मथुरा भट्टराईकृत ‘पहिलो पाइला’ साइनो कविता सङ्ग्रह विमोचन गर्दै बाबुराम भट्टराईको १६ औं स्मृति दिवस सम्पन्न


मंसिर २६, २०८२, शुक्रबार | साँझ ०४:०३ बजे | 220


मथुरा भट्टराईकृत ‘पहिलो पाइला’ साइनो कविता सङ्ग्रह विमोचन गर्दै बाबुराम भट्टराईको १६ औं स्मृति दिवस सम्पन्न

जयराम बिडारी

मंसिर, काठमाण्डौ प्राविधिक शिक्षाका अभियन्ताका रुपमा परिचित पुल्चोक इन्जीनियरिङ क्याम्पसका पूर्व डीन तथा इन्जिनियर स्वर्गीय बाबुराम भट्टराईको १६औं स्मृति दिवसमा स्मृति पुरस्कार वितरण तथा मथुरा भट्टराईकृत ‘पहिलो पाइला’ साइनो कविता सङ्ग्रह विमोचन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा रहेका डा. सुनिलबाबु श्रेष्ठले जापानमा विकसित भएको हाइकु संसार प्रशिद्ध भए जस्तै नेपाली माटोको सुगन्धलाई नजिकबाट महसुस गरी स्रष्टा मथुरादेवी भट्टराईले पहिलो पाइला नामक कोशेली नेपाली साहित्य भण्डारलाई समर्पण गरेकामा सन्तोष व्यक्त गर्दै यस्ता रचनात्मक कर्म निरन्तर गरिरहनु पर्ने बताए । साथै उनले इन्जीनियरिङ शिक्षाका लागि बाबुराम भट्टराईको योगदानलाई समेत चिरकालसम्म स्मरण गरिरहने बताए । कार्यक्रममा विपद व्यवस्थापन केन्द्रका निर्देशक डा. वसन्तराज अधिकारीद्वारा हिमालयमा विपद जोखिम न्यूनीकरण गर्नका लागि भू-जोखिम अनुसन्धानको महत्व विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र प्रस्तुत गर्ने क्रममा प्राविधिक शिक्षाको महत्व र यसको समुचित उपयोगले कतिपय अवस्थामा जोखिम न्यूनीकरण गर्नमा यथेष्ट योगदान पुग्ने तथ्य सार्वजनिक गर्दै आफ्ना कतिपय अनुसन्धानका सामग्रीलेी मानवीय क्षति पुग्नबाट जोगाउन सकिएको उदाहरण समेत प्रष्ट पारे । उनले प्राविधिक रुपमा हामीसंग ३ हजार मिटर भन्दा माथीको (मेडरमेन्ट) गर्ने इक्युपमेन्ट नै नभएकोले सेटलाइटमा निर्भर रहनुपर्नेा बाध्यता रहे पनि दोधारा चाँदनीमा कुनै समयमा २४ घण्टामा ६२४ मिलिमीटर पानी पर्दा समेत त्यसको पूर्वानुमान गर्न सकिएकोले मानवीय नोक्सानीा खेप्नु नपरेको सन्दर्भलाई समेत प्रष्ट पारे । यसैगरी अर्का कार्यपत्र प्रस्तोता डा.जगतकुमार श्रेष्ठले पूर्व डीन बाबुराम भट्टराईको आईओएम स्वायत्तताप्रति दृष्टिकोणका बारेमा प्रकाश पार्दै विश्वविद्यालयमा देखिएको राजनैतिक हस्तक्षेपले शैक्षिक गतिविधिमा गलत प्रभाव पारेको अवस्थामा बाबुराम भट्टराईले स्पष्ट दृष्टिकोणका साथ प्रभावकारी गतिविधि सञ्चालन गरेको दृष्टान्त प्रस्तुत गरे । उनले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने क्रममा बाबुराम भट्टराईले आफ्नो जीवनको अन्तिम घडीमा समेत स्पष्ट अडानका साथ आइओएमलाई स्वायत्ता प्रदान गर्नका लागि लडिरहेको समेत बताए । उक्त अवसरमा २०८२ को कम्प्युटर इन्जीनियरिङ्ग तर्फको प्रवेश परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छात्रा ऋतु अधिकारीलाई इन्जीनियरिङ्ग नगद राशी सहित प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो । सो अवसरमा सम्मानित छात्रा अधिकारीले प्रतिष्ठान परिवारको प्रशंसा तथा आभार व्यक्त गर्दै यस्तो प्रेरणात्मक पुरस्कारको इज्जत जोगाउनका लागि पनि आगामी दिनमा अझै थप मेहनतका साथ अध्ययनमा तल्लीन रहि ईमान्दार प्रयास गरिरहने बताएकी छन् । सोही अवसरमा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत मञ्चासीन विशिष्ट व्यक्तित्वहरुद्वारा मथुरा भट्टराईकृत ‘पहिलो पाइला’ साइनो कविता सङ्ग्रह विमोचन गरिएको थियो । विमोचित कृतिबारे टिप्पणी गर्दै प्रा. डा. राजेन्द्र प्रसाद अधिकारीले विगत लामो समयदेखि बालसाहित्य, समालोचना,एवं अनुसन्धानात्मक लेखनमा सक्रिय र स्थापित लेखकीय क्षमताले परिचित मथुरादेवी भट्टराईको कृतिगत रुपमा पहिलो कृति पहिलो पाइला साइनो कविता सङ्ग्रह नेपाली साहित्यमा सशक्त कविका रुपमा परिचित गराउन सफल हुने बताउँदै विनम्र र सरल व्यक्तित्वका रुपमा परिचित भट्टराई साहित्यको प्रतिबिम्बित गराउन अनुभवले निखारिएकी कविको रुपमा समेत चिनाउन सफल हुने भन्दै हार्दिक बधाई तथा कृति सफलताका लागि शुभकामना व्यक्त गरे । यसैगरी बाल साहित्यकार तथा साइनो कविताका प्रवर्तक डा.