साइनिङ्ग स्टूडेण्टस्मा ‘फोहरलाई मोहर बनाऔँ’ प्रदर्शनी
पुष ४, २०८२, शुक्रबार | राति ०८:२६ बजे | 185
भक्तपुर, ४ पुस । साईनिङ्ग स्टुडेण्टस् एकेडेमीले शुक्रबार फोहेरलाई मोहर बनाऔँ भन्ने विषयमा प्रदर्शनी सम्पन्न भयो । भनपा वडा नं. ४ का वडाध्यक्ष श्री उपेन्द्र सुवाल भनपा स्यानिटेसन शाखाका प्रमुख श्री दिलिप सुवालद्धारा संयु्क्त रुपमा रिवन काती प्रर्दशनी शुभारम्भ गरियोे ।
भनपा वडा नं. ४ का वडाध्यक्ष श्री उपेन्द्र सुवालले फोहरबाट मोहर बनाउदाँ आर्थिक वृद्धि गर्न सकिने कुरामा जोड दिनुभयो । कुहिने फोहरलाई प्राङ्गारिक मल रुपमा प्रयोग गर्न सकिने र नकुहिने फोहर प्लाष्टिक जस्ता वस्तुहरुबाट जुट्टा, मुढा आदि बनाएर आर्यआर्जन गर्न सकिने कुरा बताउनु भयो । घरदैलो बाट नै फोहोर मैलालाई व्यवस्थित गर्न सकेको खण्डमा नगरपलिकाको खर्च न्यूनिकरण गर्न खकिने र अर्थतन्त्रमा सुधार ल्याउन मद्धत पुग्ने बताउनु भयो । विद्यालयले लगातार ३ वर्ष देखि विभिन्न विषयमा प्रदर्शनी गरेर अभिभावकको विश्वास जित्न सफल भयो कुरा समेत व्यक्त गर्नुभयो । यस विद्यालयले हाल सम्म क्भ्भ् परीक्षा १००प्रतिशत नतिजा ल्याउन सफलका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको कु्रा प्रमाणित भएको बताउनु ुभयो ।
कार्यक्रममा भनपा स्यानिटेसन शाखाका प्रमुख श्री दिलिप सुवालले फोहर शब्द हेर्दा र सुन्दा सामान्य तर यस भित्र थुप्रै कुराहरु लुकेको छ भन्नुभयो । जनमानसमा फोहर भन्ने बित्तिकै छिछि र दुरदुर गर्ने बानीलाई सकारात्मक रुपमा अभिभावक समक्ष पुर्याउने कोसिस यस विद्यालयले गरेको कुरा प्रष्ट पार्नुभयो । साथै फोहरबाट हुने असर बारे जानकारी दिनुभयो र यसबाट हुने विभिन्न किसिमका रोग बारे पनि सचेत र यसको व्यव्स्थापनमा ध्यान दिनुपर्ने समेत बताउनु भयो । फोहर दूई प्रकारका कुहिने र नकुहिने बारे ज्ञान राख्नुपर्ने साथै फोहर लाई कसरी पुनः प्रयोग गर्ने, कुहिने फोहरलाई व्यवस्थित गरि त्यसलाई प्राङ्गारिक मल बनाई प्रयोग गर्दा कृषि क्षेत्रमा टेवा पुर्याउन सकिने जानकारी समेत कार्यक्रममा सहभागी सबै माँझ बताउनु भयो । विद्यालय र विद्यार्थीहरुले फोहर व्यवस्थापनको सम्बन्धी गरेका कार्यलाई अभिभावकहरुले प्रोत्साहन दिनु जरुरी छ समेत भन्नुभयो । यसलाई अभिभावक र विद्यालय दुबै पक्षले विद्यार्थीहरुलाई फोहर मैला व्यवस्थापन बारे ज्ञान प्रदान गरेको खण्डमा वातावरण स्वच्छ बनाउन मदत पुग्ने बताउनु भयो ।
विद्यालयका प्रिन्सिपल श्री रविन छुस्याकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा फोहरलाई मोहर बनाऔँ भन्ने नारालाई आत्मसात गर्ने हेतुले विद्यालयस्तरबाट नै विद्यार्थीहरुलाई फोहरमैला व्यवस्थित गरी सहि सदुपयोग गर्ने भन्ने बारे प्रष्ट पार्दै सम्पन्न गरियो ।
फाेटाेमा हेर्नुहाेस्...
.jpeg)