यस्तो छ पुननिर्माण थालिएको भक्तपुरको कुमारी द्योछेंको नालीबेली


मंसिर १९, २०८२, शुक्रबार | दिउँसो १२:४८ बजे | 880


यस्तो छ पुननिर्माण थालिएको भक्तपुरको कुमारी द्योछेंको नालीबेली

अधिबक्ता विजयराम माक
नटी कपालनी, वैश्या रजनी नापिताङ्कमा ।
ब्राह्मणी शुद्र कन्या च तथा गोपाल कन्यका ।।
माला कारस्य कना च नव कन्या प्रकर्तिता ।।।
हँसिलो मुहार भएकी, मुखमा ३२ वटा दन्त भएकी, भविष्यमा चरित्र राम्रो देखिने, लक्षणयुक्त भएकी, जीउमा कुनै खत नभएकी, नाच्ने कार्यमा सबै लोकबाट प्रतिष्ठा कमाइसकेकी, आमाकी छोरी, धोबिनीका बालिका, नाउनीका बालिका, गोपालकी बालिका, वैश्यकी बालिका, इमान्दार व्यापारीकी बालिका, मालिनीकी बालिका, ब्राह्मणकी बालिका, औषधि उपचार गराई हिंड्नेकी बालिका, इमान्दारीसाथ चरित्र नबिगारी यताउति हिँडिरहेका आमाबुबाकी बालिका, जहाँतहीं बसोबास गरेकी भए पनि सज्जन आमाकी बालिका आदि उपयुक्त व्यक्ति र जातित्वका व्यक्तिहरूबाट पैदा भएका बालिकालाई कुमारी छानेर पूजा गर्न सकिन्छ भनेर रधुयामल ९रुद्रयामल० तन्त्रको सातौं अध्यायमा उल्लेख गरिएको छ ।
भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ५  टिबुक्छैं स्थित कुमन्नीमा दशैको नवमीको दिन एक विशेष कुमारीको आगमन हुन्छ। स्थानिय भाषामा आगम द्यो जुन जिवित देवि कुमारीकै एक विशेष बास्तविक कुमारीको रुप हो भन्ने कुरा कुमन्नीका स्थानियको भनाई रहेको पाईन्छ। कुमन्नीका माक, सिन्ताकल र ध्वोजु थरकाले मात्र दर्शण गर्न मिल्ने कुमारीका रुपमा आगम द्यो रहेको पाईन्छ। उक्त कुमारीलार्इ अरू कसैले दर्शण गर्न नपाउने भने कुरा परम्परा देखि नै चल्दै आएको भन्ने जानकारी कुमारीका गुमाजुले दिनु भएको छ भने यदि केसैले दर्शण गरेको खण्डमा अनिष्त हुने जनविश्वास रहेको पाइन्छ।मोहनी ९दशै० को नवमीका दिन देशका हिन्दुहरु सबै भोज भतेर रमाईलो गरी रहदा कुमन्नीका स्थानिय चोखो भएर व्रत बस्ने गर्दछन् व्रतबन्ध र वेलविवाह गरी सकेका सबैजना व्रत बसेर मात्र उक्त कुमारीको दर्शण गर्न पाउनेछ भने कोही कोही निरहार व्रत पनि बसेर कुमारीको दर्शणका लागि प्रतिक्षामा रहने हुन्छ । उक्त दिन दशैका लागि गरिने अन्य सबै पुजा पाठ सकेर पनि आगमद्योको दर्शण गरी सके पछि विशेष प्रकारको प्रसाद चतामारी ९चामलको पिठोबाट भनेको रोटी० खार्इ सकेर मात्र व्रत सकिने त्यस पश्चातअन्य खानेकुराहरु खाने गरिन्छ। 
उक्त कुमारी अन्य कुमारी भन्दा धेरै सानो उमेरको हुन्छ प्राप्त जानकारी अनुसार सबै भन्दा बदी उमेर भनेको १८ महिना सम्मको भएको जानकारी कुमारी गुरूमाले दिनु भएको छ। अरू सर्वसाधारणले दर्शण गर्न नमिल्ने कुमारी रहेकोले कुमारी देवी छुटै कोठामा विराजमान गराइन्छ। उहाको लागी कुमारी आगम द्यों छेंमा उहाका लागि पहिलो तल्लामा विशेष कोठाको ब्यवस्था गरिएको पाइन्छ। त्यस