हिन्दु तथा वैदिक धर्म भन्दा पनि एक कानूनी प्रणाली अवधारणा
पुष १, २०८२, मङ्गलबार | राति ०९:५४ बजे | 80
अधिवक्ताः विजयराम माक
हिन्दु धर्म संसारको सबैभन्दा पुरानो धर्महरूमध्ये एक हो । धर्म के हो त ? धर्म भन्नाले केवल धार्मिक आस्था एंव विश्वास मात्र होइन, यो त एक व्यापक अवधारणा हो जसले व्यक्ति, समाज, र ब्रह्माण्डलार्इ सन्तुलित रूपमा चलाउने नियम, कर्तव्य, नैतिकता र जीवनशैलीलार्इ समेट्छ । हिन्दु दर्शनमा पनि धर्मको अर्थ कर्तव्य, नैतिकता, सत्य र जीवनको सही मार्ग हो । धर्मको परिभाषा के हो त ? संस्कृतमा धृ धातुबाट धर्म शब्द बनेको हो, जसको अर्थ हो – धारण गर्नु, अर्थात् जुन तत्वले सृष्टिलार्इ धारण (टिकाइ) गर्छ, त्यो धर्म हो । हिन्दु धर्मको प्रमुख आधारका रुपमा रहेका वेद, पुराण तथा स्मृतिहरू अनुसार धर्म के हो त ?
वेद अनुसार
वेदहरूमा धर्म भन्नाले केवल पूजा-पाठ होइन सत्य, कर्तव्य, नियम, र सन्तुलन हो।
धर्म भनेको "ऋतम्" र "सत्य" सँग सम्बन्धित छ — जुन सृष्टिको प्राकृतिक नियम, नैतिकता, र ब्रह्मसँग मेल खाने आचरण हो।
महाभारतमा भनिएको छः
धारणात धर्म इत्याहुः धर्मो धारयति प्रजाः ।
अर्थः धारण गर्ने शक्ति भएको तत्वलार्इ धर्म भनिन्छ ।
रामायणमा भनिएको छः
धर्म भन्नाले केवल धार्मिक कर्मकाण्ड वा पूजा मात्र होइन। कर्तव्य, नैतिकता, सत्यता, अनुशासन, र सामाजिक जिम्मेवारीहरूको मिलन नै धर्म हो।
वाल्मीकि रामायणमा धर्म जीवन बाँच्ने सही तरिका हो — जसले व्यक्तिगत आचरणदेखि राज्य संचालनसम्म सबैलाई निर्देशित गर्छ।
यी माथी उल्लेखित वेद, पुराण, ग्रन्थ तथा स्मृतिहरूमा वहेक अरू हिन्दु धर्मका आधार अनुसार पनि धर्म भनेको पुजा पाठमा मात्र होइन निति नियममा बाधिएर समाजलाई एक शान्त सुरक्षित तथा समानताको आधारमा जीवन जिउन प्रतिपादन गरिएको सिदान्त हो।
साधारण अर्थमा कानून के हो त ?
कानून साधारण रूपमा वैध सिद्धान्तहरुको समूह हो । यसको मुख्य उद्देश्य समाजमा न्याय र अनुशासन स्थापना गर्नु हो । कानूनलाई सामाजिक अनुशासनको घोषणा मानिन्छ । यसको माध्यमद्वारा व्यक्तिहरूले न्याय प्राप्त गर्न सक्ने साधन र आचरण व्यवहारको नियम पाइन्छ ।
वेलायती (कमन) कानूनी प्रणाली अनुसार कानून के हो त ?
राज्यामा परम्परा देखि चल्दै आएका रितिरिवाज पम्पराहरुलार्इ राज्यद्बारा बनाइएका र लागू गरिएका यस्ता नियमहरुको समूह हो । जसले समाजमा व्यवहार नियन्त्रणा गर्छ र न्याय सुनिश्र्चित गर्छ ।
रोमन (सिभिल) कानूनी प्रणाली अनुसार कानून के हो त ?
