इश्र्या त वर्ग दुश्मणले गर्ने काम हो
पुष ७, २०८२, सोमबार | साँझ ०६:०० बजे | 75
कुमार लघु, ख्वप
जनताको सेवा चाहानेले अर्काको प्रगतिमा आनन्द लिनुपर्छ । अरूले चन्द्रमाको भ्रमण गरेर ईष्र्या गरेर मन चित दुःखाउनु हुदैन । आफूले पनि मेहनत गर्नुपर्छ । ईष्र्या गरेर मन दुःखाउन भन्दा आनन्द लिनु जाति हो ।
इश्र्या त वर्ग दुश्मणले गर्ने काम हो । त्यसलाई नेता मान्दिन, गुरु मान्दिन भनेर मनमा राख्नु बेकार हो । शत्रु पक्षबाट के कस्ता गुण र प्रगति गर्न र अनुकरण गर्न सक्ने सिप लिन सकिन्छ । त्यो हो प्रगतिको कुरा । दुश्मण स्वभाव बनेर आफ्नो मन जलाउनु भन्दा प्रगति गरि चकित पार्नुपर्छ ।
यसो हेर्नस्, अमेरिका २००–३०० वर्ष अगाडि नै विकास भएको मुलुक हो । सीप र वैज्ञानिक तवरले अरू मुलुक भन्दा अघि सरेको मुलुक हो भनी संसारले मानेको देश हो । ती देशको सिको र सिप लिन खोज्नु स्वाभविक हो । त्यसले संसारका विज्ञ र विव्दान मानिसहरूलमई सुख सुविधा र पैसा धेरै तिरेर अमेरिकाले जस्तो सुकै वैजानिक र सीप भएका दक्ष सिपालु मायनपावरहरू अमेरिकाले सस्तोमा ज्यामीहरू बनाएकाछन् । मित्रहरू उन्नत्ति जसले गर्न सकिन्छ गर्न दिऊ । ईष्र्याले आफै जल्न पुग्छ याद राख्नुस् ।
तपाईले अरूलाई उछिने विचार २००% ले मनोकाँक्षा राख्नुस् । आखिर तपाईको मेहनतले १००% मात्र गर्न पुग्न सकोस् । मेरो कुरामा यो छ। सबै कुरा सबैलाई मनपर्छ भन्ने छैन् । मनले राम्रा राम्रा कुराहरू यो वा कुनै कथा पढेर लिने हो । कथा भनेकोमा कथाको कथाकारले जनमानसमा दिन खोजेको लिने हो । कथाकारले पढ्न दिने कोसिस गरेको हुन्छ। भाइ बहिनीहरू सकिन्छ कुनै समय दिएर अभ्यास , दैनिकी , उपन्यास, नियात्रा ,कथा, निवन्ध,पत्र पत्रिकामा आएको लेख ,सस्मरण आदी पढ्नु नै विद्यार्थीको धैर्यको अपार शक्ति सर्वसाधारणहरूको कर्तव्य र दायित्व हो ।
हामीलाई हेप्ने जाती तत्वलाई चिन्नु नि जान सिक्नु पर्छ । कोही भन्दा कम गरेर जिउनु हुन्दैन् । हामीमा जाँगरिलो र धैर्यता चाहिन्छ । कथाकारहरूमा धैर्यता लुकेको हुन्छ । समग्रमा सबै साहित्यकारहरूमा त्यो गुण देखिन्छ । उहाँहरूले योजनावध्द ढंगले आफ्नो लेख्न शैली निरन्तरत्तामा कर्तव्यपरायण अगाडि वढाएको पाउनु हुनेछ ।
मानव जिवनमा हाँस्ने मनमा आनन्द र सहनशिलताको खाँचो छ। अर्काले पनि प्रगती गर्छन् अरूलाई पनि प्रगती गर्ने अवसर लिन्छ । तपाईले रोक्न खोज्नु मुर्खतापन हो ।
अन्तमा मावन जिवनको निम्ति चाहिने तत्व व्यक्तिगत जीवन जिउनलाई कथाले तपाई र तपाईको परिवारलाई जिउन साथ र मार्ग निर्देशन कथाले दिने छ । यो यस्तो लेखकथा हो । यो भोगाईको निचोड सम्झनुस् । आजलाई तपाईं र तपाईले पढेर शेयर गर्नु भएमा शेयर गरेर पढाउनु भएकोमा कथा पढन भाइ दिदी दाइ विशेष माहानु भावहरूलाई पनि उर्जा योलेखले प्रदान गर्ने आसाका साथ धन्यवाद भन्दै विदा हुन्छु । कथा पढ्नेहरूले साँच्चै नै मसित प्रस्न राख्नु हुने मनमा आसा लिएर विदा भए । धन्यवाद