कोठामा पनि अर्को सानो कोठा रहेको पाइन्छ जहा कुमारीको विभिन्न समाग्रीहरू राखिन्छ भने अगाडीको भागमा कुमारीका लागि काठकै आसन बनाएको पाइन्छ। अगम द्यो कुमारी विराजमान भई कुमारी देवीका रुपमा रहेका शिशुका आमा र पुजा व्यवस्था गर्नका लागि २(३ जना सहयोगी गुरुमाजु मात्र रहने परम्परा रहेको पाइन्छ भने त्यस कोठामा माक, सिन्ताकल र ध्वोजु थरका पनि सबै जनाले दर्शण गर्न पाउने होईन। अन्य स्थानमा पनि यी थरका  मानिसको बसोबास रहे ता पनि परापुर्वकाल देखि कुमन्नीमा बसोबास गरी रहेको स्थानिय र यहीबाट अन्य स्थानमा बसाई सरेका र यो स्थानबाट विवाह भएर गए ता पनि हाल सम्म सो दिन व्रत बसि विधि अनुरुप पूजा आराना गरि रहेको चेलिवेटीले मात्र दर्शण गर्न पाउने नियम रहेको पाईन्छ।
कुमारी पुजाको इतिहास
नेपालमा कुमारीपूजाको चलन कसले कहिलेबाट चलाएको हो भन्ने भरपर्दा आधार नभेटिए पनि पुराण एवम् शास्त्रकै आधार मान्ने हो भने सृष्टिकालमै महादेवले कन्यापूजा गरेको उल्लेख छ । नेपालका शासकहरूमा लिच्छवी राजा वृषदेवले सर्वप्रथम इष्टदेवीको पूजा गरेबाट नेपालमा कुमारीपूजा सुरुवाता गर्ने श्रेय उनैलाई दिइन्छ । त्यसो त वृषदेवले मानेकी इष्टदेवी वृषदेवी नामले प्रख्यात छिन् । अर्का लिच्छवि राजा मानदेवले मनमानेश्वरीलाई इष्टदेवी मानी पूजाआजा गरिआएका बखत पनि जीवित कन्यालाई पूजा गर्ने चलन रहेको बुझिन्छ । लिच्छवि राजा आनन्ददेवले भक्तपुरलाई नेपालमण्डलकै राजधानी बनाई राज्य गर्नु अगावै यहाँ वानेलाय्कु, वलंपुली ९ब्रह्मपुर० लाय्कुजस्ता राजकुलहरूमा समेत कुमारीको पूजा आएको मानिन्छ । ‘नेपाल राजवंशावली’ मा समेत ठाउँ–ठाउँमा उल्लेख भएको बान्दिमग्वलको वानेलाय्कु हालको तचपाल क्षेत्रमा यद्यपि देख्न सकिन्छ । यहाँ मोहनीको अवसरमा मानेश्वरीदेवीको साथै कुमारीको समेत पूजा हुँदै आएको छ । यद्यपि यस ठाउँमा राजभण्डारी थरकी कुमारीको पूजा हुने चलन छ । त्यस्तै भक्तपुरको नासमना टोलस्थित बलंपुली लायकुमा पक्वान थरकी कुमारीको पूजा हुन्छ । आनन्ददेवले स्थापना गरेको त्रिपुरा दरवारसहितको लाय्कुमा माक थरकी कुमारीको पूजा हुने अनुसन्धानबाट देखिएको छ । अझ यहाँ माक अर्थात् किसान परिवारकी कुमारी राजकीय कुमारी रहेको अवस्थामा यो थप अध्ययन अनुसन्धानको विषय बन्न पुगेको छ । त्यसबाहेक भक्तपुर लाय्कु समीप रहेको बिलाछें लाय्कु जुन हाडा बिजुक्छेहरूको आगम हो, यहाँ हाडा थरकी कुमारीलाई पूजा गर्ने परम्पराबाट नेपालमा राजकीय स्तरबाट मात्र नभई आगम प्रथामा समेत कुमारी राख्ने चलन रहेको बुझिन्छ । कुमारी प्रथा भक्तपुरमा कुमारी राख्ने प्रचलन लिच्छवीकालदेखी नै चल्दै आएको पाइन्छ । वृक्षदेवी, मनमानेश्वरदेवी र मात्रृकादेवी जस्ता कुमारीको प्रचलन रही आएकोमा जसलाई जीवित देवीका रूपमा हिन्दू कूलका माक, राजभण्डारी, पक्वान, हाडाजस्ता कुमारीको प्रथा रही आएको देखिन्छ । यसको नेपाल संवत ६११ का कान्तिपुरका राजा रत्नमल्लले पुख्यौली त्रिपुरदरबारमा आफ्नो अधिकार रहेको देखाउन सर्वप्रथम बौध्द कुलका कुमारीको ९भक्तपुर० प्रचलन ल्याएको पाइएको जुन परम्पराअनुसार भक्तपुरमा शाक्य, ब्रजाचार्य कुलका कुमारीलार्इ राजकीय कुमारी मान्ने परम्परा रहेको हो। धौवडेल ओम, मजदुर, २०७५ कर्तिक २
