देश जरजर अवस्थामा


पुष २२, २०८२, मङ्गलबार | विहान ११:०४ बजे | 110


देश जरजर अवस्थामा

कुमार लघु,

ख्वप भाइबहिनी नमस्कार, भाइ बहिनीहरू लाग्ला कस्तो सुन्दर देश नेपाल अहिले के भएर हो देश झन झनै कंगाल स्थितीमा आरालो लाग्दैछन् । भाइ बहिनीहरू देशलाई हाक्ने चलाउन जानेहरूलाई विश्र्वाशले चुनाववाट निर्वाचित गरेर जनताले पठाए तर जनतालाई , जनताका प्रतिनिधिहरूले दिएको विचार र रोडम्यापलाई शासकहरूले वास्ता गरेन , जनताको माग र जनतालाई शाशक र निर्वाचित उम्मेदार भएको वेलाको र शासकहरूले दिएको वचन सरकारमा बसेर राज्य शत्ता चलाएको वेलामा बदमास गरेकोले देश जरजर अवस्थामा पुगेको हो । जनताले ती शासन सञ्चालन गरेका नेता र प्रधानमन्त्रीहरूसित हिसाब माग्नुपर्छ । बेलामै जनताले कठघरामा उभ्याई हिसाब फर्छाैट माग्नुपर्छ । देशको सक्षम पढे लेखेका वुध्दि विवेक र दक्ष जनशक्तिलाई विदेशमा सस्तो ज्यामीमा विदेश पलायन गरेकोले नै देशमा जनशक्ति शून्य भयो । सस्तोमा नक्कलि भिषामा मानिसहरू वेच विखन्न गरेर पैसा पद खाई घुस खाएको र भ्रष्टाचारको वाटो अवलम्वन गरेकोले देशमा विकासमा बाधा अड्चन आईप-र्यो । देशमा भएको सबै उद्योगहरू मित्र राष्ट्हरूले दिएको उपहारको चिन्हहरू सस्तो मोलमा व्यक्तिहरूलाई वेचे । विदेशमा मन्त्री र प्रधानमन्त्री पद खाएका र पूर्व गृहमन्त्री र परराष्ट्रमन्त्रीहरूले नै करोडाै घुस कमिशन खाएको नेपाली जनताको आँखावाट छिपेको छैन् । यसका प्रमाण जाता नै हुन् । जनताका छोराछोरी वेच्ने बलत्कार ,मार्ने गुण्डाहरू पोष्ने र गुण्डालाई पार्टीमा हुल्याउने र दशक पार्टीमा खटेर जनतालाई कक्षा लिनेलाई खसाल्ने र उम्मेदवार बनाउन गुण्डाहरूको तर्फवाट चन्दा असुलने गरेकोले नै देश जरजर अवस्थामा पुगेको जनताको मूल्याङ्कणमा छ । देश विदेशको राजदूतावासमा अयोग्य राजदूत नियुक्ती दिने कारणले गर्दा एमाले काँग्रेस र माअोवादीलाई जनताले नराम्रो नजरले हेरे । जनताले सबैलाई माैका दिएर हेरेको हो नि त। कुनै पनि दलले जनताको निम्ति राम्रो वातावरणमा देशलाई नहाँकेको परिणामको फल त जेन्जीले बदला लिएर देश यहाँ पुगेको आङकलन छ । जेन्जीलाई पनि विदेशीले तालिमहरू दिएर भारतभक्त र अमेरिकीभक्तहरू शासन सत्तामा परिवर्तन गरि ६ महिनामा चुनाव गराएर देशलाई नयाँ मोडमा पु-याउने लक्ष्य राखेको जनतालाई ,पूर्व शाशकहरूलाई चुनाव उपयोग गर्न गराउन तिमी रोए जस्तै गर र म पिटे जस्तै गर्छु भनी वर्तमान सरकार चुनाव गर्न अगाडि वढेकाछन्। देशमा चुनावमा उठ्ने नि कम्ति पैसाले नि पुग्ने छैन् । अझै यो अब आउने चुनावमा पनि धुस खाएका कमिशनले मोटाएका र गुण्डाहरूले नै जिताएर पैसाले मल,ज्याला,भोज ख्वाएर,मोबाईल दिएर,भोट किनेर र लुगाफाटो दिएर लोभ लाग्दो विकास निर्माण र पुलपुलेसा वनाई दिन्छुको आश्वाशन दिन सक्नेहरू नै यो पूँजिवादी चुनाव जतेर जनतालाई फेरि पनि भ्रष्टाचारीहरूले नै शासन शत्तामा पहुँच पु-र्याउने छन् । डही नेर वर्तमान सरकारले धुस खाएका कमिशनले मोटाएका र शत्तामा जनताको निम्ति बाधक दिएका पार्टी र पार्टीको चुनावमा प्रतीवन्ध लगाए मात्र चुनावको महत्ज दृखिन्छन् । नत्र उहीँ नाम्लो उहीँ कुम्लो भन्ने जस्तै हुन् देखिन्छ । अब जनताका सेवकहरू रात दिन जनतालाई चेचितगर्न शहरका युवाहरू र परिवर्तनकामीहरू मतदाताहरूलाई चेतना दिन त्यस्ता खुखार भ्रष्टाचारको व्यक्तिहरूलाई मत नदिन र पुँजिपतिहरूको चर्चिकलाको पर्दाफास गर्न गाउँमा अब यात्रा गर्न हतार भै सकेको कुरालाई तड्कारो रूपमा बुझ्न हुन् युवा शक्ति परिचालन गर्न सत्य र देशभक्त पार्टीहरूलाई समयको उपयोग गर्न र टोलमा वडामा सक्रियता जनाउन मेरो र सचेत जनताको आवाज उठाउँन अनुरोध छ । अन्तमा यो लेख पढेर बुझेर आफ्ना परिवार र नेपाली जनतालाई पढ्न शेयर गर्नु हुन सहयोगको आवश्यकता छ । धन्यवाद ,२०८२/०९/२१

Comments