पद्म केशरभित्रको “केशर”


पुष ११, २०८२, शुक्रबार | साँझ ०६:२६ बजे | 375


पद्म केशरभित्रको “केशर”

  
                  पुस्तकका लेखक               टिपणिकार
            पद्म दाहाल              डा. इन्दुल के.सी.
                ९८४२०९९८३१                ९८४१३३४११३
१) प्राक्कथन ः–
श्री पद्म प्रसाद दाहालजीको “पद्म केशर” गीत संग्रह नामको पुस्तक २०८१ चैत्रमा प्रकाशन भएको छ । आफ्ना स्वर्गीय कर्म मातापिता एवं साह्र्रित्य र गीत सङ्गीतको समस्त अनुरागी मन मुटुहरुलाई समर्पण भनि पुस्तक गरिएको यस पुस्तकमा ६३ वटा नेपाली भाषामा लेखिएका झ्याउरे गीतहरु छन् । 
    यस पुस्तक दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष श्री मुकुन्द प्रसाद दाहालज्यूले आफ्नो प्रकाशकीय लेखमा भन्नुहुन्छ – “पदम दाहाल एक कविता उपविद्याको अर्को एक खुड्किलोमा फड्को मार्न पनि सफल हुनु भएको छ ।”

२) कृतिकारको संक्षिप्त परिचय ः–
    बि.सं. २०११ कार्तिकमा संखुवासभा कोशी प्रदेशमा जन्मनु भएका श्री दाहालज्यूले राजनीति शास्त्रमा एम. ए. र एम. एड नेपालीमा गर्नु भएको छ । उहाँले शिक्षा क्षेत्रमा शिक्षक र प्राध्यापकको रुपमा रही करिब आधा शताब्दी सेवा गर्नु भएको छ । उहाँले साहित्यको विविध विधाहरुमा चर्चा गरिन लागेको यो “पद्म केशर” पुस्तक समेत १६ वटा पुस्तकहरु रचना गरेर पुस्तकको सृष्टिकर्ता बन्नु भएको कुरा उल्लेख गर्न पाउँदा खुसीले म गद्गद् भएको छु । यस्ता बिधान ब्यक्तिसंग मैले सहकार्य गरि “एक अर्काका दृष्ट्रिमा समिक्षाका पुनर्दृष्ट्रि” नामक पुस्तक सह–सस्ताका रुपमा पुस्तक लेखन गर्न पाएको कुरा सम्झिरहँदा उर्लिएको सुखद बिन्दु अफ बढि प्रज्वल हुन पुगेको छ । उहाँ बिभिन्न पुरस्कारहरु, सम्मानहरु र अभिनन्दनबाट बिभुषित भैसकेको ब्यक्ति हुनु हुन्छ ।

३) पुस्तककार श्री पद्मजीले आफ्नो लेखकियमा अभिब्यक्त गर्नु भएका केहीशब्दहरु ः–
    गीतकार श्री पद्म दाहालजीले मेरो आफ्नो बिचारमा भन्नु भएको छ – “गीत कहलिन चाहिने कुराकानी, फाँको र भाका के के हुन्छन र हुनु पर्छ त्यो पनि थाहा छैन मलाई” .......... यदि केही गायक÷गायिका निष्कियर मेरा यस भित्रका कतिपय सृजनालाई आफ्नो कला र गलामा उनेर गाउने गर्नु भए त्यसको स्थायी अन्तरा कुन रुपमा कसरी मिलाउनुपर्ला वा नपर्ला त्यो उहाँकै छनौटको विषय हुन जानेछ भन्ने ठान्दै स्वयम गायककारलाई नै जिम्मा दिएको छु ।”

४) समालोचकिय भूमिका ः– 
    यस पुस्तकको बारेमा डा. सीता सुबेदी पन्थी ज्यूले समालोचकिय भूमिका भन्दै “पदम केशर गीत संग्रहको नाम दिएर पुस्तकको बारेमा अत्यन्त उच्चकोटीको साहीत्यिक समिक्षामा हुनु पर्ने सम्पूर्ण बिषयहरुलाई समेटेर ९ पृष्ठ लामो आफ्ना बिचारहरु प्रस्तुत गरेर कृतिको जुन प्रकारले समिक्षा गर्नु भएको छ । त्यसले पाठकहरुलाई समेत थप बौद्धीक ज्ञान प्रभाव गर्नु भएको छ ।

