एकनारायण भोज खान गएनन्
पुष १३, २०८२, आइतबार | दिउँसो १२:११ बजे | 230
अर्जुन कोन्दा
बिहान ६ बजिसक्दा पनि एकनारायणलाई अझै निन्द्राले छोड्नै मानेको थिएन । एक्कासी उनको फोनमा घण्टी बज्यो। “हेल्लो, आज छोराको जन्म दिन छ, परिवारै आउनुस् है ।”
हाराँचा काकाले फेरि थप्नुभयो, लिबाकः च्वने मतय् ,भोछिं भ्वय् झासं ।
छिमेकी काका हाराँचाले छोराको जन्म दिनमा भोजको निम्तो दिएपछि आउँदिनँ भन्न पनि मिलेन। नाइँ, सक्दिनँ वा आउँदिन भन्नु काकाको अपमान हुने देखेर एकनारायणले निमन्त्रणालाई सहजै स्विकार गरे,
“हुन्छ, हामी आइहाल्छौँ नि । बरु कति बजे आउँदा होला<” यति भनिसक्दा उताबाट फोनको लाइन काटियो।
एकक्षण पछि एक नारायणले मनमनै गमेँ, होइन, आजभोलि भोज पनि कति हो कति<सामान्य जन्म दिनमा पनि भोज बोलाउँछन्, अझ चुल्है निम्तो । भोज खुवाउनेलाई भन्दा खानेलाई सकस ।फेरि भोजमा नगई पनि भएन । नत्र आफूलाई पर्दा कोही आउदैनन् । एकनारायण आफूभित्रै भुलिरहे ।
भान्साबाट श्रीमतीले ठूलो स्वरमा भनिन्, कसको फोन हो<
एकनारायणले भने, हाराँचाको । छोराको जन्मदिनमा भोज बोलाएका छन् ।
केहिबेरमा भान्साबाट एकनारायणकी बुढी इन्द्रमाया तल झरिन् र आफ्नो लोग्नेको हातमा चियाको कप थमाइन् ।
आ==== जानुपर्दैन =====कहिँपनि=====। जन्मदिनमा पनि चुल्है जान्छन् कोहि इन्द्रमायाले झर्कदै भनिन् ।
नगएर हुन्छ र< आपत पर्दा तिनै काका चाहिन्छ । नगए रिसाउँछन् । बरु म अफिसबाट फर्कदा सानो उपहार किनेर आउँला नि हुन्न<एकनारायणको कुरा सक्न नपाउँदै इन्द्रमाया कराइन्, आ===जाने भए आफै जानू । म त आउँदिनँ । अनि छोरो अजयलाइ लैजानु पनि पर्दैन।
बुढीको गनगनले एकनारायणलाई एकदम रिस उठ्यो । तापनि आवेशलाई नियन्त्रणमा राखी भने, छिमेकीलाई रिसाउन दिन हुन्न, जानुपर्छ ।
खाना खाईसकेर एकनारायण आफ्नो अफिस लागे । अफिस नपुग्दै फेरि काकाको फोन बज्यो,
नआई हुन्न है । हामी तपाईलाई कुरेर बस्छौँ ।
यो नैतिक दबाबले एकनारायणलाई पर्नु पीर प¥यो । अफिसमा खासै काम पनि थिएन । उनी झोक्राएर बसिरहे । उनलाई बुढी रिसाउनुको कारण थाहा नभएको होइन । थाहा भएरै पनि के गर्ने? आफूले गर्न सक्ने केहि होइन ।
अफिसको कुर्सीमा बसिरहँदा पनि आरामको अनुभुति चैँ पटक्कै भएन ।
एक महिना अघिको भोज उनको आँखामा झलझलि नाच्न थाल्यो । उनी परिवारसहित आफन्तको ब्रतबन्ध भोजमा सरिक भएका थिए । सबै कुरा राम्रै थियो । टोल समाजका सबै गण्यमान्य व्यक्तित्वहरु तथा आफन्तहरु भोजमा सरिक थिए । कोहि संगीतको तालमा भनूँ या रक्सीको सुरमा झुमिरहेका थिए ।
अजय बुबा र आमाको बीचमा बसेर भोज खाइरहेका थिए । एक्कासी अजयले आफ्नो अगाडि रहेको पातको प्लेटलाई आफूतिर ताने । भोजमा सरिक सबैजनाको आँखा अजयतिर सोझियो । अजयलाई यो कुराको हेक्का नै भएन । उनमा रहेको रोगले हेक्का राख्न पनि दिएन । उनी आफ्नै सुरमा खाँदै थिए ।सुकुल भोज भएकाले खानेकुरा थप्न केहि मान्छेहरु
.jpg)