यस्तो रहेछ जगातीको त्यो घरको बास्ताविकता


पुष ८, २०८२, मङ्गलबार | राति ०९:४० बजे | 270


यस्तो रहेछ जगातीको त्यो घरको बास्ताविकता

यो घरधनीले २०४० सालतिर नक्सापास गरेर बनाएको घर २०५३ सालतिर बेचेको र किन्ने व्यक्तिले २०६२ सालतिर पुरानो घर भत्काएर नयाँघर निर्माणको लागि नक्सा आवेदन गर्दा पश्चिम सँधियारले निजको सो घरको उत्तरतर्फको जग्गामा जाने बाटो मिचेको भनी उजुरी दिँदा नगरपालिकाले २०६४ सालतिर सो घरको पश्चिमतर्फ बाटो नभएको र सँधियारको जग्गा मिचेको सम्वन्धमा हकवेहक छुट्याई आउनु भनी नगरपालिका आफै २०३८ सालमा नै नक्सापास गरि निर्माण भएको घर साविक बमोजिमको घर निर्माण आवेदनमा उजुरी खारेज गर्दा पुग्नेमा नगरपालिकाबाट हकबेहक निर्णय गरि आउनु भनि गलत निर्णय भयो । पछि सो उपर भक्तपुर जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वाेच्च अदालत हुँदै करिव १५ बर्ष लगाएर खिचोला ठहर नहुने निर्णय भएर आयो । सर्वाेच्च अदालतको खिचोला नठहर्ने फैसला र नगरपालिका आफ्नै बाटो नरहेको भन्ने निर्णय हुँदा हुँदै उजुरकर्ताले हकबेहकमा अदालत जानलाई यो घरको पश्चिमतर्फ १ मिटर बाटो सार्वजनिक कायम गराई अदालत गएकोले हाल घरको पश्चिमतर्फ १ मिटरको बाटो छ, तर कागजमा मात्रै । फिल्डमा उजुरकर्ताले बाटो चलाएको छैन ।
अब यो घरधनीले नगरपालिका र अदालतको फैसला बमोजिम आवेदन गरेको नक्सा पासको लागि आवेदन निरन्तर गर्दा नक्सा शाखाले नक्सा आवेदन दिंदाको समयको मापदण्ड अनुसार पास गर्ने या हालको मापदण्ड अनुसार पास गर्ने भनी राय माग हुँदा कानुन शाखाबाट नक्सा आवेदन गर्दाको बखतको मापदण्डअनुसार पास गर्ने राय दियो । तर नक्सा शाखालाई कानुन शाखाको राय अझै चित्त बुझेन र मेयर समक्ष अडबड भएको प्रतिवेदन दिएपछि मेयर सहितको करिव नगरपालिकाको सबै पदाधिकारी र कर्मचारी सम्मिलित बाधा अड्काउ समितिको मिटिङ बसेर गत दसैंतिर नक्सा आवेदन गर्दा हुँदै नभएको बाटोको मापदण्ड छोडेर नक्सा पास गर्ने भनेर आफ्नै विगत २०६४ सालको बाटो छैन भनी गरेको अन्तिम भै बसेको निर्णयको विपरित हाल बाधा अडकाउ समितिले निर्णय गरेको छ । सो निर्णयलाई नक्सा शाखाले आधिकारिक रूपमा निर्णय गरेको छैन र निर्णयको जानकारी पनि दिएको छैन । नक्सा आवेदन दिएको १८ बर्ष मात्रै भयो अझै नक्सापास हुन बाँकी छ ।
अधिवक्ता राजकुमार सुवालको फेसबुकबाट
(यसअघि यस विषयमा एवीसीडी खवरले भिडियो समाचार बनाएको थियो । भिडियो समााचार भाइरल भएपछि सुवालले प्रतिक्रियास्वरुप यो जानकारी लेखेका हुन् ।)

Comments