एक्टिभ स्कुलको ३० औं वार्षिकोत्सव सम्पन्न


पुष ६, २०८२, आइतबार | साँझ ०५:३३ बजे | 255


एक्टिभ स्कुलको ३० औं वार्षिकोत्सव सम्पन्न

सागर गुरागाई
मध्यपुर थिमि – मध्यपुर थिमि नपा ६ चपाचोस्थित एक्टिभ इंग्लिस स्कुलको ३० औं वार्षिकोत्सव विभिन्न कार्यंक्रम सहित सम्पन्न भयो । स्कुलका निर्देशक आशाहरि प्रजापतिको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन मध्यपुर थिमिनपा वडा नं. ६ का वडाध्यक्ष ज्ञानदास प्रजापतिले गर्नुभयो । 
वडाध्यक्ष प्रजापतिले शिक्षाको गुणात्मक विकास र विस्तारमा एक्टिभ स्कुलले हालसम्म पु¥याएको योगदानको प्रशंसा गर्दै प्रतिस्पर्धी नागरिक तयार गर्न व्यवहारिक र प्रयोगात्मक शिक्षाको जरुरी रहेको बताउनुभयो । एसईई सम्मान, वार्षिक पुरस्कार वितरण, शैक्षिक प्रदर्शनी, खाना महोत्सव एवं सांस्कृतिक कार्यक्रम आयोजना गरिएको कार्यक्रमका अतिथिहरु मथिनपा वडा नं. ६ की महिला नसस अरुणा कारञ्जितले आफ्ना छोराछोरीहरु एक्टिभ स्कुलमा अध्ययन गरेर एसईई परीक्षा उच्च अंकका साथ उत्तिर्ण गरेको र अहिले पद्मकन्या क्याम्पस बागबजारबाट अमृसा कारञ्जितले प्रथम स्थान हासिल गरेको साथै छोरा आदित्य कारञ्जितले पनि स्नातक तहमा उत्कृष्टता हासिल गरेको दृष्टान्त सुनाउनु भयो । कार्यक्रममा एसएस कलेज नयाँठिमीका क्याम्पस प्रमुख राजन काफ्ले, जनआदर्श क्याम्पसका क्याम्पस प्रमुख दुर्गामोहन श्रेष्ठ, थिमि स्वावलम्बन साकोसका अध्यक्ष कृष्णबहादुर प्रजापति, शिक्षासेवी एवं समाजसेवी दिलकृष्ण प्रजापति, योगगुरु हेमा प्रजापति लगायतका अतिथिवक्ताहरुले एक्टिभ स्कुलले शिक्षा सँगै असल संस्कार पनि सिकाएको अनुभव सुनाउनु भयो । स्कुलका निर्देशक आशाहरि प्रजापतिले वि.सं. २०५२ सालमा स्थापना भएको स्कुलबाट हालसम्म १२ ब्याचले उत्कृष्ट अंकका साथ एसईई उत्तीर्ण गरिसकेको जानकारी दिनुभयो । कार्यक्रमका सभापति समेत रहेका प्रजापतिले विद्यार्थीहरुले आफूले सिकेको ज्ञान, सिप र प्रविधि शैक्षिक प्रर्दशनी मार्फत जानकारी गराएको एवं सस्तो, सफा, शुद्ध र स्वादिलो खानेकुरा आफ्नै घरमा तयार गर्न सकिने सन्देश सहितको खाना महोत्सव आयोजना गरिएको जानकारी पनि दिनुभयो । स्कुलका प्रिन्सिपल विजय प्रजापतिले एक्टिभ स्कुलको वार्षिक प्रगति प्रतिवेदन बुदाँगत रुपमा जानकारी दिदैं समयसापेक्ष अतिरिक्त क्रियाकलाप मार्फत पनि विद्यार्थीहरुको शारीरिक, मानसिक, सामाजिक एवं नैतिक विकासका कार्यलाई प्राथमिकता दिएको बताउनु भयो । शिक्षक सागर गुरागाईंले संचालन गर्नुभएको उक्त कार्यक्रममा शिक्षिका उर्मिला प्रजापतिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गतवर्षको एसईई परीक्षामा उच्च अंक सहित सफल भएका सबै विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरि आफू विद्यालयमा अध्ययन गरेर आफ्ना सन्ततिलाई पनि सोहि स्कुलमा अध्ययन गराउने अभिभावक एवं नर्सरीदेखि कक्षा १० सम्म एक्टिभ स्कुलमै आफ्ना सन्तानलाई अध्ययन गराएका १ दर्जन बढि अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो । त्यसैगरि कार्यक्रममा ५ वर्ष भन्दा लामो समय निरन्तर सेवारत शिक्षक कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले तयार गरेको सफा, सस्तो र स्वादिलो खानेकुराका परिकारहरुको स्वादसँगै उपस्थित अभिभावक, विद्यार्थी एवं शिक्षक कर्मचारीहरुले विद्यार्थीहरुको विभिन्न नृत्य, सन्देशमूलक प्रहशन अवलोकन गरेका थिए । कक्षा ८ का छात्राद्धय इन्दिका श्रेष्ठ र जिया श्रेष्ठले सांस्कृतिक कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा गतवर्षको वार्षिक परीक्षामा उत्कृष्टता हासिल गर्ने ३ दर्जन विद्यार्थी एवं विभिन्न अतिरिक्त क्रियाकलापहरुमा विजयी विद्यार्थीहरुलाई पदक र प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको थियो ।  उक्त कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी १ सय भन्दा बढि विद्यार्थीहरुलाई पुरस्कृत गरिएको स्कुलका प्रिन्सिपल विजय प्रजापतिले जानकारी दिनुभयो । 
 

Comments