दिनुपर्छ सबैले ध्यान- विचार नगरे जाला ज्यान
पुष १९, २०८२, शनिबार | राति ०८:२५ बजे | 970
श्रीधर लामिछाने, हाल अस्ट्रेलिया
जहाँ सम्म ज्येष्ठ नागरिक हरुका सवाल छ विश्व व्यापी रूपमा नै अन्य समुदायको तुलनामा उनिहरू बढी पिडित भएको कुरा घाम जत्तिकै छर्लंग छ / केवल महशुस गर्ने कि नगर्ने भन्ने मात्र हो / विद्यमान नेपाली समाजमा पनि ज्येष्ठ नागरिक बढी पिडामा छन् चाहे धनि परिवार होस् वा होस् गरिव परिवार / अनि सवाल पनि व्यक्तिगत तहमा, पारिवारिक तहमा, स्थानीय तहमा र राष्ट्रिय तहमा सबै ठाउँमा यत्रतत्र बग्रेल्ती छन / तर अहिले म यहाँ व्यक्तिगत तहमा हुने जोखिम बाट ज्येष्ठनागरिकहरु कसरि जोगिनु पर्छ भन्ने बारेमा केहि छलफल गर्न चाहन्छु /
आजकाल पत्रपत्रिका फेसबुक, यु-ट्युब, अनलाइन खबर पत्रिका, दैनिंक पत्रपत्रिका, रेडियो टेलिभिजन, लगायत आम संचारका माध्यमहरुमा अनेक प्रकारका दुर्घटना र मृत्युका खबर आउछन / त्यस मद्धे ज्येष्ठ नागरिकहरुको मृत्युको पनि अनौठा खबरहरु देख्न, सुन्न र पढ्न पाइन्छ / त्यस्ता दुर्घटनाहरु मृत्युका खबरको विश्लेषण गर्दा सानो सानो त्रुटि वा होस नपुगेको कारणले ज्यष्ठ नागरिकहरुको मृत्यु हुन पुगेको देखिन्छ / वा धेरै दुख कष्ट र कठिनाइ भोग्नु परेको हुन्छ / त्यस्तो नहोस भन्नको लागि मैले अनुभूत गरेका र सिकेका आधारमा केहि विचार यहाँ राख्न चाहन्छु जसले तपाई वा तपाइको आफ्ना प्याराहरुको जीवन पनि सहज वन्न सकोस / दिर्घायु जीवन बाच्न सक्नुहोस / अझ भन्दा सहज बुढ्यौली व्यतित गर्न पाउनुहोस् /
आफ्नो स्वास्थ्य बारे होस् गरौं: हुन त कोशिस सदा स्वास्थ्य रहन कोशिस नै गर्ने हो / स्वास्थ्य रहन कोशिस गर्नु पर्छ / तर कोशिस गर्दा गर्दै पनि शरीर विस्तारै कम्जोर हुने एक प्राकृतिक प्रक्रिया नै हो भन्दा अत्युक्ति नहोला / अनि सामान्यतः ज्येष्ठ नागरिकहरुको रोग अवरोधक क्षमता पनि क्रमिक घट्दै गएको हुन सक्छ /
ज्येष्ठ नागरिकहरुले सक्दा सम्म आफुलाई स्वस्थ्य राख्न शारीरिक व्यायाम, योग र प्राणायाम गर्ने गरौं / शरीर लाइ स्वास्थ्य राखौं / मन शान्त राखौं / आफुलाई सन्तुष्ट राख्न कोशिस गरौं / हामी भन्ने गर्छौं, हरेक व्यक्ति आफु स्वस्थ्य जीवन बाँच्न आहार, व्यवहार र विचार सन्तुलित स्वच्छ र सक्रिय राखौं / तर भन्दा भन्दै र गर्दा गर्दै पनि शरीर हो विस्तारै कम्जोर हुदै जान सक्छ / त्यसरी कम्जोर भएको अवस्थामा पनि बुढ्यौली सहज बनाउन केहि जुक्ति गर्नु उपयुक्त हुने हुँदा हामी आज त्यस्ता साना साना तर महत्वपूर्ण कुरा गर्न गइ रहेका छौ / ध्यान दिनु होस् तपाइँ आफ्नै जीवन सहज बनाउनुहोस् /
