजुयला हो । विध्यार्थी जनतालाई पढ्न लेख्न, उपचार गर्न निशुल्क सरकारले वन्दोवस्त गरेकाछन् ।
जहिले अन्यायको विरोध गर्न जनता लाग्नु पर्छ । भेनेजुयला ,ाष्ट्को सारवभौम सत्ता बचाउनेमा विश्र्वका जनताले ध्यान देऊन।
२०८२÷०९÷२३ गते
