अग्रेजी माध्यमको दलित प्राथमिक विधालय किन र कसले संचालन गरे?
मंसिर २८, २०८२, आइतबार | साँझ ०५:५४ बजे | 585
फतुवाबिजयपुर नगरपालिका वडा नं २ सितलपुर गाँउमा २०६७ सालतिर एक मात्र मा.वि विधालय थियो तर मा.वि दिनप्रतिदन अव्यस्थित बन्दै गएपछि गाँउको वच्चाहरुको भविष्य अन्धकारमा जान्छ, सबै सर्वसधारण जनताले आफ्नो छोराछोरीलाई बाहिर पढाउन सक्दैन भन्ने डरले निजी विधालय न्यू गोल्डेन फ्यूचर ईंगलिस बोर्डिन स्कुल का संचालक सियाराम महतो कोईरीले निजी विधालय भएकै जग्गा दान दी अंग्रेजी माध्यम पठनपाठन हुने गरी आफू पिसिएफ कोटा मा रहेर श्री दलित प्राथमिक विधालय संचालन मा ल्याए। दलित विधालय संचालन हुदै गर्दा निजी स्कुलकै विधार्थी र अन्य विधार्थी गरी २५०-३५० भन्दा बढी विधार्थी संख्या बढदै गयो। तर विधालय को लागि नेपाल सरकारले जम्मा २ कोठा को भवन निर्माण गरे र त्यो पनि अधुरो रहयो। विधार्थीलाई बस्न समेत ठाँउको अपुग भएपछि विधार्थी संख्या घटन थाले। यहाँ बाट उतीर्ण गरेर गएका सितलपुर, बैरगनियाका ८० % विधार्थीहरु अन्त पनि राम्रो गरेको देखेपछि विधालयको भौतिक संरचना को लागि बारमबार पहल गर्दा पनि स्थानिय सरकारले एक रुपैया समेत लगानि गरेनन तर पिसिएफ कोटामा रहेका स्थांपकको बिधाल्य जसरी पनि बन्द गराउने उद्धेश्यले तलब समेत रोक्का गरे। संस्थापक यादव नभई अन्य जात रहेको र दलितको नाममा विधालय खोलेकै कारण राजनीतिक दबाब, चलखेल भए हुदाँ पनि आफु बच्चाहरुको भविष्य न बिग्रोस भनेर बिना तलब वर्षौ देखी निरन्तर आफ्नो भुमिका निर्वाह गर्दै आएका छन्।
केही वर्ष अगाडि राजनीतिक चलखेल बाट नै नयाँ प्रधानाध्यापकको रुपमा श्री राजेन्द्र हजरा उपस्थित भए। हजरा उपस्थित भएपनि बिधार्थीहरु नटेर्ने सबैले संस्थापकलाई नै खोज्ने उहा बिना विधाल्यमा अनुशासन हिन बन्दै गएपछि आफूलाई राजनीतिक दबाब गरेर जति तिरस्कार गरे पनि फेरी फर्केर विद्यालयको अनुशासन, देखरेखमा र विधाल्य को व्यस्थापनमा ठूलो भुमिका निर्वाह निरन्तर गरिरहे।
केही दिन अगाडी वडा अध्यक्ष एजना पत्रकारलाई लिएर दलित विधालय अनुगमको लागि पुगे। त्याहा पुगे पछि आफू जनप्रतिनिधि भएको समयदेखी विधालयको लागि एक रुपैया न छुट्याएका अध्यक्षले प्रधानाध्यापकलाई धम्काउदै १७ वर्षको उपलब्धी के हो देखाऊ र पिसिएफ कोटा बाट रहेका संस्थापक लाई राजनीतिक चलखेल कै कारण तलब रोक्का गरेको दलित बिधालय बन्द गर्ने मन्साय बोकेका अध्यक्षकले वर्षौ देखी संस्थापकले पढाए वापत तलब नपाए पनि सेवा दिदै आएका संस्थापकलाई तपाईलाई सरकारले कुनै न्यूक्ति दिएको छैन चुपलागेर बस्नुस भन्दै उच्च स्वरले झपारे।
