जनतमः एमालेकै कारण चुनाव अनिश्चयमा छ


मंसिर १६, २०८२, मङ्गलबार | विहान ०९:५८ बजे | 205


जनतमः एमालेकै कारण चुनाव अनिश्चयमा छ

सूर्य श्रेष्ठ, समाजसेवी
सवैलाई थाहा भएकै विषय हो, देशकै ठूलो भनिएको नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचनको विपक्षमा छ । एमाले चुनाव गराउने पक्षमै छैन । फेरि अहिले देश जलेको अवस्थामा छ । सवै संरचनाहरु ध्वस्त छन् । 
यति मात्रै होइन, चुनावको तयारीको समय पनि अपुग छ । छोटो अवधिमै चुनावको तयारी गर्नुपरेको छ । हतारहतारमा चुनाव गर्नुपरेको छ । भन्नुको अर्थ समय अपुग छ । 
मलाई लागेको छुटाउनै नहुने कुरा के हो भने एमाले चुनाव गराउनै चाहँंदैन । तर त्यो पार्टी यति बाठो छ कि चुनाव हुने भयो भने आफू छुटला भनेर उसले चुनावमा भाग लिन भने छोड्दैन । चुनावी प्रतिस्पर्धामा उ जसरी पनि आउँछ जस्तो मलाई लाग्छ । यति भए पनि एमालेकै कारण चुनाव अनिश्चयमा छ । 
 

Comments