कुची टनेलदेखि हा लङ बेसम्म नामक पुस्तक लोकार्पण


पुष ५, २०८२, शनिबार | राति ०९:५१ बजे | 370


कुची टनेलदेखि हा लङ बेसम्म नामक पुस्तक लोकार्पण

काठमाडौ । प्राडा माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा एक भव्य समारोहबीच रत्न कुमार श्रेष्ठद्वारा लिखत “कुची टनेलदेखि हा लङबेसम्म“ नामक पुस्तक लोकार्पण भएको छ । कार्यक्रमको अध्यक्षता रामबाबु नेपालले गर्नुभएको थियो । कार्यक्रमको संचालिका रीया श्रेष्ठ, अतिथि साहित्यकारहरू क्रमशः प्रमोद प्रधान, ज्ञान अधिकारी, नवराज खतिवडा , डा इन्दुल केसीलगायत थिए । 
कार्यक्रममा सबै अतिथिरूले शुभकामना तथा समिक्षात्मक मन्तव्य प्रदान गर्नुभएको थियो ।
मन्तव्य व्यक्त गर्ने क्रममा डा इन्दुल केसीले रत्न कुमार श्रेष्ठको यो यात्रासंस्मरण पुस्तकले नेपाल र भियतनामको केही समान पक्षहरूलाई कलात्मक ढंगले प्रस्तुत गरि पाठक माझ अत्यन्तै उपयोगी पुस्तक आएको बताए । त्यस्तै प्रमोद प्रधानका अनुसार भियतनामले आफुलाई आर्थिक रूपमा सम्पन्न बनाउन कृषि एवम् पर्यटन क्षेत्रलाई दिएको महत्त्व र गरेका कामहरूबारे पनि पुस्तकमा पर्याप्त चर्चा भएको बताए । 
लेखक स्वयं रत्न कुमार श्रेष्ठले नेपालको विकासको लागि राष्ट्रिय भावले ओतपोत भै यो पुस्तक लेखिएको बताए । पहिले युद्धले थिचेको तर सुधारको वर्षाले चुम्दा हरियो बन बनेर फुलेको उनले बताए । नेपाल तिमी पनि हिमाल जस्तै अटल, दृढ संकल्पका किरणले अवसरका ढुङ्गा चिर्याे भने भोलि तिमी पनि भियतनाम झै प्रकाशको दियो बन्न सक्छौ भनी उनले बताएका छन् ।

फाेटाेमा हेर्नुहाेस्...

कुची टनेलदेखि हा लङ बेसम्म नामक पुस्तक लोकार्पण

Comments