कानून भनेको संसदले बनाएका नियमहरू र अदालतले समयक्रममा बनाएका निर्णयहरूको संयोजन हो, जसले समाजमा व्यवहार नियमन गर्छ, विवाद सुल्झाउँछ र न्याय दिन्छ ।
यी विश्व समाजमा कानूनको प्रमुख प्रणालीका रूपमा रहेका वेलायती तथा रोमन कानूनी प्रणालीमा पनि कानूनको परिभाषा एंव उदेश्य समाजमा व्यवहार नियमन तथा नियन्त्रण, विवाद सुल्झाउन र न्यायको सुनिश्च्ति प्रदान गर्ने नै हो जुन हिन्दु धर्म शास्त्रको प्रमुख उदेश्य रहेको पाइन्छ ।
समाजको सुरूवटी दिनहरूमा समाजमा यदि कुनै ऐन नियम तथा कानून विषयमा कुनै छलफल गरेका खण्डमा सिमित व्यत्तिले मात्र बुझन र बुझाउन सकिन्यो । जसकारणले गर्दा व्यक्ति तथा समाजलार्इ नियम कानूनमा बाध्नको निम्ति समाज तथा व्यक्तिले सजिलै विश्वस एंव मान्ने आधारका रुपमा धर्म भनि समाजमा शुसासन तथा समुलित समाजको विकासका निम्ति धर्मको नाममा कानूनको विकास भएको हुनाले हिन्दु धर्म एक पुजा पाठ गर्ने रुढिवादी परम्परा मात्र होइन यो विशुध्द कानूनी दस्तावेज एंव नीति नियमहरूको एक रुप हो । जसलार्इ समाजको विकास या भन्नु पर्दा आधुनिकताका नाममा कानून भन्दा पनि एक परम्परागत पुजापाठ गर्ने रुदिवादी सनातन धर्म भनि परिभाषित गरिएको पार्इन्छ । जसलार्इ हिन्दु तथा वैदिक कानून प्रणालीलार्इ केवल धार्मिक, साँस्कृतिक, रीतिथिति र पूजापाठ सँग मात्र जोडेर बुझने गर्दछन । तर वास्तविकता त्यो भन्दा फरक देखिन्छ बैदिक कानून प्रणाली एक समग्र जीवन पद्बति हो जसले समाज, परिवार, अर्थशास्त्र र न्याय व्यवस्थाको सम्पूर्ण संरचनाको स्वरूपमा पनि लिन सकिन्छ ।
- धर्मशास्त्र र न्यायशास्त्रको अन्तरसम्बन्ध
वैदिक युगमा धर्म भन्नले केवल धार्मिक आस्था पुजापाठमात्र होईन नैतिकता कर्तव्य सामाजिक नियम र न्याय प्रणाली सबैलार्इ जनाउथ्यो । मनुस्मृति, याज्ञबल्क्य स्मृति, न्यायविकास्नी, नारद स्मृति जस्ता ग्रन्थहरूमा समाजमा लागु हुने व्यहारिक नियम, अपराध र दण्ड, ऋण, सम्पति, उत्तराधिकार आदि कानूनी विषयहरु उल्लेख गरिएका छन् । यिनले हिन्दु न्यायशास्त्रको मौलिक आधार तयार गरेका छन् ।
रामायणलार्इ न्यायशास्त्रीय दुष्टिकोषबाट नियाल्दा
रामायणमा विशेषत जनता प्रति राजा र राजा प्रति जनताको विश्वास जसलार्इ राजधर्मका रूपमा व्याख्या गर्न सकिन्छ । न्यायका रूपमा सत्य र असत्यबीचको स्पष्ट विभाजन, सबै कानूनी, नैतिक, समाजिक कर्तव्यको मूल आधारका रुपमा राजा तथा प्रजा दुवैलार्इ लागु हुने । नैतिकताका रूपमा नियम भन्दा पहिले नीति र संस्कार महत्वपूर्ण रहेको तथा कानूनी शासनबाट नै समाजमा मेलमिलापको भावनाको विकास जसकारणले रामायण एक धर्भ ग्रन्थ भन्दा पनि निति नियमको परिपालको दस्तावेज हो । जसमा माहिला अधिकार तथा महिला सम्मान विषयमा पनि व्याख्या गरेको पाइन्छ ।
