मार्चपास प्रतियोगितामा विनायक शिक्षा निकेतन तृतीय
पुष १, २०८२, मङ्गलबार | साँझ ०६:२२ बजे | 270
मध्यपुर ठिमी
मध्यपुर ठिमी नगरपालिकाको आयोजनामा भएको चौथो राष्ट्रपति रनिङशील प्रतियोगिताको उद्घाटन समारोह को दिन भएको मार्चपास प्रतियोगितामा ३१ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेकोमा प्रथम स्थान आदर्श मावि सानोठिमी, द्वितीय स्थानमा भक्तपुर निस्ट, तृतीय स्थानमा विनायक शिक्षा निकेतन र सान्त्वना पुरस्कार हर्मन माइनर एसओएस ले जित्न सफल भएको छ। कार्यक्रमको उद्घाटन मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठज्यूले गर्नुभएको थियो। विजयी विद्यालयहरूलाई प्रमुख अतिथि मेयर विशिष्ट अतिथि उपमेयर तथा कार्यकारी अधिकृत ज्यूहरूले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो। आजदेखि सुरु भएको राष्ट्रपति रनिङशील खेलकुद प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ।
फाेटाेमा हेर्नुहाेस्...
