यसरी सकियो जेन्युइन स्कुलको ३० औ वार्षिकोत्सव


पुष ११, २०८२, शुक्रबार | साँझ ०६:३६ बजे | 250


यसरी सकियो जेन्युइन स्कुलको ३० औ वार्षिकोत्सव

भक्तपुर । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विभिन्न सयममा भइरहने हरेक  जात्रापात्राहरुमा पानी बोकेर पानी खुवाउन हिड्ने भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकका लतंभक्त प्रजापतिले आफूले गरेको समाजसेवाबाट कहिले पनि पुरस्कारको आशा गरेका थिएनन् । तर उही समाजसेवी प्रजापति शुक्रबार भक्तपुरमा ५० हजार नगदसहित सम्मानित भएका छन् । 
भक्तपुर नगरपालिका वडा नं १० देकोचास्थित जेन्युइन सेकेण्डरी स्कुलको ३० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार उनलाई यो सम्मान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सम्मान गरेका हुन् । 
प्रजापति ७७ वर्षका भए । उनका अनुसार उनले किशोर उमेरै पानी खुवाउने समाजसेवा थालेका थिए । पहिलो पटक भक्तपुरबाटै यो काम थालेका थिएँं, उनले सम्मानित भएपछि नागरिकसँग कुराकानी गर्दै सम्झे, अहिले त उपत्यकामा मात्रै होइन, उपत्यका बाहिरका पनि विभिन्न ठाउँंहरुमा हुने जात्राहरुमा पनि पानी खुवाउन हिड्छु । 
त्यही कारण उनलाई सवैले नामले चिन्दैनन्, बरु पानी बाजे, पानी बा भनेर चिन्दछन् । उनी काठमाडौं उपत्यकाका विभिन्न ठाउँंहरुमा हुने विस्केट जात्रा, दसैं, भोटेजात्रालगायतका अनेक जात्रापात्राहरुमा पानीका दुई वटा गाग्री बोकेर एउटा अंखुरा (पानी खाने भाँंडो) सहित पुग्छन् । र सहभागीलाई पानी खुवाउँदै हिड्छन् । उनले दुईवटा गाग्रीको पानी सकेपछि नजिकै आफनै खर्चमा जारको पानी किन्छन् र खुवाएर हिड्छन् । पाँंच दशकदेखि यो काममा निस्वार्थरुपमा रहेका उनका अनुसार पहिला पहिला जारको पानी किन्ने नहुँंदा घरकै धाराबाट पानी थापेर लाने गर्दथे । शुक्रबार सम्मानित भइसक्ने वितिकै उनी मञ्चबाट ओर्लेर कार्यक्रममा सहभागीहरुलाई पानी खुवाउनमै व्यस्त रहे । (फोटो पठाएको छु यसको पनि)
कार्यक्रममा एक लाख ३० हजार नगदसहित जेस संस्कृति सम्पदा सिरपाबाट भक्तपुर नगरपालिका वडा नं ८ का राजेश गाइजूलाई सम्मान गरियो । संस्कृति सम्पदाको क्षेत्रमा गरेको योगदानको कदर गरी उनलाई यो सम्मान र हौसला प्रदान गरेको हो । स्कुलले पहिलो पटक यो वर्षदेखि यो पुरस्कारको स्थापना गरी सम्मानित गरेको हो । पुरस्कारलाई प्रत्येक वर्ष निरन्तरता दिने कार्यक्रममा बताइयो । कार्यक्रममा बताइए अनुसार उपाधिका लागि योगदानकर्ताहरुको आह्वान गरेको थियो । यस अनुसार पाँंच जनाको निवेदन परेको थियो । त्यसमध्ये मूल्यांकन समितिले गाइजूलाई छनौट गरेको हो । 
स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुक्छेंको संयोजकत्वमा पाँंच सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको थियो । समितिमा भक्तपुर नगरपालिकाका उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशी, त्रिभुबन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्व विभागका निवर्तमान विभागीय प्रमुख प्राडा सोमप्रसाद खतिवडा, प्राडा पुरुषोतमलोचन श्रेष्ठ र स्कुलका अन्य एक जना गरी पाँंच जनाको पुरस्कार छनौट समिति गठन गरेको थियो । त्यही समितिको पटकपटकको छलफलपछि गाइजू छनौट भएको जनाइयो । उपाधिका लागि भक्तपुरकै मुक्तिसुन्दर जधारी, सृजना प्रजापति, पदमा खयरगोली र संगीता पञ्च गरी पाँंच जनाको निवदेन परेको थियो । 
कार्यक्रममा स्कुल रहेको भक्तपुर नगरपालिका वडा नं १० का सफाइ कर्मचारीहरुमध्ये दुई जनालाई पनि सम्मान गरेको थियो । उनीहरुलाई जनही नगद रु २५ पच्चीस हजारसहित सम्माान गरेको थियो । सम्मानित हुने सफाई मजदुरहरुमा उर्मीला देउला र सीताराम कर्माचार्य रहेका छन् । 
स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष विजुक्छेंले समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सरकार (स्थानीय)ले मात्रै कदर नगरी समाजको एउटा अंगको रुपमा रहेको स्कुलको पनि जिम्मेबारी हो भन्न सन्देशका साथ यो पुरस्कारको स्थापना गरेको जानकारी गराए । पुरस्कारमा नगद राशीसहित सम्मानपत्र रहेको थियो । सम्मानका लागि भक्तपुर नगरबासी हुनुपनुका साथै स्नातकोतर उतीर्ण गरी संस्कृति क्षेत्रमा योगदान दिएको हुनुपर्ने जनाइयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, त्रिभुबन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्व विभागका निवर्तमान विभागीय प्रमुख प्राडा सोमप्रसाद खतिवडा, प्राडा पुरुषोतमलोचन श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
वार्षिकोत्सवको अवसरमा पुस्तक र स्मारिका पनि विमोचन गरिएको थियो । साथसाथै ३० औं वार्षिकोत्सवको अवसरमा स्कुलले आयोजना गरेका विभिन्न प्रतियोगितामा विजयीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।  वार्षिकोत्सवको अवसरमा स्कुलले साउन १७ गतेदेखि विभिन्न १८ वटा कार्यक्रमहरु गरेको थियो ।

Comments