महाभारतलार्इ न्यायशास्त्रीय दुष्टिकोषबाट नियाल्दा
महाभारतमा विशेषत धर्मको अर्थ केवल धार्मिक अनुष्ठान मात्र होइन, कर्तव्य, मर्यादा, नीति, सत्य र न्याय सबैलार्इ समेट्ने कानूनी मूल्यमा आधारित रहेको पाइन्छ । भने युध्द निति नियमहरु संगै यसमा खेल नीति नियम बारेका पनि व्याख्या गरेको देखिन्छ ।
यी धर्मशास्त्र भनि व्याख्या एंव विवेचना गरिएका ग्रन्थहरू केवल धर्मशास्त्रमा नभर्इ विशेषत समाजमा समाजिक मूल्य मान्यता एव सुशासन लार्इ कायम राख्ने उदेश्य अनुरूप समाजमा व्यवहार नियमन तथा नियन्त्रण, विवाद सुल्झाउन र न्यायको सुनिश्च्ति प्रदान गर्ने नै हो ।
- स्मृति र श्रुति (वेद) कानूनी स्रोतहरू
वैदिक कानूनी प्रणालीमा प्रमुख कानूनी स्रोतहरूका रूपमा वेद, स्मृति, पुराण तथा ग्रन्थहरू जसमा विषेश गरी वेद तथा स्मृतिलार्इ कानूनी स्रोतका रूपमा व्याख्या गरेको पाउछौ ।
वेदहरुमा कानूनी रुप
वेदहरु हिन्दु धर्मका प्राचीनतम पवित्र ग्रन्थहरू हुन, जसमा मन्त्र, यज्ञ, कर्म, ज्ञान र दर्शनको ज्ञान संकलन गरिएको छ । यी वेदहरू श्रवणध्दारा प्राप्त ज्ञान भएकाले श्रुति ज्ञानमालाका रूपमा लिन सकिन्छ। वेद वैदिक कानूनी प्रणालीको जगको रूपमा रहेको पाइन्छ जसमा कर्तव्यहरू, विश्वव्यवस्था र न्यायको मूल सिध्दान्त, सामाजिक व्यवस्था, नैतिक कानूनी विचार आदि रहेको पाइन्छ ।
वेदहरू
ऋग्वेद – सबैभन्दा पुरानो वेद जसमा देवताहरूको स्तुति, यज्ञका मन्त्रहरू भनिएका छन्। जसमा विशेष रूपमा ऋता (प्राकृतिक र नैतिक व्यवस्था), दण्डको अवधारणा, सत्य र असत्यको मूल्य, पारिवारिक र सामाजिक सम्बन्धहरू बारेमा व्याख्या गरेको पाइन्छ । यसकारण यसमा कानूनी रूपरेखाका प्रारम्भिक रूप हो ।
यजुर्वेद – यजुर्वेद केवल यज्ञ ग्रन्थमात्र होइन यो धर्म, नीति, न्याय र समाज सञ्चालनका कानूनी आधारहरुको स्रोत पनि हो । यसले शासन, दण्ड, कर्तव्य र नैतिकताको सुरूवाति कानूनी सोच हो ।
सामवेद – सामवेदमा प्रत्यक्षरूपमा कानूनी धारणा नभए पनि यसमा पनि नैतिक आचरणऽ धर्मपालन समाजिक सहकार्य र सत्यताका गुणहरु पाइन्छन् । जुन आजको कानून र न्याय प्रणालीका मूल सिध्दान्तहरू हुन् ।
अथर्ववेद – अथर्ववेद कानूनी सोचको प्रारम्भिक श्रोत हो । जसमा धर्म, न्याय, दण्ड, कर्तव्य, परिवार र समाजको सन्तुलित संरचना प्रस्तुत गर्छ । यसमा प्राचीन वैदिक समाजको नैतिक-कानूनी संविधान जस्तै हो ।
स्मृति
स्मृतिहरू हिन्दु धर्मको धार्मिक, सामाजिक र कानूनी आधारशिला हुन् । यिनले कर्तव्य, व्यवहार, दण्ड, विवाह, सम्पत्ति र न्यायका सिध्दान्तहरु निर्धारण गर्छन्। जुन आधुनिक हिन्दु कानूनको आधार बन्न पुगेका छन् । विभिन्न प्रकारका स्मृतिहरूमा विशेषत कानूनी विषयमा र ऐन नियम कानूनका कुराहरू लिपिबद गरेको पाइन्छ ।
