नमोबुद्ध बचत २१ औं वार्षिक साधारणसभा सम्पन्न
पुष १०, २०८२, बिहीबार | राति ०७:५५ बजे | 110
नमोबुद्ध बचत तथा ऋण समूह साकोलान भक्तपुरको स्थानिय वडा नं.९, थाथुसःमा २१ औं वार्षिक साधारणसभा सम्पन्न गरियो । साःकोलां दाफा भजनका गुरू हेलबहादुर मानन्धरको प्रमुख आतिथ्यत्वमा प्रमख अतिथि हेलबहादुर मानन्धरले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो । प्रमुख अतिथिले टोलमा रहेको सिलाचह्रे गुथि, दाफा भजन,ज्ञानमाला भजन, मानन्धर ब्यायाम मन्दिर सबैलाई धार्मिक, साँस्कृतिक, राजनैतिक रूपमा सचेत भई अग्रज र युवा मिलेर मिलाएर अगाडि बढ्नु पर्ने विचार व्यक्त गर्नु भयो र सबै मिलेर काम गरेमा भविष्य उज्ज्वल हुने कुरा बताउनु भयो । शुभकामना मन्तव्य दिनेहरूमा अतिथिहरू भक्तपुर वडा नं. ९ का वडा सदस्य ज्ञानबहादुर मानन्धर, भक्तपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धर, तथागत ज्ञानमाला भजन खल: का अध्यक्ष तुलसीकाजी मानन्धर, धर्मभक्त मानन्धरहरूले आर्थिकले विकासले जीवनमा चाहिने आधारभूत आवश्यकता पूरा हुन्छ भने धार्मिकले मनमा सुख शान्ति पाउनको लागि हो त्यस्तै जीवनमा आर्थिक र धार्मिक दुवै आवश्यक हुने कुरा बताउनु भयो । कोषका अध्यक्ष बिष्णुबहादुर मानन्धरको अध्यक्ष्यतामा भएको सचिव बिस्सेश्वर मानन्धरले प्रतिवेदन तथा नि. अध्यक्ष बाबुराजा मानन्धरले आर्थिक प्रतिवेदन दिनुभयो । कार्यक्रममा स्वागत उपाध्यक्ष राजु मानन्धरले दिनुभयो भने धन्यवाद बिष्णुबहादुर मानन्धरले दिनुभयो । साधारणसभाले राजु मानन्धरको नेतृत्वमा १३ सदस्यीय नयाँ संचालक समिति चयन गरेको थियोे । उपाध्यक्षमा बिस्सेश्वर मानन्धर, सचिवमा ज्ञानबहादुर मानन्धर, कोषाध्यक्षमा अष्टलाल मानन्धर, सदस्यहरूमा हिराकाजी मानन्धर,विजय मानन्धर , श्रीराम मानन्धर, विजय मानन्धर, सर्मिला मानन्धर, अलिशा मानन्धर र रोजिना मानन्धर रहनु भएको छ ।लेखापरीक्षणमा जीवन मानन्धर रहुनु भएको छ ।
