कसले कहाँ के गरे ?
पुष ६, २०८२, आइतबार | साँझ ०४:३७ बजे | 120
कुमार लघु,ख्वप हेर भाइ बहिनीहरू नमस्कार, चाह्यो भने सबैसित मिल्नु पर्ने हुन्छ । उदाहरणको लागि देश भारतले लिन खोज्यो भन्ने सबै पार्टीका सदस्य समर्थक ,कार्यकर्ता ,नेता र सल्लाहकारहरू मिलेर युध्द गर्नु पर्ने हुन्छ । यहाँ पत्रकार होस् । नेता होस् । वुध्दिजिवी होस् । जनता होस्। सहकारीको सदस्य होस् । सबैसित सबै मिल्नुपर्छ । के भाइ बहिनीहरू साल त बिर्से भाद्र २४ गते सबै नेता कार्यकर्ता वामपन्थि सबै मिलेर तत्कालिन शासक विरूध्द लडेर हाक दिएको याद छ ? कसले कहाँ के गरे ? मित्रपार्टीहरूले बोलाउँदा जानुपर्छ आफूले बोलाउँदा पनि अरू आउनेछ । कोही पनि व्यक्तिहरूले त्याहाँ नजाऊ गयो भन्नु हुन्दैन् । गई हेर्नुपर्छ ।अफिसर होस् ,मेनेन्जर होस् पार्टी लिडर होस् । अनुभवहरू लिनु पर्छ । सुनुस् दाइ भाई बहिनीहरू दिदी काका काकीहरू जसले बोलाए नि के छ ? कस्तो छ जानुपर्छ हेर्नुपर्छ भन्नेले भन्छ माैका आउँछ पर्खिन्दैन् । पार्टीका मान्छेहरूको हृदय विशाल छ भनेको व्यबहारले देखाउनु , देखाउन सक्नुपर्छ । मित्रहरू मित्रपार्टीहरू भनेको चाहिन्छ । सहकारि मित्रहरू पनि चाहिन्छ । कसैले कसैलाई गयो भनेर हेप्न पर्दैन् । देखा जाएगा तेरो पनि पालो आउँछ है भन्न सक्ने गरेर बसे हुन्छ । थर्काउन खोज्छ ,गल्टि नर्गनु अडानमा वस्नुपर्छ । छिमेकीले सोध्नु पर्छ भन्न सक्छ। चोरहरूले आफै चोर्छ अर्कालाई चोर भनी लखेट्न खोज्छ । यता गयो उता गयो भन्नु नै चोर काम हो । त्यस्ता मान्छेलाई अरूले भन्दा आफैले चिनी राख्नुपर्छ । जसले त्यो यस्तो उस्तो भनेर खाल्डो खन्न थाल्छ उ आफै खाल्डोमा खसेपछि मात्र निन्द्रावाट बिऊझिन्छ । कुरा हो ,आ आफ्नै नेवारीमा भन्छन् अरूलाई परे कुरा आउँछ , आफुलाई परे ज्वर आउँछ हो ? चाह्यो भन्ने सबैसित मिल्नुपर्छ है । एक्लै लडे हार्छन् सबै एकजुट्ल भए अवश्य जित्छन् । कालो खानेले खालो देख्छ । कालो नखानेले कालो देख्दैन् । त्यो विचार धुर्व सत्य हो । साथी भनेको सबै चाहिन्छ । लडाईमा जसले मार्न काट्न सक्छ त्यो नै बाहादुर हो । जस्ले मर्छ मार्छ भनेर कुनामा लुकेर शत्रु आयो मार्छ काट्छ भनि डर छेरूवा भईर वस्छ , त्यसले विग्न पार्छ एकदिन होशियार गर बाबू नानी यो एकदिनमा बनेको कथा होईन् है । तिमीहरूलाई लाग्छ त्यस्ता जन विरोधी स्वभावका मानिसहरू चिन्न सकेको छैन् । उसो हेर्दा बुझ्दा वीर भलादमी जस्तो देख्ने छाै । तर त्यसले तिमीलाई पाईला पाईलामा हेरिरहेको हुनेछ। त्यो पार्टी समर्थक ,जनताको र समाजको लोभि र कुनै कसैको सिआाईडी भएर प्रोपोगन्णा आफूले पनि गर्न जान्नुपर्छ । जस्तालाई त्यस्तै जवाफ दिन नि जान्नुपर्छ । कथाले भाइ बहिनीहरूलाई निडर र अक्कल लागू गर्न सिकाउँछन् । कथामा के छ ? कथाले आफूले पढ्दा कि लिने विचार र आ आफ्नो डिमाग खोल्नुपर्छ है । कथाकारले भन्न खोजेको के हो ? नबुझेसम्म कथामा घोत्लिनुपर्छ । कथाले भाइ बहिनीहरूलाई आँटिलो जाँगरिलो पार्छ बनाउँछ । कथाहरूवाट शिक्षित भएर पढ्नुपर्छ । कथामा कथाकारको उद्देश्य र भावना बुझेर फेरि फेरि कथाको वस्तु पढ्ने मन बनाउनु पर्छ । अन्तमा यो मेरो कथावाट सबैले चाह्यो भन्ने गर्ने र लाग्ने मान्छेलाई कसैले कहि कतै रोक्न सक्दैन् भन्ने हो । तर मानिसलाई चिन्ह सक्नु पर्छ । कथाको शारांश बुझ्नु हुन अनुरोध छ । धन्यवाद ,२०८२/०९/६
