ईटा उधोग व्ववसाय राज्यको आर्थिक आयको सहयोगी एक चर्चा
पुष १७, २०८२, बिहीबार | विहान ०९:५० बजे | 200
यज्ञवहादुर कार्की
हालै भक्तपुर ईटा उद्योग व्यवसायी संघको ३० औ बार्षिक साधारण सभा गुण्डु ध्याम्पेडाडा होटलको सूर्य हलमा सम्पन्न भएको छ र त्यस अबसरमा मलाई पनि मेरा मित्र पत्रकार कृष्ण किसीज्यूले जाउ भनी अनुरोध गर्नुभयो । प्रायः म कसैको सभामा जान नरुचाउने व्यक्ति हुँ । उहाँ मेरा अनन्य मित्र भएको नाताले र यसभन्दा अघि पनि धेरै पटक उहाँले जान अनुरोध गर्नुभएको र विभिन्न सभा वा अन्य कार्यक्रममा जान नकारी आइरहेकोले यस पटक भने उक्त सधारणसभाको कार्यक्रममासगै जाने वचनलाई स्विकार्दै र तत् विषयमा सुनेजानेका कुरा लेखी जनमानसमा सम्प्रेशन गरिदिने अठोट लिई वहाँ साथै गएको थिए ।
बिशेषतः उक्त साधारण सभामा ट्रक व्यवसायी संघ, वातावरणविद, जिल्ला उद्योग बाणिज्य संघ, जिल्ला राजश्व कार्यालय, जिल्ला उद्योग वाणिज्य संघका साथै विभिन्न कोइला कंपनीका प्रतिनिधीहरु तथा प्रमुखहरु र विभिन्न पत्रपत्रिका तथा अनलाइनका पत्रकारहरुको पनि उपस्थिति थियो । उक्त बृहत साधारणसभामा विभिन्न क्षेत्रबाट आउनु भएकाहरुले आ –आफ्ना बिषयसंग सम्वन्धित कुराहरु सो सधारण सभामा वताउनुभयो ।
यथार्थमा भक्तपुर ईटा उद्योग व्यवसायी संघको ३०. औ बार्षिक सभाले उक्त व्यवसायीहरुका विभिन्न कठिनाई र पिडाहरु के के छन (हुन) भन्ने कुराहरु सो सभामा व्यक्त गर्नुभयो र तत सम्वन्धि जन मानसमा आजसम्म परेको नकारात्मक असरलाई चिर्दै यसले पनि राज्यको आर्थिक आयको सम्वन्धमा सहयागी भुमिका निर्वाह गरेका कुराहरु वताउनुभयो साथै जन मानसमा ईटा उद्योग भनेका मुनाफाका व्यापारी मात्र हुन अन्यमा उनीहरुको केही योगदान छैन भन्ने कुरालाई नकार्दै उक्त व्यवसायीहरुले पनि स्थानिय निकायहरुलाई पु¥याउदै आएका सहयोगहरुको वारेमा उल्लेखनीय वर्णन गर्नुभयो र ती वुदागत रुपले प्रस्तुत गर्नाले आजसम्मको भ्रम के रहेछ र बास्तविकता के रहेछ जानकारीमा आएको र त्यसलाई यहाँ वर्णनात्मक व्याख्या गरि चर्चा गरिदा जन मानसलाई पनि यथार्थता बोध हन जाने वांञ्छनीय भएकोले चर्चा गरिन खोजिएको हो । अनावश्क प्रस्तुति नठानी दिनहुन अनुरोध छ ।
१. जनताका सामाजीक कार्यमा र विभिन्न सामाजीक क्षेत्रमा जस्तैः बाटा घाटा, कुलो खाने, पानी र देवस्थलका निर्माण कार्यमा आर्थिक वा निमार्ण सामाग्री (ईटा) दिदै सहयोग पुयाउदै आइरहेको ।
२ .ईटा भट्टामा काम गर्ने मजदुर वर्गका आकस्मिक दुर्धटना हुदा यथोचिच क्षेतिपुर्ति दिदै आईरहेको र उनीहरुको रोजगारी मजदुरीले उनीहरुको वालवालीकाको शिक्षा र स्वास्थका लागि आयआर्जन हुन गै र यसवाट पनि सामाजिक विचलन नहुने हुन पुगेको ।