हाल अन्य थर एवं जातका कुमारीलाई आ(आफ्नो तरिका अनुसार कुमारी पुजा गर्ने गरिको पाइन्छ भने माक परिवारका चेलीबेटीहरुलाई कुमारी पुजा गर्न हुदैन भनेर गरिदैन सायद मल्लकालिन राजाबाट शाक्य बज्राचार्यका चेलीबेटीलार्इ कुमारी बनाउने चलन सुरू गरे देखी राजाकै आदेशमा  माक परिवारकालाई कुमारी बन्नबाट रोक्क लगाएको हो कि भन्ने अनुमान लागाउन सकिन्छ ।
किम्बदन्ती
श्री श्री श्री एकान्त कुमारी माजुको चलन कसरी सुरु भएको भन्ने विषयमा समाजमा ब्यापत किम्बदन्ती अनुसार सिन्ताकल परिवारका किसान ईथुली डाडाँको खेतमा राती पानी लगाउन जादा खेतमा रोर्इ रहेको एकजना शिशु भेटिएको र कसको बच्चा हो भनि वरीपरि हर्दा कोही नभेटिए पछि खेतमा काम छउन्जेल कांसा ९पुरूषहरूले काममा जादा लगाउने एक प्रकारको कपडा० ले बेरेर बोकी राखेको र  घर फर्कने क्रममा बालिकालार्इ उहाँले संगै खर्पनमा राखेर घर लिएर आउनु भयो मध्य रातको समयमा खेतमा पानी सिचार्इ गरेर फर्के पछि घरको पहिलो तल्लामा बालिकालार्इ राखेर आफ्नो श्रीमतीलार्इ दोस्रो तल्लामा गएर खेतको सम्पूर्ण घटना सुनाएर उक्त बालिकालार्इ केही खुवानको लागि भनी सुत्न जानु भयो श्रीमतीले पनि यती राती बालिकालार्इ के खुवाउने भनेर छिटो छरितो हुने सानो चतामरी बनाएर खुवाउन  भनी तल आई हेर्दा जिवित कुमारीका पुरै ११ जनाको गण नाचेर बसेको र उक्त तल्ला पुरा झलमल बत्ति बलेको देख्यो। यो घटना देखि डराएर उक्त घटना आफ्नो श्रीमान् लाई जानकारी गराउनु भयो त्यस पश्चात श्रीमानले दरवारमा जुजु ९राजा० समक्ष खबर पुयाउदा  हो कि होइन भनि राजाले आफ्नो सेनाहरुलाई राजडण्ड सहित हेर्न पठाउनु भयो सैनिकहरुले निरिक्षण गरि सकेर हो भनि प्रमाणित भएपछी उक्त कुमारी गणलाई दरवारमा राजा संग भेटघाट गराउन दरवार लिएर जान्छन त्यसपछि फेरी सोही किसानको घरमा पुयाउन र वरिपरि रहेका सिन्ताकल, माक र ध्वोजुहरुले पूजा गरी सकेपछि कुमारी माजु खुसि हुदै बरदान माग्नु भन्दा बरदान स्वरूप सधै हामी संग नै विराजमान हुन अनुरोध गर्नु भयो तर कुमारी माजुले सधैको लागि त्यही रहन नसक्ने तर हरेक वर्ष नवमीको दिन दर्शणको लागि आउने भन्नु भयो यहीकारणले अहिले सम्मपनि कुमारी माजु हरेक बर्ष दशैको नवमीको दिन आगम द्यो छेमा आई सिन्ताकल, माक र ध्वोजु परिवारलाई दर्शण तथा प्रसाद दिन आउनु हुन्छ भन्ने किम्बदन्ती रहेको पाइन्छ। ( माक, सिन्ताकल परिवार
दशैको अष्टमी र नवमीको दिन आगम द्योछैंमा हुने कार्यहरु
