सकियो चम्पापुर कृषिको १५ औं साधारणसभा
पुष १२, २०८२, शनिबार | राति ०९:१६ बजे | 830
चाँंगु । चम्पापुर कृषि सहकारी संस्था लिमिटेड चाँंगुनारायण नगरपालिका वडा नं ४ को १५ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको प्रमुख अतिथि जेष्ठ सदस्य कृष्ण बहादुर भँंडेल रहेका थिए । साधारणसभा संस्थाका उपाध्यक्ष रवीन्द्र श्रेष्ठको सभापतित्वमा भएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष बलबहादुर श्रेष्ठ, सचिव रामकुमार तामांग, सहसचिव अनिल ढुंगाना, कोषाध्यक्ष सुरेश भँंडेललगायतले शुभकामना मन्तक्त व्यक्त गरेका थिए । कार्यक्रममा जनाइए अनुसार संस्थालगायतले स्थानीय २५ रोपनी खेतमा व्यवसायिक रुपमा कृषि फार्म चलाइरहेको छ । कृषिमा लगानी जीवनको समून्नति भन्ने मूल नाराका साथ २०६७ सालबाट निरन्तर समुदायकोबिच आर्थिक तथा कृषि सम्बन्धि योजनामा सहभागी जनाउँदै निरन्तर अघि बढ्दै आएको जनाइयो ।
