इनाचो मुनि विहारमा विमोचित त्यो ऐतिहासिक पुस्तक
पुष ६, २०८२, आइतबार | राति ०८:३२ बजे | 140
भक्तपुर । दक्षिण एसियाकै बौद्ध इतिहास बोकेको पुस्तक आइतबार भक्तपुरमा सार्वजनिक गरिएको छ । रसबाहिनी (जम्वुद्धीपमा उत्पन्न कथाहरु) नामक ३३० पृष्ठ लामो पुस्तक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बताइए अनुसार श्रीलंकामा सिहाली भाषामा प्रकाशित पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएको हो । नेपाली भाषामा प्रकाशित यो पहिलो पुस्तक हो ।
पुस्तकको अनुवाद श्रीमती बिद्यालक्ष्मी शाक्यले गरेकी हुन् । त्यसको सम्पादन भिक्षु विपस्सी महास्थविरले गरेका हुन् । पुस्तकको प्रकाशक उपासिका सरोज मानन्धर काठमाडौं रहेका छन् ।
पुस्तकमा ४० वटा कथा संग्रहहरु संकलित छन् । प्रकाशित पुस्तकमा दक्षिण एसियाकै बौद्ध इतिहासको गुप्त विषयहरु रहेको जनाइएको छ ।
पुस्तकको मूल्य राखिएको छैन । तथापि चाहिने नचाहिने सवैले नलेओस् भनेर प्रति पुस्तक रु तीन सय सहयोगस्वरुप लिने मुनि विहार इनाचो भक्तपुरले जनाएको छ । पुस्तक पढ्न चाहनेहरुले मुनि विहार भक्तपुरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पुस्तकको विमोचन बौद्ध विद्धान भिक्षु उपतिस्स महास्थवीर र अर्काे बौद्ध विद्धान मदनरत्न मानन्धरले विहारमै संयुक्त रुपमा गरेका थिए ।
पुस्तक विमोचन समारोहका अतिथि डा इन्दुल केसीले प्रकाशित पुस्तकले बौद्ध विश्व इतिहासमै नयाँं इटा थप्ने विश्वास व्यक्त गरे ।
