छ सात लाखबाट सुरु भएको संस्था अहिले तीन चार हजार सदस्य र त्रीपन्न करोड कारोबारमा
पुष ९, २०८२, बुधबार | साँझ ०६:२३ बजे | 360
भक्तपुर, ९ पाैष । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को १३ आैं स्थापना दिवस सल्लाहकार रामकृष्ण प्रजापतिको आतिथ्यतामा संस्थाको सभाकक्ष जगातीमा बुधबार सम्पन्न भयो ।
सल्लाहकार रामकृष्ण प्रजापतिले छ सात जनाबाट छ सात लाखबाट सुरु भएको संस्था अहिले तीन चार हजार सदस्य र त्रीपन्न करोड कारोबारमा प्रगति गरेकोमा संस्थापक, संचालक समिति र उपसमितिका साथै कर्मचारीहरूलाई धन्यवाद दिँदै राम्रो इतिहास बनाई समाज, समुदाय र देशको लागि पुर्याएको योगदानलाई सम्मान गर्नुपर्ने बताउनु भयो । उहाँले स्थापनाको अवसरमा सहकारी बारे जानकारी दिइ आवध्द सदस्यहरूलाई अपनत्वको भावना र संस्थाको लक्ष्य प्रति प्रेरणा र समर्पण बढाउँछ भन्नुभयो । उहाँले जसरी बालबालिकालाई हुर्काउन गरेको दुखकष्ट अवगत गराएन भने आमाबुबा प्रति माया ममता आदर गर्नुपर्ने आवश्यकता बोध नगर्ने भएकोले सहकारीको इतिहास, दुख कष्ट गरेर गरेको प्रगति थाहा नभए सहकारी प्रति सकारात्मक सोच र सदस्यहरूले जसरी भएनि फाइदा लिने सोचबाट ग्रसित हुने बताउनुभयो । उहाँले समुदायमा आधारित सहकारीले समुदाय र समाजको लागि योगदान गर्ने र स्थानीयहरुबाट संचालित सहकारी नभाग्ने बताउँदै स्थानीयहरुको परिवार र श्रीसम्पति सबै छोडेर जान नसक्ने बताउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष साजन कसपालले बालबालिका, युवा, जेष्ठ नागरिकले आफ्नो भबिष्यको निम्ति गरेको बचत बिगार्ने अधिकार कसैलाई नभएको बताउनुभयो । उहाँले संस्थालाई स्याहार सुसार गरेमात्र फल खान पाउने बताउँदै संचालक समिति र कर्मचारीहरूले मेहनत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा रामकृष्ण छुस्याबागले सहकारीमा भएको भ्रष्टाचारी मंगले चाैगुठीलाई उल्टो टोपी लगाएर घुमाएको इतिहास रहेको बताउँदै विश्र्वमा आर्थिक मन्दिले ग्रसित अबस्थामा पनि सहकारीले गरेको प्रगति प्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा व्यवस्थापक दयाराम तजलेले आर्थिक प्रगति र कारोबार बारे जानकारी दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...