अष्टमीका दिन 
अष्टमीका दिन राती गुरूजु र गुरुमाजु कुमारीको कोठामा बास बस्न आउने गर्नु हुन्छ उहाँहरु आउने समयमा स्वागत गर्ने एवं निसला लिने ९जल ग्रहन गराउने० र प्रसादका रुपमा ल्याउनु भएको सानो चतामारी जुन किसानको श्रीमतीले कुमारी माजुलाई खुवाउनु भएको थियो त्यही आकारको चटामारी प्रसादका रुपमा  लिएर आउने कार्य हुन्छ भने कुमारी भटिएको स्थान ईथुलीमा दरवारवाट ल्याईएको बाँसको पुलुमा राखेर गोजा ९भातको गजुर०मा भट्मास, माछा अण्डा तथा अन्य सामाग्री राखेर चदाउन लाने र अर्को एक कुमारीको आगम द्यो छे कुमारी बस्ने कोठामा राख्न ल्याउने चलन रहेको छ भने सोही रात दरवारबाट खर्पनमा राखेर कुमारीको सामान कुमारी आगम द्यो छे ल्याउने र त्यहाबाट उक्त सामान फेरी क्वाठन्डौको कुमारी द्यो छेमा पुराउने सम्पूर्ण कार्य सिन्ताकल परिवारले गर्ने गर्दछन्। 
नवमीका दिन
नवमीको दिन सम्पूर्ण आगम द्योछैं लिपपोत गरी सरसफाई गरी आगम द्यो छे देखि पिखालाखी ९गली बहारको कुमार० सम्मको बाटो लिपपोत गरी प्रमुख गेटमा फुलहरूबाट श्रृंगार गरी आगम द्यो छेको मूल गेटको दाँया बाँया गाग्री राख्ने र जुन समयमा ११ जना कुमारी गणको प्रवेश हुन्छ सवै जनालार्इ खुट्टा पखालेर दर्शण गरेर भित्र प्रवेश गरार्इ आसन ग्रहन गराउने कार्य सिन्ताकल परिवारका व्यक्तिबाट गरिन्छ। कुमारी गण संग संगै कसैले नदेखिने गरी  आगमद्योको पनि आगमण हुन्छ जुन गुरुमाजुले बोकेर लिएर आउनु हुन्छ भने गुरुमालाई फुलपातीको दिन प्रदान गरेको बस्त्रहरु सोही दिन मात्र भित्री सोनो कोठामा गएर लगाउने चलन रहको पार्इन्छ र आगमद्योलाई उहाको आसनमा विराजमान गराई माक, सिन्ताकल र ध्वोजु परिवारका सदस्यहरुलाई दर्शण तथा प्रसाद दिने गरिन्छ भने प्रसाद सेवन गरी सके पछी मात्र अन्य खानेकुराहरुको सेवन गर्ने चलन चलि रहेको पाईन्छ भने सबै तीन परिवारका सदस्यहरुलाई दर्शण गराई सके पश्चात फेरी कसैले नदेखिने गरी आगमद्योलाई क्वाठन्डौको कुमारी घर लगिन्छ र उक्त बर्षको आगमद्योको कार्य समाप्त हुन्छ।
श्री श्री श्री एकान्त कुमारीको पुजाको क्रममा टिवुक्छेको जुजु फल्चामा दुर्इ जना सरकारी सैनिकहरू राजदण्ड सहित कुमारीलार्इ दरवार लानको लागि बसेको हुन्छ भने दरवार लगेर पुजा पश्चात पुन आगमछेमै ल्याउने र पछि सम्पूर्ण टोलबासी मिलेर बाजागाजा सहित श्री श्री श्री एकान्त कुमारीलाई क्वाठन्डौको कुमारी घर पुञ्याईन्छ। त्यस पश्चात सिन्ताकल परिवारका एक जनालाई कुमारीको तर्फबाट भोज खुवाईन्छ भने पंचारांको दिन राजभोज एक भाग सिन्ताकल परिवारको घर सम्म गुरुजुले ल्याईदिने चलन रही आएको पाइन्छ। (  कुमारी गरूजु न्हुछे रत्न शाक्य
कुमारी र तलेजु बीचको सम्बन्ध
