जिल्ला सहकारी संघ लि.,भक्तपुरको २७ औं वार्षिक साधारण सभा सम्पन्न
पुष १४, २०८२, सोमबार | राति ०९:०४ बजे | 125
जिल्ला सहकारी संघ लि.,भक्तपुरको २७ औं वार्षिक साधारण सभा, थापा पार्टी प्यालेश सुर्यविनायकमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री ध्रुव बहादुर रायमाझी ज्यूको अध्यक्षता तथा बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननिय मधुसुदन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
साधारण सभाको अध्यक्षता गर्दै संस्थाका अध्यक्ष ध्रुव बहादुर रायमाझीले संघको वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । संस्थाका सचिव श्री राम प्रसाद कासुलाज्यूले आ.व. २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्री राजकुमार सिलावालज्यूले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने श्री पुष्कर देउजाले लेखा सुपरिवेक्षणको प्रतिवेदन पेश गर्नु भएको थियो। कार्यक्रम सञ्चालन सचिब श्री राम प्रसाद कासुलाले गर्नु भएको थियो भने उपाध्यक्ष श्री बिरेन्द्रभक्त प्रधानाङ्गले स्वागत मन्तव्य राख्नु भएको थियो ।
उक्त अवसरमा संस्थागततर्फ श्री युवा साकोस, चा.न.पा. ६,नगरकोट , ईताछें बिनायक साकोस, भ.न.पा.१, व्यास साकोस, म.थि.न.पा. १(महिलाबाट संचालित), उर्वरभूमि कृषि सहकारी संस्था लि.,सु.न.पा.८,जगाति र सहकारीकर्मी घरपरिवार साकोस,सु.न.पा.४,दधिकोट का अध्यक्ष श्रीकृष्ण बिष्टलाई सम्मान गरिएको थियो । सभामा सम्पूर्ण उपस्थित शेयर सदस्य, प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सहयोगीहरू, महत्वपूर्ण धारणा राखी संस्था सुधारका लागि मार्गदर्शन प्रदान गर्नुहुने, सम्पूर्ण समिति र उपसमिति लगायत सबै सहभागी तथा प्रमुख अतिथिलाई धन्यवाद व्यक्त गर्दै संस्थाको २७ औं वार्षिक साधारण सभा समापन गरिएको थियो।