स्मृतिहरु
मनुस्मृतिः- मनुस्मृति हिन्दू कानूनी इतिहासको पहिलो विस्तृत संहितामध्ये एक हो।
यसले सामाजिक संरचना, धार्मिक कर्तव्य, न्याय र दण्ड नीतिलाई व्यवस्थित ढंगले व्याख्या गर्छ।
यद्यपि, वर्तमान समयका दृष्टिकोणबाट हेर्दा केही धारणा विवादास्पद र सुधारयोग्य छन्। मनुस्मृतिमा विशेषत वर्ण व्यवस्था (ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र) अनुसार आचरणको विधि र कर्तव्य उल्लेख गरिएको छ।
“स्वधर्मे निधनं श्रेयः” — आफ्नो धर्म अनुसार जीवन बिताउनु नै श्रेष्ठ हो।
याज्ञवल्क्यस्मृति- हिन्दु कानूनी प्रणालीमा एक अत्यन्तै सशक्त र व्यावहारिक कानूनी ग्रन्थ हो यो हिन्दु कानूनी प्रयालीको मेरूदण्ड मानिन्छ । यसले स्पष्ट रूपमा न्यायिक प्रक्रिया, सम्पति व्यवस्था, सामाजिक अनुशासन, स्त्री अधिकार र शासन व्यवस्था प्रस्तुत गर्छ भने विशेष गरी उत्तराधिकार कानूनमा यसको गहिरो प्रभाव भएको पाइन्छ ।
नारदस्मृति
नारदस्मृति हिन्दु धर्मशास्त्रहरूको एक महत्वपूर्ण स्मृति ग्रन्थ हो, जसले प्राचीन हिन्दु समाजको न्याय प्रणाली र कानूनी संरचना स्पष्ट रूपमा प्रस्तुत गरेको छ । यसलार्इ विशिष्ट रूपमा न्यायशास्त्र सँग सम्बन्धित ग्रन्थ मानिन्छ । जसले समाजमा न्याय, साक्ष्य, प्रमाण, अपराध र दण्ड सम्बन्धी स्पष्ट कानूनी रूपरेखा प्रदान गर्छ। जस्तै साक्षीको महत्व, प्रमाणको आधारमा फैसला, सम्पति अधिकार आदि- नारदस्मृतिबाट नैं उत्पन्न भएका छ्न् ।
त्यसै बृहस्पतिस्मृति तथा पाराशरस्मृति जो तथ्य र व्यहारिक नीति नियमहरूमा आधारित थिए । मनुस्मृतिमा धर्म, वर्ण, दण्डका कुराहरू लेखिएका छन् भने, याज्ञवल्क्यस्मृतिमा कानून, उत्तराधिकारी, स्त्री अधिकार छ भने, नादरस्मृतिमा विशेषत न्याय र अदालत प्रणालीमा केन्द्रित रहेको देखिन्छ । यी वेद तथा स्मृतिहरुको व्याख्या विवेचना धर्म परम्परा भन्दा पनि समाजलार्इ कानून र नीति नियममा रेखांकन गरेको देखिन्छ ।
- न्यायिक संरचना र विधि प्रकिय
प्राचिन हिन्दु समाजमा राजाको न्याय दिने जिम्मेवारी हुन्थ्यो तर राजाले सभा, परिषद र पण्डितहरूको सल्लाहमा आधारित भएरमात्र काम गर्ने गर्दथो । यसले अहिलेको हाम्रो संस्थागत न्याय प्रणालीको प्रारम्भिक रूप दिन्छ । साक्षी, प्रमाण, सपथ र सुनवार्इका प्रकिया यति विधिपूर्वक गरिन्थ्यो कि तिनिहरूले एक प्रकारको प्रारम्भिक न्यायशास्त्रको दृष्टिकोणलार्इ झल्काएको पार्इन्छ ।