३. सरकारलाई राजश्व वुझाउनाले आर्थिक टेवा पुगेको ।
४. प्रदुषणका हकमा स्थानिय निकाय र वातावरणविदहरुका सल्लाह सुझावहरुलाई पालना गर्दा आईरहेको ।
५. आजका विश्वमा वातावरणिय सुद्दताको विश्वव्यापी घोषणालाई यस व्यवसायी संघहरुले पनि आत्मसात गरि न्युनिकरणतर्फ चासो बढाउदै आईरहेको वताउनुभयो र त्यसका लागी वैज्ञानिक प्रविधिहरु अपनाईएका पनि वताउनुभयो ।
आजका अवस्थामामा भौतिक निर्माणमा ईटा पनि अनिवार्य भएको हुदा यसलाई निरुत्साहित तुल्याउनु भन्दा बरु अरु बिबिध उपाएहरुले सरल सहज र व्यापकतामा लग्नु पर्दछ र वेला बखत राज्यले पनि उक्त व्यवसायीहरुलाई राज्यले अपनाउनु पर्ने सचेतता मुलक कार्यहरुमा अनिवार्य सहभागी गराउनु राज्यको लक्ष्य र नीति हुन जरुरी छ ।
म आफै पनि एक प्राज्ञिक संस्थाको सदस्य भएको नाताले यो सुझाव सरकारलाई मेरो पनि हो ।
६. कोईलाको गुणस्तर उच्चस्तरीय पाएमा जुनसुकै मूल्य तिर्न ईटा व्यवसायीहरु तयार रहेको उक्त साधारण सभामा व्यवसायीहरुले उक्त भाव व्यक्त गरेका सन्दर्भमा के भन्न सकिन्छ भने सरकारले कोईलाको गुणस्तर निर्धारण गरि मूल्य निर्धारण गर्न नीति कार्यान्वयन गरि दिएमा बेस हुन जाने मान्न सकिन्छ नै, र ?
उक्त ईटा उद्योग व्यवसायी संघमा प्रमुख अथिति रहनु भएका प्रेम सुवालज्युले अन्तर्राष्ट्रिय राजनितिमा नेपालको भुमिका वताउनुका साथै उक्त व्यवसायीहरुका लागि आफ्नातर्फबाट पनि नियमन सहयोग पुर्याइदिने आश्वासन व्यक्त गर्नुभयो ।
यी माथिका संक्षिप्त चर्चा र परिचर्चाबाट पनि ईटा उद्योगले पनि राज्यका आर्थिक विकाशमा सकारात्मक भुमिका खेल्न सक्दछ तर सरकारले दिनुपर्ने सुबिधा र नितिहरुमा पनि व्यापकरुपले विज्ञहरुको परामर्श र सुझावलाई वेवास्ता भने नगरिदिदा बेश नै ठानिन्छ । अर्काेतर्फ व्यवसायी संघले मजदुरको दुर्धटना विमा गरिदिदा पनि सराहनीय नै मानिन्छ र मजदुर वर्गका वालवालीकाको स्वास्थ र सुरक्षा तथा शिक्षामा हेरविचार पुर्याइदिदा सामाजिक क्षेत्रमा उक्त व्यवसायी संघले अर्काे एक फडको मारेको मान्नु पर्दछ ।
उदाहरणस्वरुप कुनै पनि मजदुरका छाराछोरीले पठन पाठन गरि उच्च अंक हासिल गरेका अवस्थामा व्यवसायी संघका तर्फबाट पुरस्कारको व्यवस्था गरिदिदा वालवालीकाको हित र मजदुरको काममा उच्च मनोवल बढन जाने पनि हुन्छ कि ?
यसैगरी अवैध माटोका सन्दर्भमामा उठाईएको तिब्र असन्तुष्टका लागि स्थानीय निकायसंग व्यवसायीले वार्ता गर्ने र प्रचलित कानुन वमोजिम चल्नु नै श्रेयकर नै मानिएला । यसरी हेरिदा ईटा उद्योग व्यवसायीहरु र संघलाई पनि राज्यको आर्थिक बिकाशको एक कडी मानीदिदा फरक नपर्ला कि ?
