खुसी लाग्यो
पुष १९, २०८२, शनिबार | साँझ ०६:३९ बजे | 60
कुमार लघु, ख्वप
भाइबहिनी र विध्यार्थीहरू नमस्कार, आज खुसी लाग्याे समय सापेक्ष रहने र पढन पाए । थप खुसी लागेको छ । संसारका नेता र प्रसिध्द व्यक्तिहरूको जिवनी पढेर आ आफूले वुध्दि विचार, संगठनमा र जनतालाई संगठन गर्न लानुपर्छ । यो खुसीको क्षण हो । मेरो आफ्नो कुरा पनि पृथ्वीमा पर्दापन भएर पुथ्वीको बोझ हुनु भन्दा देश र जनताको सेवा गर्ने आकाँक्षा हामी सबैले लिनुपर्छ । विदेशी दलालहरूलाई नेपालीहरूले संसदमा छिर्ने अवसर नेपाली जनताले दिन लिनु हुन्दैन् है । यो नेपाली जनताको आवाज सम्झनु पर्छ । हाम्रा नेताहरूको जिवनी र क्रान्तिकारी विचारवाट यो कुरा मनमा लिई कहि कतै संगठित हुन सिक्नु पर्छ । अन्यायको विरूध्द लाग्नु पर्छ । देशलाई जोगाउने कार्यमा सदा अडिग अडान लिनुपर्छ । ज्यान जाएका धोडा नछोड्ने भन्या जस्तै संगठन नछोडिकन कतै बसेर निरन्तरता दिनुपर्छ । शिक्षिति समाजले अगुवा गर्नुपर्छ । देशमा वेला वेलामा पार्टीहरू, नेताहरूमा र जनताहरूमा संकट त आईरहन्छन् । संकट आउलान भनेर नै जनताहरूलाई शिक्षित समाजले पूर्व समय मै सजग गराई राख्नुपर्छ । अब नेपालमा फागुण २१ गते चुनाव हुन गैरहेको छ । त्यसका निम्ति गाउँ ठाउँमा हामी तपाईले जनतालाई सन्देश दिनुपर्छ । कस्ता नेता कार्यकर्तालाई संसदको गरिमामय पदमा जिताउनु पर्छ यो सोच्निय विषय हो । गम्भीर विषय हो । यो गम्भीर विषयलाई टालटुले विचारले मैले पाएको अधिकार हो जित्ने त्यही मान्छे र पार्टी त्यही हो मैले त ठुल्लो र संसदमा बहुमत ल्याउने पार्टी र नाम चलेकाे नेता र कार्यकर्ता हो भनेर मत त्यति कै हचुवा तालमा नदिने जमाना गयो । मैले भनेको कुराहरू भाइ बहिनीहरूले बुझ्नु भयो होला । मत दिन परिवार साथी भाई र टोलमा जनता र देशको सेवा गरिरहेका अगुवाहरूसित छलफल गर्नु होस् । यो मतदान गर्ने अवसर त्यतिकै आएको होईन् । शहिदहरूको र जनताका छोराछोरीहरूको रगतले संसद र क्रान्तिको तछाडमछाडवाट मात्र पाएको अधिकार हो । हाम्रा नेताहरूको जिवनी पनि यो वेला रणमैदान भाइ बहिनी र विध्यार्थीहरूले अध्धयन गर्ने अवसर पाउनु पर्दछ । हामी सर्व साधारण र नयाँ पुस्ताले देश र जनताको निम्ति अहोरात्री खटेको निरन्तरता राजनीतिमा दिएको पार्टीहरूको सच्चा राजनीतिज्ञ वरिष्ट राजनीतिको जिवनी पढ्ने इच्छा र राजनैतिक इतिहास हामीले लिनुपर्छ । पार्टी वाट सच्चा नेता र राजनैतिक पृष्ठ भूमिबो लेख जिवनी अहिले निकालेर पढणने र पढाउने अवसर अहिले हो । यो जल्दाे वल्दा अवि्थामा जनताले कुन राजनैतिक ठिक,जनताको र देशको निम्ति दु:ख गरेका हुन भन्ने नेपाली जनता , भाइ बहिनी र विध्यार्थीले अवसर देश भक्त पार्टीले दिनुपर्छ । २०८२/०९/१९ गते
