एभरेस्ट स्कुलमा ग्रायण्ड प्यारेन्स डे मनाइयो 


पुष ११, २०८२, शुक्रबार | राति ०७:१० बजे | 80


एभरेस्ट स्कुलमा ग्रायण्ड प्यारेन्स डे मनाइयो 

भक्तपुर, पुस ११
ससाना नानीबाबुहरुको सर्वागिंन विकास बालबालिका, शिक्षक र अभिभाबको सामूहिक प्रयासबाट मात्रै सम्भब हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । भक्तपुरको एभरेस्ट स्कुलमा शुक्रबार भएको ग्रायण्ड प्यारेन्स डेका वक्ताहरुले यसकारण सामूहिक प्रयास आवश्यक भएको बताए ।
सेवा निवृत प्रिन्सिपल एवं स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले बालबालिकाहरुलाई सानैदेखि सही मार्गमा दोहरयाउन सके मात्रै भविष्यमा उनीहरुलाई असल बनाउन सकिने बताए । त्यसकारण बालबालिकाहरुलाई अहिलेदेखि नै कितावमा मात्रै सिमित गर्न नहुने उनको जोड थियो । 
स्कुलका नर्सरीका ससाना बालबालिका र उनीहरुको अभिभावकहरुको सहभागितामा कार्यक्रम भएको थियो । कार्यक्रममा ससाना नानीबाबुहरुले विभिन्न गीतसंगीत, नृत्य, नाटक प्रस्तुत गरेका थिए । आआफना नानीबाबुहरुको गीतसंगीत नृत्यहरुबाट अभिभावकहरु खुशी देखिएका थिए । कार्यक्रममा नानीहरुले धान मकै रोपौला, हातमुख धोएर बुबु माम खाने हो, पुतली पुतली मेरी सानी पुतलीलगायतका बोलहरुमा गीत गाएर नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्यलगायतसँग कार्ड हस्तान्तरण पनि गरिएको थियो । 
 

Comments