पुर्खाहरुले सिर्जित गरेको धर्म संस्कृति अब युवा जमातले जोगाउनुपर्छ : विद्वान गुरुङ
मंसिर १८, २०८२, बिहीबार | साँझ ०६:४७ बजे | 45
किरात जातिको उधौली पर्व एवं ज्यापू दिवस ,योमरी पुन्ही र धान्यपुर्णिमाको अवसरमा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले शुभकामना व्यक्त गरेका छन । देश तथा विदेशमा रहेका नेपालिहरुमा शुभकामना व्यक्त गर्दै अध्यक्ष गुरुङले "विभिन्न जात ,धर्म ,संस्कृतिले हाम्रो राष्ट्र सजिएको छ । टुटेर हैन जुटेर राष्ट्रिय एकता कायम गर्न यस खालको पर्वले महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ " भनी बताएका छन । अध्यक्ष गुरुङले युवा जमातहरुको काधमा पुर्खाले सिर्जित र रक्षागरेको धर्म संस्कृति जोगाउने जिम्मेवारी आएको कुरा बताउदै यस खालको चाड पर्वले आपसि समझदारी र राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण भुमिका खेल्न मद्दत पुर्याउने भनी बताए ।
