चुनाव चर्चा


पुष २१, २०८२, सोमबार | विहान ०७:४३ बजे | 140


चुनाव चर्चा

यज्ञबहादुर कार्की 
नेपालमा लोकतन्त्रको प्रार्दुभाब भएको झण्डै ४० बर्ष भईसक्यो । यसविच जनतामा यस्को सकारात्मक वा नकारात्मक कुन कुरामा वढी असर पर्दै गयो ? मनननीय र सोचनिय बिषय आज जताततै चलिरहेको छ ।
भुपरिवेषठित मुलुक नेपाल सदा भारतको राजनैतिक दवावमा परिआएकै हो । यसो हुदा र यो बखान गरिरहदा नेपाल सदा दक्षीणपट्टी बढी निर्भरतामा रहनुपर्ने र यसको सार्वभौमिकतामा पनि पटकपटक सवाल उठिरहनु पर्दा यसको आफ्नो हित आफैसंग गाँसिएको हो कि अरु कसैको ईच्छामा चलाइनुपर्ने के हो ? भन्ने केही नेपालीले बुझिसकेका छन । केहिले बुझ्न नसकेका छन् र अहिले देखिएको मामलामा (उसकै) दक्षिणपट्टीकै समर्थनमा नै राजनेता, नेताहरु र दलहरु जानुपर्ने किन र गइरहेको केका लागि अब छर्लङ्ग नै भइसकेकै छ ।
मुलुकको यो अबस्थामा पनि भारतको पटकपटक सरकारमा को ल्याउने? भन्ने अभिरुचि र पहलले पनि ठुलो खलवली मचाउदै छ र विभित्र क्षेत्रमा उसको  हस्तक्षेपकारी भुमिका देखिई आइरहेका कारणले आम जनमानसको भनाई सार्थक हुन पुगेको छ । यसर्थ अहिले विगत भाद्र  २३ ,२४ का जेन्जी आन्दोलनको हुरीबतासले पारेको फेरबदल र जनताकोे मौलिकता र अधिकारमा समेत उठन गएको प्रश्न पनि अत्यधिक महत्वपूर्ण रहेको छ । 
चुनाव के का लागि ? कसका लागि ? भन्नु भन्दा पनि यो वडो अनौठो किसिमको  गजवको सरकारले गराउने चुनावमा नेपाली कंग्रेस, ऐमाले र अन्य माओवादी आदि पनि  सामेल भै भाग लिदा अब सरकार वैध हुन्छ, हुदैन र मिल्दछ मिल्दैन अनेक कानुनी र राजनैतिक तर्क उठाउन थालिसकेका छन र आगामी हने आम चुनावले ल्याउने रिजेल्ट वडो गजवको हुन जाने पनि सर्वत्र चर्चा र परिचर्चा हुन थालिसकेको छ ।
अब हरेक राजनैतिक पार्टीहरुको यो चुनाव जीवन र मरणको सवाल हुने र यो चुनावले सही र गलत दिशाले आकाश छुनेछ । र के यो गलेको र ढलेको सरकारको बिगतको सरकारको आयु किन छोट्टिएको मुल कारण अदृश्य छ । यो रहन्छ र किन रहन्छ ? यो पनि रहस्यको पर्दाहरु मै रहने छ । खोल्ने हिम्मत कसैको छैन । मुल कुरा त आगामी संघिय प्रतिनिधीसभाको चुनावले नयाँ र पुराना विचारको छिनोफानो हुन जाने छ । चेतना भया ।
 

Comments