केहि केहि कुरामा होस् पुर्यौंदा मात्र पनि हाम्रो जीवनमा जोखिम कम हुन्छ / हामी भन्नाले मैले यहाँ ज्येष्ठ नागरिक लाइ भन्न खोजेको हुँ किनकि म पनि त्यहि वर्गमा पर्दछु /
समयमा स्वास्थ्य परिक्षण :
एक पटक म आफन्त लाइ भेट्न गंगालाल अस्पताल पुगेको थिएँ जस लाइ म दाजु भन्ने गर्छु / उहाँ लाइ त्यसबेला माइनर हार्ट अट्याक भएर एन जी वो प्लास्टि गरिएको थियो / त्यस क्रममा उहाँको मुटुको भल्भ फेरेको थियो / र त्यहि दिन उहाँ लाइ चिकित्शाकले उहाँलाई डीस्चार्ज गरेको स्लिप दिइसकेका थिए / केहि बेरमा नै उहाँ आफ्नो घर जानु हुदै थियो /
मलाई उहाँको त्यस पटक हार्ट अट्याक भएको बारे अलि जान्ने इक्षा थियो त्यसैले उहाँ लाइ थप एक प्रश्न गरें : दाजु हार्ट अट्याक बारे कसरि थाहा पाउनु भयो ? कसले अस्पताल ल्यायो ?
छोटकरीमा उहाँको जवाफ थियो, भाइ मैले होस् नगरेको भए मेरो ज्यान जाने रहेछ यस पटक / यदि १५ मिनट ढिलो भएको भए पनि खिस्सा खतम हुन्थ्यो / त्यसैले होस् पुर्यायो भने बाँच्ने मौका मिल्ने रहेछ / जुन कुरा यहाँका चिकित्शक्ले पनि पुष्टि गरे /
उहाँले केहि बेर आराम गरेर लामो सास फेर्दै भन्नु भयो मलाइ ग्यास्टिकले पेट दुखे जस्तो गरि माथिल्लो पेट दुख्यो / एकछिन कसैलाई भनिन / पछी जेठो छोरा लाइ यो कुरा बताएँ / उनले म ग्यास्टिकको औषधि लिएर आउंछु आराम गर्दै गर्नुस भने / तर मेरो दुखाइको प्रकृति अलि फरक भए जस्तो लाग्यो / पहिलेको ग्यास्ट्रिक दुख्दा भन्दा फरक लागे पछी छोरो लाइ रोक्दै भनें बाबु मलाई ग्यास्टिक को औषधि हैन गंगालाल तिर लिएर जाउ बरु छिट्टै ट्याक्सी बोलाऊ /
मेरो जेठोले पनि बिलम्ब नगरी ट्याक्सी बोलाए र तुरुन्तै हामी करिब २० मिनेटमा गंगालाल पुग्यौं / इमार्जेंसिका डाक्टरले आवस्यक परिक्षण गरेर रिपोर्ट हेर्दै भन्नु भयो: यो हार्ट अट्याक हो तुरुन्तै एन जी वो प्लास्टि गर्नु पर्छ भन्नु भयो / हामीले पनि सहमति जनायौं / प्रक्रिया शुरु भयो / पछी डाक्टरले मलाई ल तपाई एकदम ठिक समयमा आइपुग्नु भयो र बाँच्नु भयो नत्र गारो हुने रहेछ / हामीले तपाइको दुइ वटा भल्भ फेरेका छौ र ब्लकेज पनि हटाइ दिएका छौ / अब एक हप्ता अस्पतालमा बसेर ठिक भएर घर जानु होला / संयोगले म उहाँलाई घर पठाउने दिनमा नै भेट्न पुगेछु र यो कुरा जान्न पाएँ / इश्वरलाई मन मनै धन्यवाद पनि दिएँ / यदि उहाँले अलिकति पनि ढिलाई गर्नु भएको भए ज्यानकै जोखिम हुने रहेछ /
