कुची टनेलदेखि हा लङ बेसम्मः एकसरो पठनका तरङ्ग


पुष १५, २०८२, मङ्गलबार | विहान १०:४२ बजे | 585


कुची टनेलदेखि हा लङ बेसम्मः एकसरो पठनका तरङ्ग

दुर्गेश कुमार प्रधान 
मनमा उर्लेका भावहरू, अनि छचल्ेिकएका तर्कनाहरूलाई वाक्यमा उनी माला गाँस्ने सीप आपूmमा नरहेको कमजोरी मलाई प्रष्ट थाहा छ । तथापि आफ्नै मित्र रत्नकुमार श्रेष्ठको “कुची टनेलदेखि हा लङ बेसम्म” शीर्षकको यात्रा संस्मरण किताब पढाइले यसरी झक्झकायो कि म केही कुरा कोर्न उद्वेलित भएको छु ।
किताबमा रहेका विभिन्न शीर्षकहरूमध्ये बीचतिरका एक दुई शीर्षकहरू टपक्क टिपेर तिनलाई मिलाई किताबको शीर्षक बनाइएको छ  । यस शैलीलाई जागरुक आजका युवाले खोजेको जोश जाँगर अनि नौलो प्रविधियुक्त शैली तथा पाकाहरूको आदर्श अनुभवहरूलाई कसीमा घोटी देशको वर्तमान अवस्थामा परिपाटी या व्यवस्थालाई अघि हाँक्न जरुरी रहेको तथ्यतर्फ इङ्गित गरे जस्तो भएको छ । 
किताब पढ्दै गएपछि साथी डेबिट क्रेडिटको रुमलोबाट उँभो लागि खरिद र वित्त विज्ञ हुँदै एक सिद्धहस्त लेखक बन्ने यात्रामा निकै पर पुग्दै गरेकोे महसुस गरेँ ।
कहिलेकहीँ सडकमा गुड्दा जोल्टिङ खाएको, कहिले चिल्लो हाइ वेमा गाडीमा गुडेको अनि कहिले हवाइजहाजमा सरर्र उडेको अनुभव मेरो पनि रहेको छ । यस किताबको लेखाइ यति सरल, सरस अनि सलल बगेको छ कि एकै बसाइमा १२० पृष्ठ पढिसकेको चालै पाइन । 
पढदै गर्दा आफुमा किन यस्तो क्षमता नभएको होला भनी भगवानसँग मनैमन प्रश्न पनि गरेँ । शायद यो मेरो डाह, छटपटी अनि ईष्र्या होला उनको लेखाइ देखेर, जो आपूmले चिनेको र आपूm जस्तो ठानेको तर उसको प्रतिभा र प्रयासलाई चिन्न नसकेको कारणले । यसलाई आफ्नै हिनताबोध मान्छु म ।   
भियतनाम यात्रामा निस्केका लेखकले त्यहाँको मूर्त अमूर्त विषय बताउँदा बताउँदै आफ्नो मातृभूमिको परम्परा, इतिहास अनि संस्कृतिसँग पनि त्यसलाई जोड्दै, दाँज्दै गएका छन्, जसले गर्दा एक प्यानारोमिक दृश्यमा भियतनाम र नेपालको तस्वीर सँगै देखाइएझैँ लाग्छ । राजनीतिमा आएको विकृति, आर्थिकरूपमा धराशायी हुँदै गएको वास्तविकता, आफ्नो आदर्श मौलिकता गुमाउँदै बाहिरी, नक्कली, आडम्बरी आवरणमा गाँजिदै देश कसरी परमुखी र परनिर्भर भैरहेको छ भनी गरिएको तथ्यको चोटिलो प्रस्तुती सराहनीय लाग्यो । हामीमा रहेको देशप्रेम, निष्ठा, इमान्दारिता, नैतिकता, पौरख अनि मेहनतमा आएको विचलनले छाएको निराशालाई सजगता र कौतुहलता जगाउने गरी उजागर गरेको छ । 
विदेशको यात्रा गर्दा त्यहाँ रहेको समाज, आर्थिक विकास, व्यवस्था, परिपाटीसँग आफ्नो देशलाई स्वतः स्फूर्त रूपमा  दाँज्न मन लाग्ने हुने रहेछ । शायद यो देशप्रतिको सुषुुप्त प्रेम हो जुन किताबमा दर्शिएको छ हामीले सिक्नु पर्ने कुराहरू समेत राम्ररी बताएको छ । एकपटक म एडिबिको आयोजनामा सिंगापुरमा भएको एउटा कार्यशाला तालिममा भाग लिन जाँदा त्यहाँ अनुभूत गरेका कुराले यस्तै भावना मभित्र पनि उर्लेका थिए । फर्कनासाथ एउटा सानो लेख लेखेको थिएँ जुन द काठमान्डु पोस्टले छापेको थियो, पछि सोही लेख एडिबिको आफ्नो जर्नलमा छाप्न पनि मसँग सहमति मागेको थियो । त्यसैले विदेश भ्रमणमा स्वदेशको चिन्ता हुनु राष्ट्रप्रेम र राष्ट्रभक्तिको प्रतिविम्ब हो । जुन यो पुस्तकमा भरपूर मात्रामा छ । 
अन्त्यमा सम्झना र मायाका थुँगाहरू सुम्पिँदै अनुपम रसिलो पुस्तक प्रस्तुतीको लागि धेरै धेरै बधाई तथा शुभकामना लेखकलाई अरू यस्तै सिर्जनकर्ममा लागिरहनका लागि । 


 

Comments