उ बेला कपीको १५ पैसा ....


पुष ५, २०८२, शनिबार | राति ०८:०६ बजे | 155


उ बेला कपीको १५ पैसा ....

कुमार लघु

नमस्कार नानी बाबू भाइबहिनीहरू . करिव ५० आै वर्ष अगाडिको कुरा हो । म तीन कक्षामा पढ्दै गरेको थिए होला । उति बेला सरकारी स्कूलमा पढ्न जाने बेलामा १ कक्षामा १ ,दुई कक्षामा २ रूपियाँ फिस तिर्न पर्दो रहेछ । त्यति बेला त्यो पनि महंगो थियो है। किताब पनि सस्तो थियो । डे्स लगाउने चलन थिएन् ।

सानैमा मेरो जन्मथलाे व्यासी टोला बासु निमावि स्कूल स्थापना गरेको थियो । किसानहरूलाई शिक्षित पार्नुपर्छ भन्ने उद्देश्य राखेको हुनुपर्छ । किसानका छोराछोरीहरूलाई शिक्षित पार्नुपर्छ भनेर खोलेकोमा कुनैलाई दुविदा छैन् । त्यति वेला स्कूलमा थोर‌ै विद्यार्थीहरू थियो । त्यो बेलामा स्कूल खोलेका टोलवासीहरू नै सर्वेसर्वा थियो । घर घरैपट्टिका छोरा मान्छेहरूलाई अभिभावकले भर्ना गर्न लगाई पढ्न पढाउन थाले । कितावको पाठ कण्ठ गर्नु प-र्यो ।

पाठ नआए लठ्ठीको कुट्टाई, हातको आैलाको विचमा सिसाकलम दुलाई आैला समाटेर घुमाई दिन्थो । निकै दुखाई हुन्थो । स्कूल भनेकै व्यासी पाटीमा थियो । पाटीमा सेतो कपडा राखेर पढाइ गरिन्थो । पढ्नलाई दु:खाई खान सक्ने र पढ्न सक्नेले मात्र पढ्ने अवसर लिएको मेराे अनुभव थियो । कुट्टाई खानेहरूले पढाइ छोडेको उदाहरण शिक्षकहरूलाई थाहा छ । शिक्षक कहि कतै गएर अर्काको छोराछोरीहरूलाई माया ममता र हासिखुसी पारेर फकाई फुलाई पढाउनु पर्छ भनेर तालिम लिएको पाईन् । किसानका छोराछोरीहरू शिक्षक भएको स्कूलमा सर सफाई अनुशासन पढेर असल ज्ञानी र देश हाक्नु पर्छ है भनेर भन्ने र ज्ञान दिने कमै थियो । शिक्षकले पाठ प्रस्नहरूको जवाफ माग्थे थोरैले मात्र भन्न सक्थे । बढिले भन्न सक्दैन्थे । जसले भन्न सक्थे उसले कुटाई खान पर्दैन् र भन्न नसक्नेले मज्जाले कुटाई खान्थो खुवाउन्थो । शिक्षक उसबेला गमक्क बस्थो । किसानका छोराछोरीलाई पढाई मनमनै किसान वर्गलाई उथाउने काम गरेकोमा खुसीले गदगद हुन्थो । मुङग्रो, लठ्ठी, सुस्नु र सिसाकलम त के कुरा गर्नु ? भक्कु कुटाए खान पर्थो । खुट्टा फटाई विचमा सिस्नो राखि दिन्थो । पिसाव फेर्न नि पठाउँदैन्थो । पढाइ कडा होईन् शिक्षित पार्ने विचारले बुझेर र शिक्षकले नबुझेर वच्चा बेलामा चोट खाई मैले नि क, ख,ग, घ र ङ। १,२,३,४ पढेको हुँ । म तीन कक्षामा पुग्दा मिल्ने साथीहरू बिस्तारै स्कूल छोड्न थाले मलाई पनि स्कुल जान मनले मानेन् । म पनि स्कुूल जाने बाहानामा साथीहरूसित स्कुल नगई दिन भरी दिन भरी बाहिर घुमेर स्कूल छाडे। एक दिनको कुरा हो। घरवाट थाहा लियो । एक दिनको कुरा हो । एकदिन असारको वेला थियो । रोपाई हुन्थो । कापी किन्नु थियो । म विहान उठेर आउँदा बुबा खेतमा हिडिसकेको थियो । आमा शीत कापी किन्नलाई पैसा माग्छु बाबू खेत गयो भन्नू भयो। म त खेतमा रून वसेबुबालाई भन्छु आज खेतमा धान रोप्ने भन्नुहुन्थो । मलाई एउँटा कापी किन्न १५ पैसाको कुरा छ । रून्छु वास्ता गरेको होईन् । बल्ल बाबाले देखेछ मेरो विचारमा आलिमा बसेर रोई राख्दा त देखेको होला भन्न थानेको त खालि खेत खन्नमा मात्र व्यस्त थियो । बल्ल १५ पैसा लिई कापी किन्नी कक्षा कार्य गरि स्कूल गएको याद छ । भाइ बहिनीहरू पढ्न कठिन छ है । त्यो दिनको यादले अहिले पनि सट्टाउँछ । उतिवेला अंग्रेजी विषय कक्षा ५ पुगेपछि मात्र हुन्थो । पहिलेकाे कमजोरी त्यहि हो । स्कुल गएपनि घरको काम गर्नु प-र्थो । बाख्रा खेतमा राख्न जमन पर्ने ,भैंसी चढाउँन जानुपर्ने ,साग वेच्न खट्नु पर्ने दिन त्यसरी वित्थो । बत्ति अहिलेको जस्तो थिएन् । मट्टितलले दियो बालेर वेलुका पढ्नु पर्ने समय थियो । घर घरमा धाराको वन्दोवस्त थिएन् । नुहाउने वन्दोवस्त थिएन् । धेरै दु:ख थियो। अक्षर राम्रो लेखसम्म भन्ने थिएन् । घरमा गाईड गर्ने थिएन् । टोलको वातावरण सरसफाईमा कमजोरी थियो । आँगनको पोखरी वरिपरि स्वस्थ जिवनको निम्ति वातावरण मिलेको थिएन् । विस्तारै टोलका शिक्षितहरूले सरसफाई हुनुपर्छ भन्ने कुराहरू ल्यायो । बाजेले मलाई सम्झाई फेरि चण्डेवरी निमावि चासुखेलमा भर्ना गरेर शिक्षाको उज्ज्यालो बत्ति बालेर मेरो भविष्य उज्ज्वल पारिदिनु भयो । मेरो आमा बाबा बजै र बाजेलाई धेरै धेरै धण्यवाद दिन चहान्छु किन कि उहाँहरूको गुणले नै शिक्षाको बाटोमा यात्रारत्तछु ।

Comments