झ्याउरे कविता विमर्श तथा झ्याउरे कविता वाचन सम्पन्न
मंसिर १९, २०८२, शुक्रबार | दिउँसो ०१:०० बजे | 130
जयराम बिडारी
काठमाण्डौ
नेपाल प्रज्ञा–प्रतिष्ठान र काव्यघर नेपाल मिडिया प्रा. लि को संयुक्त आयोजनामा झ्याउरे कविता विमर्श तथा झ्याउरे कविता वाचन कार्यक्रम सम्पन्न गरिएको छ । सो अवसरमा झ्याउरे महाकाव्यकारका रुपमा रेणुका भट्टराईकृत ‘’जमुन’’ महाकाव्य तथा नेपाली प्रतिनिधि मूलक झ्याउरे कवितासङ्ग्रहको लेकार्पण कार्यक्रम सम्पन्न गरिएको छ । आइतवार प्रज्ञा प्रतिष्ठानस्थित देवकोटा प्रेक्षालयमा कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा साहित्यकार तथा पत्रकार रेणुका भट्टराईको सभापतित्वमा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीको विशेष आतिथ्मा समीक्षकद्वय प्रा. डा. रमेशचन्द्र अधिकारी तथा हरि मञ्जुश्री लगायत उल्लेख्य साहित्यानुरागीको समुपस्थितिमा ‘झ्याउरे कविता बाचन एवं कृति लोकार्पण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि भूपाल राईले ‘’सबै भाषा,सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान” भन्ने मूल नारा अंगिकार गरेको प्रतिष्ठानले नेपाली मौलिकता बोकेको झ्याउरे विधाको उत्थानमा सहकार्य गर्नु प्रतिष्ठानको उद्देश्य रहेको विचार व्यक्त गरे ।उनले सोही क्रममा झ्याउरे विधामा लेखिएका कविताको सम्वर्द्वनमा क्रियाशीलता , यसको उत्थानमा समर्पित साहित्य सृजना र पत्रकारिता क्षेत्रमा समेत सक्रिय रेणुका भट्टराईको उर्जावान कर्मले गर्दा प्रतिष्ठान- ले काव्यघर मिडिया संग सहकार्य गरिएको बताए । कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष तथा समीक्षक हरि मञ्जुश्रीले नेपालको प्रतिनिधि झ्याउरे कविताका बारे प्रकाश पार्दै नेपाली लोकलय ‘झ्याउरे’ वैदिक कालभन्दा पुरानो हो । इन्द्रेणीका सात रङ जस्तै झ्याउरे लोकलयबाटै सबैभन्दा पुराना मानिएका गायत्री, त्रिष्टुप्, जगति, अनुष्टुप्, पङ्क्ति, वृहति र उष्णिक् नामक सात शास्त्रीय छन्द बनेका हुन् । उनले वेद विश्वको सबैभन्दा पुरानो ग्रन्थ मानिएकाले त्यहाँ प्रयोग गरिएको झ्याउरे नामक नेपाली लोकलय विश्वका पुराना लोकलयमध्ये एक हो भन्न सकिने आधारहरू प्रस्तुत गर्दै रेणुका भट्टराईलाई कृति सफलताका साथै झ्याउरे अभियानको शुभकामना व्यक्त गरे । कार्यक्रमका जमुन महाकाव्यका बारेमा प्रकाश पार्दै प्रा.डा. रमेशचन्द्र अधिकारीले झ्याउरे छन्दका पहिलो महकाव्यकारका रुपमा रेणुका भट्टराई नयाँ पहिचान निर्माण गर्न सफल भएकामा हार्दिक बधाई र शुभकामना व्यक्त गरे । उनले नेपाली लोक पहिचानको पर्यायवाचीका रुपमा परिचित झ्याउरे छन्द र लयको उत्थानमा क्रियाशील,साहित्य सृजना र पत्रकारिताका क्षेत्रमा समेत समर्पित रेणुका भट्टराईको योगदान प्रशंसनीय रहेको बताउँदै समुज्वल भविष्यको शुभकामना व्यक्त गरे ।साथै नेपाली मौलिक मुटुको स्पन्दन झ्याउरेलाई देवकोटाले मुनामदनबाट शुरु लेखन कार्यलाई रेणुका भट्टराईको सक्रियतामा पुनर्जागरण ल्याउने कार्यमा सवैले यथासक्य साथ, सहयोग र हौसला पुर्याइ झ्याउरे लेखनलाई अझै प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । सदस्य सचिव धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा मौलिक र परम्परागत कविता झ्याउरे संरक्षण गर्दै नयाँ पुस्तामा सम्प्रेषण गर्ने एउटा सर्थक प्रयास र सदिक्षा प्रशंसनीय रहेको भन्दैा यस्ता अभियानमा सवैको साथ सहयोग र हौसला प्रदान गर्नुपर्ने बताउँदै साहित्यिक सृजनामा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष तथा समीक्षक हरि मञ्जुश्रीले नेपाली लोकलय ‘झ्याउरे’ वैदिक कालभन्दा पुरानो हो । इन्द्रेणीका सात रङ जस्तै झ्याउरे लोकलयबाटै सबैभन्दा पुराना मानिएका गायत्री, त्रिष्टुप्, जगति, अनुष्टुप्, पङ्क्ति, वृहति र उष्णिक् नामक सात शास्त्रीय छन्द बनेका हुन् । उनले वेद विश्वको सबैभन्दा पुरानो ग्रन्थ मानिएकाले त्यहाँ प्रयोग गरिएको झ्याउरे नामक नेपाली लोकलय विश्वका पुराना लोकलयमध्ये एक हो भन्न सकिने आधारहरू प्रस्तुत गर्दै रेणुका भट्टराईलाई कृति सफलताका साथै झ्याउरे अभियानको शुभकामना व्यक्त गरे । सो अवसरमा झ्याउरे कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता एवं कार्यक्रमकी सभापति रेणुका भट्टराईले अभ्यागतहरुलाई धन्यवाद ज्ञापन गर्दै काव्यघरको यहाँसम्मको यात्रामा सदैव साथ सहयोग र हौसलार प्रेरणाका लागि समेत आभार व्यक्त गर्दै झ्याउरे अध्ययन र अनुसन्धानका लागि प्रस्तुत दुवै कृति महत्वपूर्ण दस्तावेजको रुपमा रहेको विचार व्यक्त गरिन् । निरन्तरको साहित्यिक कर्म र विगतको संघर्षले आजको यो उपलब्धि समाजका लागि समर्पित गर्न पाएकोमा खुशी व्यक्त गर्दै यथोचित प्रतिक्रिया समेतको अपेक्षित रहेको बताइन् । उक्त कार्यक्रममा कलानिधि दाहाल, उत्तम विचार,मुरारी रायमाझी,गोपाल थपलिया,रामचन्द्र गौतम,कमल रिसाल,इन्दुल केसी , मञ्जिला अनिल-जमुनाबाट वाचन,रुवी सत्यालको युगल वाचन,क्रान्ति पराजुली,रणबहादुर बुढाथोकी ,चन्द्रा न्यौपाने,अमर अधिकारी,मिरा काफ्ले पोख्रेल, गङ्गा कर्माचार्य पौडेल,नरहरि प्रेमी,इन्दु पन्त लगायतले रचना वाचन गरेका थिए । बालसंस्कार डट.कमका प्रवन्ध निर्देशक गङ्गा खतिवडाले सहजीकरण गरेको सो कार्यक्रममा संगीतकार नरहरि प्रेमीद्वारा सृजित झ्याउरे प्रतिनिधि मूलक स्लोगानको समेत लोकार्पण गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
