शुभ लाभ साकोस छालिङको १८औ साधारणसभा सम्पन्न
पुष ५, २०८२, शनिबार | राति ०७:३२ बजे | 240
शुभ लाभ बचत तथा ऋण सहकारी संस्था लि. को १८औ साधारण सभा गणेश माबिमा सम्पन्न भयो |कार्यक्रमा स्थानीय समाजसेबी तथा बुद्धिजीवी न्हुछे भक्त फोजुले २०२१ सालको भुमिसुधार जनाको हितमा ल्याउन नेमकिपाका कार्यकर्ताहरुले मोहि किसान्हरुको घर घरमा गएर किसानहरुको जोताह हक कायम गराउन सहयोग गरेको बताउनु भययो |वहाँले सहकारिले उत उत्पादन मुलक धेत्रमा ऋण लगानी गर्नुपर्ने र सीप मुलक आयमुलक तालिम संचालन गरि तालिम लिएकालाई शुलभदरमा ऋण प्रदान गर्नुपर्ने बताउनुभयो |
भक्तपुर जिल्ला बचत संघका संचालक सदश्य राजकुमार लघुले सहकारी नियमन प्रधिकरणले लगायत अन्य निकायले जारी गरेको निर्देशनले पारेको प्रभाब र सहकारी संस्था र संघको हित बिपरित आएको निर्देशनको शंसोधान गर्न माग गर्दै १८औं साधारणसभा सफलताको शुभकामना ब्यक्त गर्नु भयो |
गणेश माबिका प्रधानध्यापक इन्द्र फोजुले संस्थाले बाल केन्द्रित कार्यक्रम र पोषण सम्वन्धी कार्यक्रम संचालन गर्न सुझाब दिनु भयो |
कार्यक्रम संस्थाका अध्यक्ष सुर्य फोजुको सभापतित्वमा सम्पन्न भयो | कार्यक्रममा संस्थाका कृष्ण हरि लागे र सानुमाया लागेले पनि बोल्नु भएको थियो | कार्यक्रममा संस्थाका जेष्ठ सदश्य ,असल बचतकर्ता र असल ऋणकर्तालाई र एसईइ उत्तीर्ण सदश्यहरुलाई पनि सम्मान र मायाको चिनो प्रदान गरिएको थियो |
फाेटाेमा हेर्नुहाेस्...
