सकियो भक्तपुर जग्गा तथा आवास विकास संघको योजना तर्जुमा कार्यशाला गोष्ठी
मंसिर २५, २०८२, बिहीबार | साँझ ०५:२९ बजे | 280
भक्तपुर । भक्तपुर जग्गा तथा आवास विकास संघलाई जग्गा तथा आवास क्षेत्रको उत्कृष्ट संस्था बनाउने लक्ष्य अनुरुप संस्थाको भावि योजनाहरु तय गर्न एक दिने योजना तर्जुमा गोष्ठी मिति २०८२ मंसिर २५ गते बिहीवार भक्तपुरको रानिकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टमा आयोजना भयो । संघको तेश्रो वार्षिक साधारण सभा संगै सम्पन्न भएको अधिवेशनबाट गठन भएको नया“ कार्यसमितिले आगामी दिनहरुमा गर्ने गतिविधिहरु तय गर्न उक्त कार्यशाला गोष्ठी आयोजना भएको हो ।
गोष्ठीका सहभागीहरुले संघको सदस्यता वृद्धि, सदस्यहरुलाई दिइने सेवा सुविधा, संघको आर्थिक विकास, सूचना प्रवाह लगायत व्यवसायीहरुको समस्या समाधान तथा व्यवसाय प्रवध्र्दनका लागि सदस्यहरुको क्षमता अभिवृद्धिका लागी गर्नेे कार्यहरुको योजना तयार पारेका छन् । त्यसै गरी यस संघले आगामी ५ वर्षमा आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने सम्बन्धमा भिजन पनि प्रस्तुत गरेका छन् ।
उक्त अवसरमा संघका अध्यक्ष श्री राधेसुन्दर सा“यजुले व्यावसायिक एकता नै आजको आवश्यकता भएको बताउनुहुंदै घर जग्गा व्यवसायको क्षेत्रमा देखिएका समस्याहरुलाई सामूहिकरुपमा पैरवी गर्न संघले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।
यसैगरी संघका संस्थापक अध्यक्ष एवं नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव श्री रोसन भयोध्योले संघ स्थापनाको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी गराउ“नुहुंदै संघलाई मुलुककै नमूना संघको रुपमा विकास गर्न आगामी दिनहरुमा गर्नु पर्ने कार्यहरुका बारेमा सुझाव प्रस्तुत गर्नु भएको थियो ।
यसै गरी उक्त गोष्ठीमा संघका सल्लाहकार एवं भक्तपुरका प्रतिष्ठित व्यवसायी श्री राम सुन्दर बकेले जिल्लाका सबै तह र तप्काका घरजग्गा व्यवसायीको समस्या सम्बोधन गर्न सक्ने साझा संघको रुपमा भक्तपुर जग्गा तथा आवास विकास संघलाई विकास गरिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा संघका पदाधिकारीहरु, कार्यसमिति लगायत अन्य सदस्यहरु, सल्लाहकारहरु र सचिवालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा संघसंस्था व्यवस्थापन विज्ञ श्री उत्तम झाले संघ व्यवस्थापनका सम्बन्धमा प्रस्तुतिकरण गर्नुका साथै योजना तर्जुमामा सहजिकरण गर्नु भएको थियो ।