धर्मको प्रयोग कानूनको निर्दशिक सिध्दान्तको रूपमा लिने गरिन्थ्यो । धर्मलार्इ केवल एक पुजा पाठ गर्ने रूढिवादि परम्परा आस्तिक विचारधाराले जरजर रहेको भनि अन्धविश्वासमा रुमलिएको एक सनात्न धर्म आस्था एंव विश्वासका रुपमा व्याख्या गरिएको पाइन्छ । जुन वास्तवमा वेलायती विस्तारवाद तथा पश्चिमिकरणको प्रभावमा परेका कारणले भएको देखिन्छ भने विशेषत भारतमा वेलायती उपनिवेश पश्चात हाम्रा कानूनी आख्यानका रुपमा रहेको विभिन् वेद, उपनिसद, स्मृति, ग्रन्थ, पुराणहरूलार्इ आधुनिकिकरणका नाममा हाम्रो भाषाबाट विभिन्न भाषामा विशेषत अंग्रेजीमा अनुवाद एंव परिमार्जिन गरि एक शब्दलार्इ अनेक अर्थमा व्याख्या गरेको पाइन्छ। जसले गर्दा समाजमा नीति नियम र कानूनका रुपमा विकास भए गरेका विषयहरु नियम यज्ञ अनुस्थान एंव परम्परालार्इ एक धार्मिक अनुस्थानका रुपमा मात्र व्याख्या गरिएको पाइन्छ । मनुस्मृतिमा विशेषत वर्ण व्यवस्था ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्रलार्इ जातिय भेदभाव यो कानून सम्वत भएन भनेर व्याख्या एंव विवेचना गरेको हामीले पढै र पढाउदै आएका छौं । जव कि यसै स्मृतिमा भनिएको छ कि कोही पनि व्यक्ति जन्मले होइन कर्मले ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र हुने हो यसमा पनि को ठूलो को सानो भन्ने कुरा जन्म र कर्मले भन्दा पनि व्यक्ति भित्रको ज्ञान, बल, धन तथा आयुले निर्धारण हुने भनिएको छ । हामीले कुनै पनि ग्रन्थहरू, पुराणहरू स्मृतिहरूलार्इ गहन रूपमा अध्यन अनुसन्धान गर्दा धर्मिक आध्यामिक तथा व्यवाहारिकर रुपमा मात्र होइन कानूनी रुपमा पनि अध्ययन अनुसन्धान गर्दा हरेकमा कानूनका कुराहरु समाजका नै धेरै व्याख्या एवं विवेचना गरिएको पाइन्छ जसले समाजमा न्याय, सामाजिक अनुशासन, व्यवहारमा नियन्त्रण, न्यायमा सुनिश्च्तित विवादहरूको सामाधान, सामाजिक मुल्य मान्यताहरू वारेमा फरक रूपमा परिभाषित गरिएको पाइन्छ । अहिलेको समाजमा कानून मानै पर्ने यसलार्इ तोड्न पाइँदैन तोडेमा कानूनी कार्वाही गरिन्छ त्यस समायमा यदी कार्वाही गरी बन्दक वनाएर राखेमा समाजमा बुझन र बुझाउन गाह्रो तथा आवश्यक जनशक्तिको अभाव देखिने भएकोले व्यक्ति र समाजलार्इ अपराध गर्न नदिनको लागि भगवानको नाममा पाप पुण्यलाग्ने भनि व्यवस्थित गरेको पाइन्छ । जसलार्इ भौतिक र आर्थिक कार्वाही गर्नु भन्दा पनि मानसिक एंव नैतिक कार्वाही गर्नका लागि नै फरक फरक धार्मिक ग्रन्थहरूमा फरक फरक नीति नियमहरूको व्याख्या गरेको पाइन्छ जसका मुल उद्देश्य व्यवस्थित समाज संगै समाजमा कानूनी व्यवस्थालार्इ कायम गर्नु थियो । धर्ममा व्यक्ति सुधारका कुरा धेरै हुन्छ भने कानूनमा समाज सुधारका कुरा हुन्छ तर व्यक्ति व्यक्ति मिलेर नै समाज बने भएकाले धर्मले पनि समाजकै सुधार गर्ने हो । यसकारणले हिन्दु धर्म मात्र पुजा पाठ गर्ने, जाति व्यवस्था र छुवाछुत, महिलाप्रति विभेद, अन्धविश्वस र कर्मकाण्डको व्याख्यामात्र होइन् यसमा हाम्रो समाजको बुझाइमा फरकमात्र हो । कुनै समाजमा जातिय छुवाछुत धर्मका आधारमा नभर्इ कर्म-कार्यका आधारमा गरिएको नामाकरणलार्इ समाजमा रहेका शोषक तथा समन्ती वर्गहरुले शोषन र आफूलार्इ समाजमा प्रतिस्थित राख्नका लागि कर्मलार्इ धर्मका नाम दिएको पाइन्छ भने महिलाहरूलार्इ मासिक धर्मका समयमा धेरै गाह्रो हुने हुदा आराम गर्न भान्छाका काम पुजा पाठ आदि विभिन्न कार्य नगर्न र नगराउनका लागि यहा पनि कानूनी ऐन नियम भन्दा पनि महिलाको सम्मान तथा आरामका लागि मासिक धर्मका समयमा केही गर्न नदिएको लार्इ पनि महिलाप्रति विभेद भनि व्याख्या गरिएको पाइन्छ । हिन्दु धर्मका कुनै ग्रन्थहरूमा सती प्रथा, बालविवाह जस्ता कुराहरूलार्इ वाध्यकारी रूपमा प्रस्तुत गरेको पाइदैन् ।
|
आश्रम |
उमेर सीमा (प्रायः) |
उद्देश्य |
प्रमुख कार्यहरू |
|
१. ब्रह्मचर्य आश्रम |
० – २५ वर्ष |
शिक्षा र आत्मसंयम |
अध्ययन, गुरुकुल बसाइ, शास्त्र ज्ञान, ब्रह्मचर्य पालन |
|
२. गृहस्थ आश्रम |
२५ – ५० वर्ष |
परिवार र समाजसेवा |
विवाह, सन्तान, जीविका, यज्ञ-दान, समाज र परोपकार |
|
३. वानप्रस्थ आश्रम |
५० – ७५ वर्ष |
वैराग्य र साधना |
संसारबाट अलिक टाढा, ध्यान, अध्ययन, तीर्थ यात्रा |
|
४. संन्यास आश्रम |
७५ वर्षपछि |
मोक्ष प्राप्ति |
सम्पूर्ण त्याग, ध्यान, आत्मज्ञान, ब्रह्मसाक्षात्कारको प्रयास |
स्रोतः- मनु स्मृति ६.१–६.९७ मा चार आश्रमहरू (ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, संन्यास
यही कारणले पनि हिन्दु धर्ममा बाल विवाहको बाध्यकारी रूप व्याख्या गरेको पाइन्दैन् । जुन समाजमा कानूनी व्याख्या भन्दा पनि व्यक्ति विषेश व्याख्या गरेको देखिन्छ । कुनै सोच विचारमा राख्नु र त्यस अनुसार कार्यहरू गर्दै जानुलार्इ नीति नियमको निरन्तर्ता मात्र हो यसमा कर्मकाण्ड भन्नाले धर्म अनुसार गरिने विविध आचार, अनुष्ठान, पूजा, विधि-विधान तथा धार्मिक प्रक्रियाहरूलार्इ जनाउनेमात्र नभर्इ धार्मिक कर्मकाण्ड कानूनी रुपमा अध्ययन गर्दा विवाह भन्नाले विवाह दर्ता, जन्म संस्कार भन्नाले जन्म दर्ता प्रमाणपत्र, मृत्यु संस्कार भन्नले मृत्यु दर्ता, सम्पति संस्कार भन्नाले वसियत,उक्तराधिकारी कानून, पुजा-पाठ भन्नाले सार्वजनिक आचरण तथा सार्वजनिक व्यवस्थापन भने बुझिन्छ । यसकारणले हिन्दु धर्म शास्त्र मात्र पुजा-पाठ, अनुस्थान, रूठिवादि, संकोचित विचारधारा बोकेको लिपिवद् गन्थ भन्दा पनि हिन्दु धर्म शास्त्र कानूनी दस्तावेज ऐन नियम तथा समाजिक व्यवस्थाको रुप हो।