५) गीत÷संगीत ः– 
    यो पुस्तक गीत संग्रह भएकाले गीत बारे केही कुरा चर्चा गर्नु सन्दर्भिक होला भन्ने लागेकोछ । हाम्रो धर्म परम्पराको सामबेदमा गीत र संगीतबारे ब्यापक चर्चा परिचर्चा गरेको पाइन्छ । पूर्विय दर्शणका साथ साथै पच्छिमी दर्शणहरुमा मात्र नभएर समसामहिक बिचारक र चिन्तकहरुले समेत यस बिषयमा आ–आफ्ना अभिब्यक्तिहरु दिनु भएको पाइन्छ । यस क्रममा अमर सुक्तिहरु ः–
खलिल जिब्रानले भन्नु भएको छ – यो साँचो होकी स्वरले गीत मिठो हुन्छ र हृदयको गीतनै ईश्वरको सच्चा आवाज हो ।
प्रेमचन्द्र ज्यूले भन्नु भएको छ – “आर्कषक गीतमा कल्पनालाई जगाउने ठूलो शक्ति हुन्छ ।” यसै विषयलाई अझ उत्कर्षमा पु¥याएर “शेली” भन्नु हुन्छ – मीठा गीत ती हुन जसले करुणाको भावलाई ब्यक्त गरिन्छ ।”

६) प्रस्तुत यस गीत संग्रहमा ६३ वटा गीतहरु संग्रहीत गरिएका छन । मानवजातिले आफ्नो विकास क्रममा भाषाको विकास संग संगै साहित्यिक बिचारहरुको बिकास गर्न ठाल्यो । यसै क्रममा देश र काल अनुसार भाषा र लिपिको बिकास हुन गर्यो । भाषा र साहित्यलाई प्रभावकारी बनाउन दुख र सुखका बेला मनमा उठेका भावहरुलाई लय मिलाएर भाकामा गाउँदा गायक र श्रोता दुबैको चित्तमा रस प्रभाव हुन जान्छ । यस्ता अभिब्यक्तिहरु समाजको सम्पक्तिको रुपमा ब्यक्त हुन थाल्यो । यसैक्रममा अनेक जात जाती भाषा भाषीहरुका साहित्यमा यस्ता गीतहरुको संग्रह हुन थालेको पाइन्छ । यीनै क्रममा नेपालमा छडेर रहेका विभिन्न भाषा भाषिहरुले आफ्नो चित्तको आवेगलाई गाउँदै, गुनगुनाउँदै जीवनलाई सरस बनाउने परम्पराको विकास हुनु गयो । त्यहि परम्परा भित्र समितिन गएको “रस प्रभा” लाई शाब्दीक रुपमा ब्यक्त गरेको गायनलाई झ्याउरे वा सवाइ भन्ने नाम दिन थाल्यो । प्रस्तुत गीत संग्रह पनि नेपाली लोक लय् बाट परिश्रम गरेर टिपीएका भाका हो भन्ने मलाई लागेको छ । नेपाली साहित्य जगतमा विभिन्न ब्यक्तिहरुले यस क्षेत्रमा योगदान पु¥याउनु भएका छन । जन कबि केशरी धर्मराज थापा, म.वि.वि.साह, नीर बिक्रम प्यासी, कुमार बस्नेत, मिरा राणा समेतको विशिष्ट योगदान रहेको छ । यसै क्रममा पुरानो पुस्ताको योगदानलाई उत्कर्षमा पु¥याउने काममा यस पुस्तकका लेखक पदम दाहालजीको योगदान पनि अझ बढी टडकारो रुपमा देखा परेको छ । यस पुस्तकमा रहेका ६३ वटा गीतहरुलाई बिभिन्न विषयमा बर्गीकरण गर्न सकिन्छ । मुख्यहरुपमा निम्न अनुसार रहेका छन् ।
राष्ट्र, राष्ट्रियता, राष्ट्र भाषा, स्वदेश प्रेम, प्रकृती, मानिसमा हुने स्वभाव, आध्यात्मीकता, माया, प्रेम, सम्झना, बिछोड, आशा निराशा, बिश्व शान्तिको कामना, समसामहिक समाजको चित्रण, बिकृती र बिसंगतीको उजागर भएको पाइन्छ । 

Comments