टिबुक्छेंको कुमारी द्योछेंको पुननिर्माण सुरुः इटा, माटो, काठको प्रयोग गरी पुरानै शैलिमा बनाइने 


मंसिर १९, २०८२, शुक्रबार | राति ०९:२५ बजे | 290


टिबुक्छेंको कुमारी द्योछेंको पुननिर्माण सुरुः इटा, माटो, काठको प्रयोग गरी पुरानै शैलिमा बनाइने 

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ५ टिवुक्छेंस्थित कुमारी द्योछें (कुमारी घर)को पुननिर्माण सुरु भएको छ । भक्तपुर नगरपालिकाकी उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशीले शुक्रबार एक समारोहवीच द्योछेंको शिलान्यास गरिन् । 
कुमारी घर पुननिर्माणका लागि स्थानीय चिनियालाल माकको अध्यक्षमा उपभोक्ता समिति गठन गरिएको छ । श्री श्री श्री एकान्तकुमारी आमग द्यो छे मर्मत कार्य उपभोक्ता समिति टिबुक्छें ५ भक्तपुर नामको उपभोक्ता समितिकै अगुवाईमा जगदेखि नै भत्काएर कुमारी घर पुननिर्माण हुन थालेको हो ।
कुमारी घर ढलान गरी बनाइने छैन । इटा, माटो र काठको प्रयोगबाट परम्परागत शैलिमा कुमारी घरको पुननिर्माण गरिने जनाइएको छ । कुमारी घर पुरानै स्वरुपमा तीन तल्लामा बनाइनेछ । 
कुमारी घर बनाउन स्थानीयबासीले दसैंबाट चन्दा संकलन गर्न थालेको थिए । श्री श्री श्री एकान्तकुमारी आमग द्यो छे मर्मत कार्य उपभोक्ता समिति टिबुक्छें ५ भक्तपुरका अध्यक्ष चिनियालाल माकले सक्नेसँंग सक्ने सहयोग चन्दा संकलन कार्य दसंैदेखि थालेको जानकारी गराए । चन्दा दिनेहरुमा घटीमा एक सय रुपैयाँंदेखि वढीमा ५० हजारसम्म पनि छन्, उपभोक्ता समितिका अध्यक्ष माकले भने, हालसम्म चन्दाबाट आठ लाख ३२ हजार १७ रुपैयाँं पैसा संकलन भएको छ । यसमध्ये वडा कार्यालयबाट एक लाख ५० हजार प्राप्त भएको जानकारी उनले गराए । 
अहिलेसम्म सवैभन्दा धेरै चन्दा उपलव्ध गराउने रविन माकले ऐतिहासिक कुमारी द्योछें पुननिर्माणका लागि कुनै स्वार्थ नहेरी आफूले सहयोग गरेको सुनाए । अन्य ठाउँंहरुमा भए केही सहयोग गरयो कि त्यसको कुनै स्वार्थ राखेको हुन्छ, उनले भने, हाम्रो भक्तपुरमा त्यस्तो छैन, जे सकिन्छ शुद्ध मनले सहयोग गरिन्छ । 
उदघाटनपछि भएको कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुक्छें, चण्डेश्वरी दाफाका जेक्ष् नागरिक आसबहादुर माक, वडा सदस्य नारायणप्रसाद त्वानाबासु, उपभोक्ता समितिका कोषाध्यक्ष कृष्णराम माकलगायतले पुननिर्माण थालिएको कुमारी द्योछेंका विविध विषयमा चर्चा गरेका थिए । 
भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ५  टिबुक्छैं स्थित कुमन्नीमा दशैको नवमीको दिन एक विशेष कुमारीको आगमन हुन्छ । स्थानीय भाषामा आगम द्यो जुन जिवित देवी कुमारीकै एक विशेष बास्तविक कुमारीको रुप हो भन्ने कुरा कुमन्नीका स्थानियको भनाई रहेको पाइन्छ । कुमन्नीका माक, सिन्ताकल र ध्वोजु थरकाले मात्र दर्शण गर्न मिल्ने कुमारीका रुपमा आगम द्यो रहेको पाइन्छ । उक्त कुमारीलाई अरू कसैले दर्शण गर्न नपाउने भने कुरा परम्परादेखि नै चल्दै आएको भन्ने जानकारी कुमारीका गुमाजुले दिएका छन् । केसैले दर्शन गरेको खण्डमा अनिष्त हुने जनविश्वास रहेको पाइन्छ । 
 

फाेटाेमा हेर्नुहाेस्...

टिबुक्छेंको कुमारी द्योछेंको पुननिर्माण सुरुः इटा, माटो, काठको प्रयोग गरी पुरानै शैलिमा बनाइने 

Comments