पटक पटक झुठ बोलेर .


मंसिर १७, २०८२, बुधबार | विहान १०:५९ बजे | 70


पटक पटक झुठ बोलेर .

कुमार लघु,ख्वप

भाइ,बहिनी,दाइ, दिदी बहिनीहरू नमस्कार , आजको दिन सुखी तवरले बितोस् । देश संकटमा छ । यो इन्द्रको ठाउँमा इन्द्रालाई कथा बताउने झै धेरैले भनी सकेको र गरिसकेको कुराहरू हुन् । कति राम्रा नेता कार्यकर्ता र जनताले यी झुठ बोलेर र आश्र्वािण दिएर हामीसित मत र भोटले ठगे भनेर संसद,सडक मासमा कयाैँ पल्ट पटकै पिछे चुनाव,सभा र जन सभामा भनिसकेको कुरा लिएर आज म फेरि त्यस्तै त्यही विषयमा जानकारी गर्न कटिबध्द भएर तपाईँहरूको सामू उपस्थिति भएको छु। यी देश फुटुवाहरूको हबिगत देखि हाल्नु भएको छ । काँग्रेस ,एमाले ,माआेवादी अन्य पार्टी भनाउँदाहरू पनि सत्तामा गएर देश र जनताको सम्पत्तिमा स्यालले जस्तै नक्कली पार्टी नियम र आफ्नै पार्टी कार्यकर्ता र समर्थकहरूलाई एक किसिमले काखमा राखेर खुकुरीले गल्लामा रेटि सकेका गद्दार पार्टी नेताहरू त देखि सकेको र भोगी सकेका मतलाई लाताले हाने अहिले पनि आँखा बन्ध गरेर मत नदिनु होला । मान्छे फेरेर फेरि त्यही स्वभावका उनीहरूले नै जन्माएका हुर्काएका अपराधी अघोषित पापीहरू तपाईं हाम्रा सामुने आउनेछन् । खवरदार त्यस्ता पार्टी, नेता र समर्थकलाई मत भुलेर पनि नदिनु होला । त्यस्ता चिप्लो वचन र सपट खाएर हामीलाई ठग्नु ठग्यो । अन्याय र अत्याचार गरेर तपाईं हामीलाई शोषण दमन लुटे र आश्र्वासनमा झुलायो है । याद रहोस् नयाँ पिडी जनताको निम्ति खटेर दिलो ज्यान दिई घोषणापत्र अनुसार पार्टीको नीति नियम र जनताको मत अभिमत मुताबिक काम गर्नेपार्टी र नेता कार्यकर्तालाई देश विकास र स्थानीय क्षेत्रको निम्ति कार्य गर्ने उम्मेदवारलाई मत दिनु राम्रो हुन्छ । मेरो सल्लाह हो । मेरो सल्लाह र विचार अजुसार अगाडि बढ्नु भयो भन्ने देश र जनताले सुख पाउने विचार मेरो हो । हामी अब अशिक्षित छैनाै । कसैले भनेको भरमा मतलाई जनता र देशको विरूध्द काम गर्नेलाई मत नपरोस् भनेर नै मैले तपाईं र हाम्रो पूर्खाको आँखा उघार्न खोजेको हुँ । अन्यथा केही तातोपानीले घर जलाउन खोजेको होईन् है मित्रहरू समय मै छलफल र विचारहरूलाई एक आपसमा आदान प्रदानले बिग्रीने छैन् । छलफलले कुराहरू र कामहरू पानी फिल्टरले छाने जस्तो सफा पानीले स्वास्थमा असर गरे जस्तै किफायत हुनेछ । राजनीति भनेको सर्वसाधारण जनताले बुझ्न कठिन छ । नेताहरू गद्दार भएपछि देशको उथान र विकास हुन धेरै समय लाग्यो । सत्य सच्चा नेता परेमा १ वर्षमा देशले उथलपुथल पाउने छ। उदाहरणको लागि खाडी राष्ट् इब्राहिम भन्ने व्यक्तिको नेतृत्वलाई हेर्नु हुन मेरो अनुरोध छ । खानीहरू आफ्नै सरकारले चलाएको छ। बाटाघाटाहरू आफ्नै सरकारले जनताहरूसित मिलेर वनाएकाछन् । आफ्नो देश आफ्ना जनताले बनाउने हो अर्काको भरमा देश चलाउने नियत र मनमा लिनु हुन्दैन् । देशको सेवा गर्ने शिक्षित युवा युवतीहरू आफ्नै देशमा रोजगार दिएर देशको सेवा गर्ने अवसर सरकारले दिने गर्नु पर्छ । अरू देशको निम्ती सस्तोमा जनताका छोराछोरीलाई विदेश पठाएर रेमिटेन्शमा कमिशन खाने र जनताका छाेराछोरीहरूलाई ठग्ने देशलाई खोक्रो पार्नेहरूलाई जबसम्म कार्यवाही हुन्दैन् तबसम्म देशले निकास पाउने छैन् । आन्तरिम सरकारले यस्ता बिसंगिको थाल्नी गर्नेहरूलाई जनताको कठघरामा उच्भाउने आँट ल्याउनु पर्ने हो । जनताको प्रस्न छ यो किन भएन् जन गुणासो छ । चुनावको वेला अगाडि आएका कुराहरूको मात्र छिनोफानो हुन्छ । अहिले नै समय छदै विचारहरू सबैले मन्थन गर्ने पर्ने हो । अन्तामा जायज कुराहरू जन मैदानमा तरंगित गरेर सभ्य र सत्य कुराले नै समाज राम्रो हुन्छ । हामीलाई देश,समाज र देशमा व्यवस्था राम्रो चाहिन्छ । कुहेको व्यक्ति र सामान लुकाएर राख्नु हुन्। त्यस्त चिजलाई कुनामा लुकाएर वेफाइदा हुन्छ । धन्यवाद , २०८२/०८/१७ गते भक्तपुर ,

Comments