जीवन देशको लागि
पुष ११, २०८२, शुक्रबार | विहान १०:४७ बजे | 70
कुमार लघु,ख्वप
नमस्कार भाइ बहिनीहरू , हाम्रो जिवन देश र जनताको निम्ति हुनुपर्छ । देशलाई माया नगर्ने जनता अरू विदेशीहरूको दलाल सावित हुन्छ । देशको निम्ति नि: स्वार्थ रूपले सेवा गर्ने दायित्व युवा पुस्ताले लिनु पर्छ । अनि मात्र देशको उन्नत्ति हुन्छ । जति परिवर्तन ल्याउछु भनेर अरू देशको काँधमा राखेर उफ्रिनुको कुनै आैचित्य छैन् । अरूले युवा पुस्तालाई बिस्तारै फाल्छ । फालेपछि नेपाली उखान अनुसार दूधवाट फालेको झिँगा जस्तै फेरि पखेट्टा भिजछ र उड्न नसक्ने हुन्छ । त्यसैले अरूको बहकाऊमा अरूको बुई चढ्नु हुन्दैन् । नेपालीको बहकाउमा नै रहेर परिवर्तनको निम्ति लाग्नु नै श्रेयकर छन्। हेर्नुस् अर्काले भनेर देशमा परिवर्तन ल्याउछु भनेर लागेक युवा पुस्ताको हविगत हेरि रहनु भएको छ नि ? अहिले हिजो नेपालको पहिलो महिला प्रधानमन्त्री बनेका शुशिला कार्की ज्यूले आफ्ना दु:खेको पोखेकाछन् । जेन्जीले राख्न वस्न अनुरोध गरे मुताबिक परिवर्तनपछि प्रधान मन्त्री सम्हालेकाले नै पद् छोड्को माग र आवाज बुलन्द गरेको कुरा बाहिरीएका छन् । यो दु:ख पक्ष हो । हुन त माग पूरा गरे हुन्थो विभिन्न वाधा अड्नहरू पन्छिन्थो। हेनुर्स् भाइ बहिनीहरू हाम्रै अगेनामा नै रोटी पकाउन कति कठिनको सामना गर्नुपर्छ । त्यसैले सत्ता सम्हाल्ने भनेको लालिप्प चुस्नु जस्तो सजिलो छैन् । सबै वरपरका माननियहरूको र सम्विन्धित निकायको एक मतले पूरा नीति, नियम र संविधानको नियमा अनुसार परिपालनमा बसेर गर्नु पर्ने हुन्छ। ल लालिप्प खाए र चुसेर गरे वसेको कुरा सम्झेर आन्दोलनमा लागेर बसेकाले सजिलो सित माग पूरा हुन्छ भनेर नठाने हुन्छ । गर्छु भनेर पनि बिविन्न बाधा अड्चनले दिन र गर्न अप्थारो आईपरेको हुन्छ । कुनै पनि अप्थारोवाट कोही पनि विचलित हुनु हुन्दैन् । राष्ट्पति र प्रधानमन्त्री पद छोडर भागे देश अरू मुलुकले चलाने छ । जनताले मुश्किलले जीवन गुजारा गर्नु पर्ने कठिन भन्दा पनि कठिन दिन आउन सक्छ । त्यसैले धरमराउनु छैन् माग पूरा गर्ने साहस देखाई निश्चित रूपले उद्देश्य पूरा गर्न निरन्तर लाग्नु नै समयको माग हो । भाइ बहिनीहरू लड्डु खानु निल्नु जस्तो राजनीति सजिलो कहाँ छ र ? राजनीतिमा लाग्नेहरूले त तरवारको धारमा जीवनलाई हिडाएर गर्ने योजना हो । राजनीति भनेको नीतिको पनि नीति हो । देशमा राजनीति सफा र स्वच्छ भए मात्र देश सप्रिन्छ । पढे लेखेको राजनीति शास्त्र लिएर जनता र देशको निम्ति ग्रास्सरूटवाट जनमानसमा भिजेर त्याग तपस्यामा जिएको दु:ख झेलेर गर्ने नै राजनीति हो । देश अरूलाई सुम्पेर आएका राजनीतिज्ञको कुनै मूल्य छैन् है भाइ बहिनीहरू , कति त राजनैतिक अपराधिहरू छन् । हत्या लुट डाँका, बलत्कारी, कमिशनले मोटाएका, घुस खाएका,भ्रष्टाचारमा लिप्ट थोत्रा व्यक्तिहरूको जमाटले चलाएको राजनीतिको कुनै टुक छैन्। अहिलेका शत्ता छोड्न दिनु हुन्दैन् देश जोगेको पनि डुव्न बेर लाउँदैन् । नेपाल देशलाई नेपालीले चलाउन दिने अधिकार स्थापना गर्न लागि पर्नु पर्छ। राजनीति जन्म जन्मान्तर गर्ने आँट नेपाली गर्नुपर्छ। अहिलेलाई यत्ति मै विश्राम गर्दछु। राजनीति गर्नु नि अध्धयनको ठूलो आवश्यकता छ । चुनाव समय मै हुने आसा गर्न सकिन्छ । चुनावले पनि राम्रा नेतृत्वको सम्भावना गर्ने जनताको राम्रो आसा हो । चुनाववाट कुनै राजनीतिक पार्टी भाग्नु कायरता हो । धन्यवाद , २०८२/०९/११,