विधालयमा झ्याल ढोका र पर्खाल नभएको कारण फर्निचरका सबै समाग्रीहरु चोर्ने, तोडफोड गर्ने भएकोले विधालयमा केही बाकि छैनन् तर आज सम्म कुनै पनि जनप्रतिनिधि वा नेपाल सरकारले समेत १ रुपैया बजेट छुट्याएन। अध्यक्षले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार विधालय व्यस्थापन गर्नुको सट्टा विधालयमा मिडिया बाजि गर्ने आफू जिम्मेवार अध्यक्षको रुपमा छु भन्दै दलित विधालय मा क्यामरा देखाउदै जनतलाई भ्रमित पारदै आएकाछन्। पत्रकारको रुपमा चिनिने कृष्ण तिवारीले पनि वास्ताविकता देखाउनुको सट्टा अध्यक्षसँग को मिलोमतोमा मिडिया को नै बदनामी गराएका छन। बेलुका पत्रकार तिवारीले बाटोमा एकजाना कपडा तस्करसँग पैसा लिरहेको अवस्थामा स्थानीय यूवाहरुले भिडियो बनाउदा उल्टै फोन खोस्ने प्रयास समेत गरेको भिडीयो सार्वजनिक भएको छ।
बिधालय को भिडियो सार्वजनिक भएपछी प्रधानाध्यापक र जग्गादाता माथि अन्याय भएको र अध्यक्षको दादा गिरि रहेको कारण जेन जेड २.० रौतहट जिल्ला संयोजक सोनु कुशवाहा भोलि पल्ट विधालयको वास्तविकता के हो बुझ्न पुगेका थिए। जेनजी अभियनता कुशवाहाले अध्यक्षले आफ्नो जिम्मेवारी पुरा गर्नुको सट्टा धमकाएको र गलत पत्रकारिता गरेको बताए। कुशवाहाको अनुसार वास्तविकता माथिको कुराहरु नै रहेको जानकारी दिए। । विधालहरु अव्यवस्थित भएको कारण जेन जेड २.० केन्द्रिय सचिव आफ्नो जिल्ला शिक्षाको क्षेत्रमा पिछडिएको कारण जिल्ला भरी नै विधालय सुधारका लागि अभियान सुरु गेरोको जानकारी गराए। जिल्ला संयोजक कुशवाहा श्री दलित प्रा.वि मा पनि पुगेर विधालयमा पुगेर विद्यालयमा पछिल्लो समय देखिएका विभिन्न अव्यवस्थित वातावरणहरूको कारण विद्यार्थीको भविष्यमा गम्भीर असर परिरहेको भन्दै यस ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएका थिए । पत्रमा उल्लेखित माग हरु यसप्रकार रहेको छ।
अव्यवस्थित वातावरण, कक्षाकोठाहरूको नियमित अनुगमनको अभाव, समय को अव्यस्थित तालिका, शिक्षक–विद्यार्थी सम्बन्धमा देखिएको दूरीजस्ता कारणहरूले विद्यार्थीहरूको भविष्यसँग निरन्तर खेलवाड भइरहेको महसुस गरिँदै आएका छौ। यस्ता समस्याहरूले विद्यालयप्रतिको विश्वास कमजोर बनाउनुका साथै विद्यार्थीहरूको शैक्षिक प्रगति तथा मनोबलमा गम्भीर प्रभाव पारेको छ।
त्यसैले, निम्न बुँदाहरूमा तत्काल सुधारा गर्नको लागि हार्दिक अनुरोध गर्दछौँ—
विद्यालयको समग्र अनुशासन, स्वच्छता तथा दैनिक व्यवस्थापन कडाइका साथ लागू गर्न।
शिक्षक समय मा उपस्थित नभए कारवाही गर्न।
कम्प्युटर प्रयोगशाला , विज्ञान प्रयोगशाला र पुस्तकालय को व्यवस्था सम्बन्धी
खानेपानी, शौचालय को व्यवस्थापन सम्बन्धी
कक्षाकोठामा शिक्षक र विद्यार्थीलाई मोबाइल निषेध सम्बन्धमा
स्यानेट्री प्याडको व्यवस्थापन सम्बन्धमा
दिवाखाजा मा पौष्टिक आहार समावेश
विधालयमा लागू पदार्थ नियन्त्रण सम्बन्धमा
बालविकास कक्षा कोठामा कार्पेट को व्यवस्था सम्बन्धमा
शिक्षक तथा विद्यार्थी को पोशाक, कपाल इत्यादि मेन्टेन गर्नु पर्ने सम्बन्धमा
हामी सबैको साझा उद्देश्य एक—सुरक्षित, अनुशासित, गुणस्तरीय र विद्यार्थीमैत्री शिक्षा वातावरण सिर्जना गर्नु हो। हामी निरन्तर शिक्षाको क्षेत्रमा सुधारको लागि जनचेतना कार्यक्रम गरिरहने छौ।
फाेटाेमा हेर्नुहाेस्...
