‘ बाह्रखरी कथा प्रतियोगितामा ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम


पुष १०, २०८२, बिहीबार | राति ०८:१२ बजे | 200


‘ बाह्रखरी कथा प्रतियोगितामा ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम

‘ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम भएको छ । प्रथम पुरस्कारको नगद राशी रु दुई लाख रहेको छ । कथाकार ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा द्वितीय भएको छ भने कथाकार इन्द्रप्रसाद गोतामे (जगतजंग)द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तृतीय भएको छ । द्वितीय पुरस्कारको राशी रु एक लाख रहेको छ भने तृतीय पुरस्कारको राशी रु साठी हजार रहेको छ। साहित्यकार अशेष मल्ल , मञ्जु काँचुली र अभय श्रेष्ठ निर्णायक रहेको समितिले बाह्रखरीलाई प्राप्त कथाहरु मध्येबाट उत्कृष्ट २५ कथाहरु सहित प्रथम, द्वितीय र तृतीय कथा छनोट गरेको हो। बाह्रखरी कथा प्रतियोगिता -२०८२ मा अनिता कोइराला, अनिता पन्थी, अमित घिमिरे, अविनाश भट्टराई, इन्द्रप्रसाद गोतामे (जगतजंग), उमा शर्मा, उमेश श्रेष्ठ, ऋतेश गुरुङ, कृष्णराज सर्वहारी, चेतनाथ आचार्य, जमुना भट्टराई, टीकाराम पोखरेल, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा, प्रज्ञा निरौला, भोगेन्द्र लिङ्देन, मन्दिरा मधुश्री, लक्ष्मण सिटौला, वसन्तबायुङ राई (नाम्दोचा), विष्णु एस राई, शिवराज शाही, शेखर दहित, सीता पाण्डे, हरिबोल काफ्ले र डा. हिमलाल श्रेष्ठका कथाहरु उत्कृष्ट २५ कथाभित्र परेका थिए । जुन कथाहरु ‘बाह्रखरी उत्कृष्ट कथा, २०८२’ को नाममा फाइनप्रीन्टले बजारमा ल्याएको छ भने आख्यानकार नयनराज पाण्डे उक्त सङ्ग्रहका सम्पादक रहेका छन्।

Comments