छायादत्त न्यौपानेले नेपालबाट प्रादुर्भाव भएको साइनो अभियान विश्वको १३० भाषामा प्रयोग गरिएको एक सशक्त अभियानका रुपमा सक्रिय रहेको उल्लेख गर्दै जापानबाट सुरु गरिएको हाइकु जस्तै साइनो अभियान समेत प्रशिद्धिको उच्च चरणमा रहेको बताए । लेखनका विविध विधामा सक्रियतापूर्वक कलम चलाई रहेकी भट्टराइले कृतिगत रुपमा साइनो विधा रोजेर पहिलो पाइला प्रकाशन गर्नु साइनो अभियानको समेत ठूलो उपलब्धि रहेको बताउँदै कृति सफलताका लागि शुभकामना र आगामी दिनमा सिर्जनशील निरन्तरताका लागि शुभकामना व्यक्त गरे । यसैक्रममा डा.सावित्री श्रेष्ठद्वारा सम्झना कामको अनि सम्मान कर्मको भन्दै बाबुराम भट्टराईको सत्य निष्ठा र पुल्चोक क्याम्पसको उत्थानको लागि इमान्दार प्रयास गर्दा गर्दै इहलीला समाप्त भएको प्रसंग स्मरण गर्दै पुल्चोक क्याम्पस आवास गृहमा रहदा उॅंहा हाम्रा अभिभावक जस्तो रहेकोा प्रसंग सुनाउँदै प्रथम पाईला पुस्तकको सफलता को सुभकामना व्यक्त गरिन् । बाबुराम भट्टराई स्मृति प्रतिष्ठानकी संरक्षक मथुरादेवी भट्टराईद्वारा स्वर्गीय बाबुराम भट्टराईको स्मृति दिवसले पीडा र खुशी दुवैको सम्झना गराउने कुरा उल्लेख गरिएको थियो । संस्थाको माध्यमवाट २०७३ सालदेखि इन्जिनियरिङ्ग विषय अध्ययन तथा क्षमता प्रस्तुत गरेका र बिशिष्टता हासिल गरेका विद्यार्थीहरुलाई सम्मानित गर्न पाउँदा अपार खुशी लागेको बताउँदै सामान्य टेलिफोनका भरमा कार्यक्रममा उपस्थित भई सफलतापूर्वक सम्पन्न गराउने सम्पूर्ण अभ्यागत महानुभावहरु प्रति आभार व्यक्त गरिएको थियो । कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रका लागि डा.जगतकुमार श्रेष्ठ तथा डा. वसन्तराज अधिकारी लगायत प्रमुख अतिथि विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरि सम्मानित गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष प्रा. रामचन्द्र सापकोटाको सभापतित्व, विशिष्ट अतिथि पुल्चोक इन्जिनियरिङ कलेजका डीन प्रा.डा. सुशील बज्राचार्य, सहायक डीन प्रा.डा विनोद भट्टराई सहायक डीन सुरज लामिछाने,सहायक डीन बाबुराम दवाडी,क्याम्पस प्रमुख डा.सञ्जय उप्रेतीको आतिथ्यमा सम्पन्न कार्यक्रममा बाबुराम भट्टराईको योगदानका बारेमा परिचर्चा गरिएको थियो । सो अवसरमा पुल्चोक इन्जिनियरिङ कलेजमा लामो समयदेखि कुशलतापूर्वक कार्य गरेकी ज्वालादेवी चित्रकारलाई नगद राशी सहित दोसल्ला र प्रमाण पत्र द्वारा सम्मानित गरिएको थियो । सम्मानित चित्रकारले आफुले कार्य सम्पादन गर्ने क्रममाा बाबुराम भट्टराईसंगको सहकार्य सुनौलो दिनको रुपमा रहेको स्मरण गर्दै उहाँको सोह्रौं स्मृति दिवसमा वहाकै प्रतिष्ठानद्वारा सम्मानित हुन पाउँदा अत्यन्तै पुलकित रहेको बतााइन् । पुल्चोक इन्जीनियरिङ क्याम्पसमा प्रतिष्ठानका सदस्य केशवकुमार श्रेष्ठले बाबुराम भट्टराई स्मृति प्रतिष्ठानका बारेमा चर्चा गर्दै आतिथिहरुलाई स्वागत गरेका थिए । आकृति पाण्डेद्वाराा कुशलतापूर्वक सहजीकरण गरिएको उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो

फाेटाेमा हेर्नुहाेस्...

मथुरा भट्टराईकृत ‘पहिलो पाइला’ साइनो कविता सङ्ग्रह विमोचन गर्दै बाबुराम भट्टराईको १६ औं स्मृति दिवस सम्पन्न
मथुरा भट्टराईकृत ‘पहिलो पाइला’ साइनो कविता सङ्ग्रह विमोचन गर्दै बाबुराम भट्टराईको १६ औं स्मृति दिवस सम्पन्न

Comments