कामलपोखरी संरक्षण समितिका पदाधिकारीले गरे धर्ना
सृष्टि सुवाल
भक्तपुर । मध्यपुरथिमी नगरपालिका ८ बोदेस्थित ऐतिहासिक कमलपोखरीलाई भूमाफियाको चंगुलबाट जोगाउन मध्येपुरथिमिका सयौ बासिन्दा ओर्लिएका छन। भक्तपुर जिल्ला आदलतको फैसला सदर गर्नुपर्ने माग गर्दै पुनरावेदन अदालत पाटनमा आज मध्यपुरथिमीका बासिन्दा,जनप्रतिनिधि एवं कामलपोखरी संरक्षण समितिका पदाधिकारीले धर्ना दिएका छन।
मध्यपुरथिमी बोदे, नगदेशलगायत बासिन्दा मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा जनप्रतिनिधि र संरक्षण समितिका संयोजक गणेशमान चक्रधरको नेतृत्वमा स्थानीय बासिन्दासहित सयउले अदालत अगाडि कमलपोखरी जोगाउन माग गर्दै प्ले कार्ड बोकेर प्रर्दशन गरेका छन ।
स्थानीय बासिन्दले पुरापूर्वक कालदेखि सर्बजनिक रुपमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको उक्त पोखरीको अवैध धता एवं किनबेच भए पछि यसलाई सार्वजनिक रुपमा नै कायम गर्दै जोगाउन सयउ नारवासी ओर्लिएको समितिका संयोजग चक्रधरले बताउनुभयो।(प्रशिक्षार्थी)