बिनायकमा स्काउट दीक्षान्त सम्पन्न
पुष १०, २०८२, बिहीबार | साँझ ०६:०१ बजे | 145
बिनायक स्काउट ट्रुप, बिनायक शिक्षा निकेतन, मध्यपुर थिमिले स्काउट दीक्षान्त समाराेह २०८२ सभ्य एवम् भव्य रूपमा सम्पन्न गरेकाे छ । बिद्यालयका संस्थापक प्रिन्सिपल तथा स्काउट ईकाई अध्यक्ष सुरेन्द्र बिक्रम प्रजापतिकाे सभापतित्वमा भएकाे उक्त समाराेहमा नयाँ र पुराना गरी ५० जना स्काउटहरूलाई सदस्यता, अन्नपूर्ण तथा कञ्चनजंघा तहकाे दीक्षा दिइएकाे हाे । प्रमुख अतिथिकाे मन्तव्य राख्नुहुँदै पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्यले स-बधाई स्काउटहरूले सैध्दान्तिक तथा व्यवहारिक ज्ञानमा जाेड दिएमा मात्र स्काउटिङ्ग अभियान बलियाे हुँदै जाने बिचार व्यक्त गर्नुभयो । त्यसैगरी, अतिथिहरू स्थानीय प्रमुख अायुक्त तुल्सीहरि प्रजापति, स्थानीय सदस्यता वृद्धि अायुक्त भुवनचरण श्रेष्ठ, पूर्व स्थानीय अायुक्त हरिबहादुर श्रेष्ठ, वरिष्ठ स्काउटर बिष्णु श्रेष्ठ, बिद्यालयका सह-प्रिन्सिपल प्रेमप्रसाद निराैला, WAGGGS कर्मचारी राेजी तामाङ र SPS प्रशिक्षक जलज प्रजापतिले अा-अाफ्ना स्काउट अनुभवहरू सुनाउँदै स्काउटिङ्ग गतिविधिहरूकाे माध्यमबाट व्यक्तित्व र नेतृत्व बिकास हुने कुरामा विशेष जाेड दिनुभयाे । बागमती स्काउट कार्यसमिति सदस्य तथा स्काउटर सानू चक्रधरले सञ्चालन गर्नुभएकाे साे कार्यक्रममा स्काउटहरू प्रतिक ढुङ्गेल, नेहा श्रेष्ठ र तुलज प्रजापतिलाई SPS वायज् प्रदान गरिएकाे थियाे । बिनायक स्काउट ट्रुपका संयाेजक लक्ष्मीकेशरी प्रजापतिकाे संयाेजकत्वमा सम्पन्न उक्त समाराेहका सभापति सुरेन्द्र बिक्रम प्रजापतिले स्थापनाकालदेखि नै स्काउटिङ्गमा सक्रिय बिद्यालयले हालसम्म पनि निरन्तर स्काउट कक्षा सञ्चालन गरिरहेकाे कुरामा गर्व महशुस गर्दै स्काउटिङ्गले बिद्यार्थीहरूकाे सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो ।
