ताथलीमा ज्येष्ठ नागकिहरुलाई सञ्चालित तीन दिने धुप बाट्ने प्रशिक्षण सम्पन्न


मंसिर १६, २०८२, मङ्गलबार | राति ०९:३३ बजे | 65


खरिपाटी, भक्तपुर
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाको साझेदारी र स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत ताथली ज्येष्ठ नागरिक मिलन चौतारी वडा नम्बर ९ को आयोजना तथा वडा कार्यालयको समन्वयमा सञ्चालित  तीन दिने धुप बाट्ने प्रशिक्षण सम्पन्न भएकोछ । 
२०८२ मंसिर १४ गतेदेखि १६ गते सम्म भिमेश्वर मन्दिरमा सञ्चालन गरिएको प्रशिक्षणमा ३२ जना ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । प्रशिक्षणको उद्घाटन मन्तव्य राख्नुहुदै चाँगुनारायण नगरपालिकाकी कार्यपालिका सदस्य कमला गिरी भारतीले यस प्रकारको शिपमूलक प्रशिक्षणले ज्येष्ठ नागरिकहरुलाई दिन कटाउन तथा केही आयआर्जनका लागि पनि सहयोगी हुने बताउनुभयो ।
आज सम्पन्न प्रशिक्षणमा सहभागिहरुको तर्फबाट मन्तव्य राख्नुहुदै ज्येष्ठ नागरिक मिलन चौतारीकी सदस्य सत्यरुपा बुढाथोकीले यस प्रकारको प्रशिक्षण सञ्चालन गर्नुभएकोमा वडा तथा नगरपालिकालाई धन्यवाद दिनुहुदै आगामी दिनमा मुडा बनाउने प्रशिक्षण सञ्चालनको व्यवस्था मिलाउन नगरपालिकालाई अनुरोध गर्नुभयो । ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष रामप्रसाद मचामसीले ताथलीका ज्येष्ठ नागरिकहरुलाई सक्रिय बनाउनका लागि शिपमूलक र आयमूलक प्रशिक्षणहरु क्रमशः सञ्चालन गरिने जानकारी दिनुभयो । 
प्रशिक्षणको समापन गर्नुहुदै वडासदस्य सुमित्रा दर्जीले सहारा परियोजना अन्तर्गत सञ्चालित गतिविधिहरु प्रभावकारी रहेको बताउनुभयो । ज्येष्ठ नागरिकको आवश्यकता पूर्ति गर्ने र ज्येष्ठ नागरिकलाई स्वस्थ्य, सक्रिय बनाउने खालका गतिविधिहरु सञ्चालन गर्नुभएकोमा नगरपालिका र रेडक्रसलाई हार्दिक धन्यवाद दिनुभयो । प्रशिक्षणका क्रममा वडा सदस्य रविन बासुकला तथा ज्येष्ठ नागरिक मिलन चौतारी ताथलीका पदाधीकारी तथा सदस्यहरुले अनुगमन तथा अवलोकन गर्नु भएको थियो । रेडक्रसका स्वयंसेवक तथा सामाजिक परिचालकहरु तुलसा नेपालले सहभागिहरुलाई धुप बाट्ने क्रममा सहजिकरण र सहयोग गर्नुभएको थियो । 
 

फाेटाेमा हेर्नुहाेस्...

Comments