मल्लकालदेखि उपत्यकाका तीन शहरहरुमा छुट्टाछुट्टै कुमारीहरु रहेका छन । कुमारीलाई तलेजु भवानीको प्रतिमूर्तिको रूपमा पुजिने गर्दछ । काठमाण्डौका राजा जय प्रकाश मल्ल ९सन् १७३६(१७६८० ले दैनिक तलेजु भवानीसंग पासा लेख्दथे । एकदिन तलेजु भवानीसंग पासा खेल्ने क्रममा राजाले बिबाहको प्रस्ताव राख्दा 
राजाको मनमा कुविचार पैदा भयो भनेर त्यहाँबाट अन्तरध्यान भएपछि राजाले माफी माग्दा आकाशवाणी आई राजालाई क्षमा प्रदान गरि आफू शाक्य कुलमा कुमारीको रुपमा जन्मिने भने पछि कुमारीको पुजा तथा जात्रा शुरु भएको थियो भन्ने किंवदन्ती रहेको छ । तर भक्तपुरमा श्री श्री श्री एकान्त कुमारीको पुजा नेपाल संवत् ६११ ९सन् १४९१० मा राजा राय मल्लको पालामा चलन सुरु भएको इतिहास रहेको तलेजुका मूल नाइके नरेन्द्र जोशीले बताउनु भयो।
कुमारी माजु र चण्डेश्वरी अजिमा वीचको सम्बन्ध
महामाया चण्डेश्वरीका अनेक अवतारमध्येको एक तान्त्रिक अवतार कुमारी पनि हो। यस कुरालाई पुष्टि गर्ने अनेक उदाहरण छन् । भक्तपुरका जीवितदेवता नवदुर्गा गणका कुमारीलाई बनेपामा ुचण्डेश्वरीु अवतारमा पूजा गर्ने चलन छ । भक्तपुरको पश्चिमाभिमुख चण्डेश्वरीपीठमन्दिरको सामुन्ने पश्चिममा कुमारीछे ९कुमारीघर० छ । यसले पनि उक्त कुराको पुष्टि मिल्छ । पूर्वमध्यकालीन त्रिपुर राजदरबारबाट शासन गर्ने देव र त्यसैगरी युधुनिमम् राजदरबारबाट शासन गर्ने मल्लहरू दुबैले साझा रूपमा मान्दै आएकी स्वेष्टेश्वरी कुमारी हुन् । तलेजुको आगमनपूर्वदेखि नै पुर्जिदै आएकी देवी ुकुमारीु रूपमा पुजिने चण्डेश्वरी हुन् । तलेजु होस् वा चण्डेश्वरी १ दुवै स्वेष्टेश्वरीका दैविक रूपको जीवित तान्त्रिक अवतार एकान्तकुमारी हुन् । चण्डेश्वरी कुमारी हुन् भन्ने कुराको एक अनुपम उदाहरण यो हो। कुमारीछेको जीर्णोद्धार गरी राख्न लगाएको ने।स।८३९ ९वि।सं।१७७६० को भूपतीन्द्र मल्लको शिलाभिलेखमा ९उक्त शिलाभिलेख कुमारीछेको पूर्वपट्टिको भित्तामा रहेको छ। लिपपोतले गर्दा यसका अधिकांश अक्षरहरू पढ्न नसकिने अवस्थाका छन् भने मुख्य विवरण परेका अक्षरहरू कृँदिएकाक पाप्रा नै उप्किएर मेटिइसकेका छन् । सो शिलाभिलेखमा कुमारी, गणकौमारीको उल्लेख आएको छ। कुमारी ९एकान्तकुमारी० लाई स्वेष्टेश्वरीु भनी सम्बोधन गरिएकोत छ। यस प्रकार माथिका कुरा अनेक दृष्टिले विशेष महत्त्वका छन् । ९पुरुषोत्तमलोचन श्रेष्ठ, अन्तरङ्गका तरङ्गहरू, संचित बचत तथा ऋृण सहकारी संस्था लि।, भक्तपुर ( २०८०, पृष्ठ २५००  चित्र नं( ५
देशप्रेमको आख्यान – लोककथनअनुसार कुमारी श्वेतकालीकी छोरी हुन् । यौवनावस्थामा पुगेकी कुमारीको ज्ञात–अज्ञात परिस्थितिमा असुर नायक चन्दासुरसँग गहिरो प्रेम बस्छ । तर, अर्कोतिर नेपालमण्डलभित्र उपद्रो मचाउने र आक्रमक गतिविधिमा चन्दासुर नै लागेको हुन्छ । नेपाल देशको अस्तित्व रक्षा र नागरिकहरूको जीवनरक्षा सबैतिरबाट असफल हुँदै थियो । श्वेतकालीको संरक्षकत्वमा रहेका मातृकाहरूको सल्लाहमा चन्दासुरबाट