स्रष्टा नरनाथ लुइँटेललाई सम्मान/पुरस्कार प्रदान


पुष १९, २०८२, शनिबार | राति ०८:१६ बजे | 105


स्रष्टा नरनाथ लुइँटेललाई सम्मान/पुरस्कार प्रदान

लीलाध्वज थापा साहित्य प्रतिष्ठान काठमाडौँबाट त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान/पुरस्कारको आयोजना गरियो। सो समारोहमा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले नेपाली साहित्य र हास्यव्यङ्ग्य विधामा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएका साहित्यकार नरनाथ लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान तथा नगद रू १००००/ ( दश हजार रुपैयाँ )पुरस्कार’ प्रदान गर्नु भयो । नेपाली सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना गरिएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यो सम्मान प्रदान गरेको हो। भोजपुरमा जन्मिनुभएका लुइँटेल हाल काठमाडौं महानगरपालिका–१४, कलंकीमा बसोबास गर्दै आउनुभएकाे छ । उहाँले २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर (एमए) अध्ययन पूरा गर्नुभएकाे हाे । विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्दै आउनुभएका लुइँटेलले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यका रूपमा समेत योगदान दिइसक्नुभएकाे छ । साथै उहाँले विभिन्न साहित्यिक पत्रपत्रिकामा कार्यकारी सम्पादकका रूपमा पनि काम गर्नुभएकाे छ । दर्जनौँ साहित्यिक संस्थामा संलग्न रहँदै निरन्तर सिर्जनात्मक तथा संस्थागत योगदान पुर्‍याउँदै आएका लुइँटेलका हास्यव्यङ्ग्य विधा, गैर–हास्य विधामा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । यसका अतिरिक्त गीतिकाव्य, शोककाव्य, लेखन तथा सहलेखनमार्फत उहाँका थुप्रै पुस्तकहरू प्रकाशित भइसकेका छन् । उहाँले अढाई दर्जनभन्दा बढी साहित्यिक संघ–संस्थाबाट सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएकाे छ । हाल उहाँले ‘फित्कौली डट कम’ अनलाइन सेवा सञ्चालन गर्नुका साथै विभिन्न साहित्यिक संघ–संस्थामा आबद्ध भएर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकाे छ । प्रतिष्ठानले त्रैमासिक रूपमा प्रदान गर्दै आएको उक्त स्रष्टा सम्मान तथा पुरस्कार यसपटक लुइँटेललाई प्रदान गरिएको हो । । कार्यक्रममा प्रा . डा . गोविन्द मान सिंह कार्की तथा उपस्थित साहित्यकारहरूले साहित्यकार लीलाध्वज थापाबारे चर्चा गर्दै उहाँको उपन्यास बारेमा चर्चा गर्नुभयो । सम्मानित स्रष्टा नरनाथ लुइँटेलले लीलाध्वज थापाको मन उपन्यास सानै उमेरमा भोजपुरमा पढेको , पछि काठमाडौंमा आएपछि पुन: दोराएर पढेको र यस उपन्यासमा समाजको सबै पक्ष राम्रोसँग वर्णन गरिएको मौलिक सामाजिक उपन्यास भएको र यसबाट ज्यादै प्रभावितभएको उल्लेख गर्नुभयो । लीलाध्वज थापाको उपन्यासले मदन पुरस्कारमात्र पाएको हैन त्यो उपन्यास देश विदेशमा समेत ज्यादै चर्चित भएको र पाठ्यक्रममा समेत रहेको , यस्तो चर्चित उपन्यासकारको नामको प्रतिष्ठानबाट सम्मान पुरस्कार पाएर जोडिन पाउँदाको खुशी व्यक्त गर्दै प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार कला निधी दहाल, हरिभक्त सिग्देल, डा. अर्जुन देव भट्ट, नरेन्द्रराज पौडेल , डा. बमबहादुर थापा जितालीले सम्मानित स्रष्टालाई बधाई दिनुका साथै उपन्यासकार लीलाध्वज थापाको चर्चा गर्दै प्रतिष्ठानका अध्यक्ष विजयध्वज थपा प्रति धन्यवाद ग्यापन गर्नुभयो । कार्यक्रममा स्रष्टाहरू कुमार नेपाल, विजयध्वज थापा , प्रा.डा. गोविन्दमान सिंह कार्की, डा . बमबहादुर थापा जिताली, टेकबहादुर लौडारी , प्रकाश बस्नेत गफाडी, कर्ण दयाल ' सोराडी ,डा. मेघराज ढकाल, प्रमोद नेपाल, गुप्त बहादुर श्रेष्ठ ,इन्दिरा ढकाल, बद्री उप्रेती, नम्रता उप्रेती कृष्णप्रसाद पौडेल ' जस्ताघरे', मदन प्रसाद नेपाल, मधुसूदनप्रसाद घिमिरे, मीरा काफ्ले पोखरेल, मीरा गजुरेल, सुभद्रा अधिकारी, एन वी जनकपुरी, भानुप्रकाश जोशी, महेशप्रसाद रिजाल, राज रजक, रामशरण न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन, आवेश मिश्र, सुशान्त के.सी., वीरबहादुर लोहनी ,शालिक राम दाहाल, राजेशमान के.सी. , शशीश्री आचार्य, उमा दाहाल, रुपा रिसाल चालिसे, प्रमोद भण्डारी, भोजराज रेग्मी मुखाले ,जीत कार्की, नानु राना थापा, राजेन्द्र खनाल, मदनराज थापा , प्रार्थना खनाल जोशी, भागीरथी भटराई ग्यवाली, प्रदिप नेपाल, बृन्दा ढुंगाना , भुवन दिवाकोटी, लाल बहादुर भुजेलले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा दायित्व वाङ्ममय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य प्रस्तुत् गर्नुहुदै सम्मानित हुनुहुने स्रष्टा माथि प्रकाश पार्नुभएको थियो । वृन्दा ढुंगानाले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म बयासी जना अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले, आठ जनालाई साहित्य सम्मानले तथा ५०० भन्दा बढीलाई कदर-पत्रले सम्मान गर्न पाउँदाको खुसी व्यक्त गर्नुका साथै उपस्थित सम्पूर्ण स्रष्टाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

Comments