रक्षार्थ कुमारीलाई नै अगाडि सार्ने रणनीति बनाइन्छ । एकातिर आफ्नो प्रियसी चन्दासुर अर्कोतिर सिंगो नेपाल देशको अस्तित्वको रक्षा गरिनुपर्ने दायित्व । कुमारीका लागि त्यो द्विविधापूर्ण जिम्मेवारी थियो । तर, अन्ततः उनले राष्ट्रहितलाई शिरोपर गरिन्, देशका आमनागरिक तथा मातृभूमिको रक्षार्थ आफ्नै हातबाट आफ्नो प्रेमिको हत्या गरिन् । उनको त्यो त्याग र बलिदान तथा देशप्रेमका लागि सर्वत्र जयजयकार भयो । त्यसै क्रममा देश र जनताको रक्षार्थ अविभावकत्व ग्रहण गर्दै उनले आजीवन अविवाहित कुमारी अवस्थामै बस्ने प्रणसमेत गरिन् ।  हुन त यो लोककथन मात्र हो, तर यस लोककथनको अन्तर्यको मर्ममा रहेको देशप्रेमको गहन सन्देश र आफ्नो जीवन बलिदानको भावना आजपर्यन्त प्रेरणादायी र अनुकरणीय छ । त्यसैले कुमारी प्रथा  जनमानसमा सम्मानित  अद्यापि जिवित छ। थकुछेँ, पासिकोत, बुढानीलकण्ठ, काठमाडौं  (मल्ल के सुन्दर
चण्डेश्वरी अजिमाले आफ्नो प्रेमी चण्डासुरको वध गरेकीले देवी भगवती चण्डेश्वरी भइन् । त्यसपछि तिनै महामाया चण्डेश्वरीले बध गरेपछि चण्डासुर ९खराब चरित्र० को चोला त्याग गरी ज्योतिर्मय देह धारण महरीले अधिपतिदेव हुनपुगेकाले चण्डासुर चण्डेश्वर कहिलिएको कुरा यस विषयका पौराणिक साहित्य एवं आख्यानका आधारमा थाहा पाइन्छ । यसो हुँदा नेपालमण्डलमा जहाँ चण्डेश्वरीपीठ मन्दिर छ त्यहाँ तिनका साथमा तिनका प्रेमी अधिपतिदेव चण्डेश्वर पनि छन् । यताबाट सर्वव्यापि, सर्वरूपिणि चण्डेश्वरी शिवशक्ति स्वरूपमा, परब्रह्म स्वरूपमा मान्यपूज्य रहिआएको विदित हुन्छ ।
यी आख्यान र लेखहरुको अध्यनबाट र स्थानिय चण्डेश्वरी जात्राको पहिलो दिन गरीने टिप्वा जात्रामा चण्डेश्वरी अजिमालाई द्योछेंबाट निकालिसके पछि मल्ला तिर लगे पछि चण्डेश्वरी मन्दिरबाट पश्चिममा रहेको कुमारी द्यो छें तिर ल्याइने गरिन्छ जबकी त्यस स्थानमा अन्य बाटोहुदा पनि यहि बाटोमा मात्र चण्डेश्वरी अजिमा ल्याउने गरिन्छ। साथै चण्डेश्वरी अजिमाको उत्पति र स्थापना लिच्छवी कालमा भएको पाइन्छ भने कुमारी माजुको पनि त्यही काल देखिनै पुजा गर्ने चलन रहेको विभिन्न किम्बन्धती र इतिहास ग्रन्थहरूमा व्याख्या गरेको पार्इन्छ। यस आधारले पनि कुमारी चण्डेश्वरी कै जिवित देवीको रुपमा लिन सकिन्छ। 
२०७२ साल बैशाख १२ गतेको महा भूकम्पबाट क्षतीग्रस्त आगम द्योछें पुर्ण निर्माण गर्ने उद्देश्य अनुरुप विभिन्न समयमा छलफल र सरसल्लाह पश्चात दश बर्ष पछि यही मिति २०८२ भाद्र ६ गतेका दिन चिनियालाल माकको अध्यक्षतामा ११ सदस्यमा श्री श्री श्री एकान्त कुमारी पुर्ण मर्मत कार्य उपभोक्ता समिति गठन गरियो भने यो बर्षको कुमारी पुजाको समाप्ति लगतै दिन पु हेरी निर्माण कार्य सूरू गर्ने पनि जानकारी गराउदै आर्थिक एवं भौतिक सहयोगका लागि सम्पूर्ण देशबासीहरूमा अनुरोध गर्दछौं।
 

Comments